करोडौं ठगी गर्ने गुरुङका तीन श्रीमती,२४ फोन नम्बर



हाम्रो इकोनोमि

 

थाइल्याण्डमा बसेर मानव बेचविखन तथा ओसारपसारको आरोपमा गत चैतमा पक्राउ परेका परशुराम गुरुङलाई नेपाल ल्याइएको छ। आरोपित सात जना भने अझै फरार रहेका छन्।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले परशुराम गुरुङलाई सार्वजनिक गरे पनि अन्य सात जनाको बारेमा प्रहरीले खोजी गरिरहेको छ।

नेपाली नागरिकलाई थाइल्याण्डमा बसेर करोडौं ठगी गरेको आरोपमा प्रहरीको अन्र्तराष्ट्रिय संगठन (इन्टरपोल)ले डिफ्युजन नोटिस जारी गरेका गुरुङलाई थाइल्याण्डस्थित नेपाली दूतावासको सहयोगमा थाइ प्रहरीले चैतमा पक्राउ गरेको थियो। कानुनी प्रक्रिया पूरा गरेर उनलाई शुक्रबार साँझ नेपाल ल्याइएको हो।

मानव बेचविखनकै आरोपमा उनीसँगै इन्टरपोलले किशोर राई, ओमप्रकाश गुरुङ, दुर्गा निरौला, सोमनाथ निरौला, अजन्ता तुलाधर निरौला, विनोद पाण्डे र सञ्जिव मुडभरीविरुद्ध डिफ्युजन नोटिस जारी गरेको थियो। उनीहरु कहाँ छन् भन्ने प्रहरीले हालसम्म सार्वजनिक गरेको छैन।

तीन श्रीमती,२४ फोन नम्बर

भोजपुर जिल्लाको हेलौचा स्थायी घर भएका गुरुङको नेपाली राहदानी रद्द भएको छ। उनको नेपाली राहदानी रद्द भएसँगै नेपाली श्रीमतीसँग डिभोर्स गरी थाइल्याण्डमै तीन महिलासँग बिहे गरेका थिए।

उनका तीनवटै श्रीमतीतर्फ एकरएक सन्तान रहेको प्रहरीले जनाएको छ। पछिल्लो पटक बिहे गरेकी थाई श्रीमती दुई महिनाको सुत्केरी छिन्।

गरुुङले पीडतलाई बेग्लाबेग्लै मोबाइलबाट सम्पर्क गर्ने र एउटालाई दिएको नम्बर अर्कोलाई नदिने गर्थे।

सामाजिक सञ्जाल र फरक नम्बरबाट सम्पर्क गर्ने गरेको पैसा लिएपछि मोबाइल अफ गर्ने गरेका थिए।

‘पैसा लिएपछि बैंकक पुर्याउने र त्यहाँ बन्धक बनाएर घरपरिवारसँग पनि पैसा असुलेर पीडितलाई छाडिदिने गरेका रहेछन्। हालसम्म उनको २४ वटा मोबाइल नम्बर फेला परेको छ,’ सिआइवी प्रमुख डिआइजी निरजबहादुर शाहीले भने।

प्रतिक्रिया दिनुहोस
इरानलाई पूर्णरुपमा समाप्त पर्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग तत्कालै सम्झौता नभए पूरै देश नै...

अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...