आर्थिक समृद्धि र विकास नै अबको आवश्यकता पूर्व अर्थमन्त्री पाण्डे



हाम्रो इकोनोमि

 

पूर्व अर्थमन्त्री तथा चितवनको निर्वाचन क्षेत्र नं. १ का सांसद सुरेन्द्र पाण्डेले अबको समय भनेकै आर्थिक समृद्धि र विकास भएको बताउनु भएको छ ।

 

पूर्वी चितवनको विभिन्न कार्यक्रममा शुक्रबार सहभागी हुने क्रममा उहाले राजनीतक विषयको कुरा गरेर मात्र देशले प्रगती गर्न नसकिने बताउनु भयो । आफ्नो निर्वाचन क्षेत्रहरुमा विकासका नयाँ कार्यक्रमहरु आउने क्रम रहेकाले स्थानीयहरुले साथ दिनु पर्नेमा जोड दिनु भयो ।

 

तपाइहरुको घर आगनमा साना ठुला विकासका कार्यक्रमहरु चल्ने र आउनेक्रम रहेकाले जीवन उपयोगीकाममा लगाउनु पर्ने बताउनु भयो ।
शुक्रबारनै राप्ती नगरपालिका स्तरीय राष्ट्रपति खेलकुद प्रतियोगिता कार्यक्रमको उद्घाटन गर्दै उहाले देशको नाम विश्वमा चिनाउने काम खेलकुदबाट भइराखेले यसको विकासमा सरकारले ध्यान दिनु पर्नेमा जोड दिनु भयो । खेलकुदले शारीरिक व्यायाम मात्र नभइ राष्ट्रको नाम संसारभरी चिनाउने काम गरको भन्दै प्रशंसा गर्नु भयो ।

 

यस्तै गरी खैरहनी नगरपालिका वडा नंं ३, ४ र रत्ननगर नगरपालिका वडा नंं ११ र १२ का महिला समुहहरुलाई सम्वोधन गर्दै पशुपालन सम्वन्धी विभिन्न कार्यक्रम सञ्चालन भइराखेकाले त्यसलाई जीवनमा लागु गर्नु पर्नेमा जोड दिनु भयो । तालिम लिने तर व्यवहारमा लागु नगर्ने वानीले गर्दा आर्थिक उन्नती गर्न नसकिने बताउनु भयो । राज्यले हरेक वर्ष नयाँ कार्यक्रमहरु आइरहने भएकाले त्यस्ता कार्यक्रमको लाभ लिनु पर्नेमा जोड दिनु भयो ।

 

त्यस्तै गरी राप्ती नगरपालिकाको लाहुरे टोलमा विद्युतको पावर नपुगेर सिचाइमा आएको समस्यालाई समाधान गर्न आफूले काम गरेको जानकारी दिनु भयो । विद्युतको ट्रान्सफरमर नहुदा कम भोल्टेजले सिचाइमा समस्या आइराखेकोमा पूर्व अर्थमन्त्री पाण्डेले समस्या समाधान गरेपछि अहिले सिचाइमा सहजता भएको छ ।

प्रतिक्रिया दिनुहोस
ग्यास बिक्रीको दैनिक विवरण आयल निगमलाई बुझाउनुपर्ने

    नेपाल आयल निगम र ग्यास उद्योगीबीच छलफल भएको छ । बजारमा...

अमेरिकाको वार्ता प्रस्ताव इरानले गर्‍यो अस्वीकार

    इरानले अमेरिका विरुद्धको बढ्दो सैन्य तनावबीच शक्तिशाली मिसाइल प्रयोग गर्न सक्ने...

काठमाडौंको वायु निकै अस्वस्थ, प्रदूषणले पार गर्‍यो सिमा

    काठमाडौंमा वायुको गुणस्तर निकै खराब स्थितिमा पुगेको छ । आज बिहान...

नवनिर्वाचित राष्ट्रिय सभा सांसदहरूको शपथ

    माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका सांसदहरूले शपथ...