पेरूमा ८ म्याग्नेच्युडको भूकम्प, क्षतिको विस्तृत विवरण आउन बाँकी



हाम्रो इकोनोमि

 

दक्षिण अमेरिकी मुलुक पेरूमा ८ म्याग्नेच्युडको भूकम्प गएको छ । स्थानीय समयअनुसार आइतबार बिहान २ बजेर ४० मिनेट जाँदा भूकम्प गएको हो ।

सान मार्टिन क्षेत्रको राजधानी मोयोबाम्बादेखि ११० किलोमिटर पूर्व केन्द्रबिन्दु बनाएर भूकम्पको धक्का छिमेकी कोलोम्बिया र ब्राजिलसम्म पनि महशुस गरिएको छ।

कतिपयले तीन मिनेटसम्म भूकम्पको धक्का महशुस भएको बताएका छन् । राजधानी लिमामा रहेका पत्रकार जरेड वादेले ट्वीटरमा लेखेका छन्- पेरूमा निकै ठूलो धक्का महशुस भयो। ओछ्यान हल्लिएपछि ब्युझें।

भूकम्पले हल्लाएपछि लिमावासी मध्यरातमा सडकमा निस्किएका छन् । भूकम्पबाट भएको क्षतिको विस्तृत विवरण आउन बाँकी छ ।-एजेन्सी

प्रतिक्रिया दिनुहोस
डीएसपी मधु नेपाल बहुविवाह कसुरमा पक्राउ

           नवलपुरका प्रहरी नायव उपरीक्षक ९डीएसपी० मधु नेपाल बहुविवाह...

सरकारसँग मिलेर काम गर्छु : हितेन्द्रदेव शाक्य

    नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आफ्नो बाँकी कार्यकाल सरकारसँग...

महाधिवेशनबारे जानकारी दिन एमालेको घरदैलो अभियान

    नेकपा (एमाले)ले एघारौँ राष्ट्रिय महाधिवेशनमा सहभागिताका लागि घरदैलोमा पुगेर निमन्त्रणा दिने...

नबिल बैंक र त्रिभुवन विश्वविद्यालयबीच ‘नबिल एसएसई’ सम्झौता

    नबिल बैंक लिमिटेड र त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायबीच ‘नबिल एसएसई’ कार्यक्रम...