गुजरातको ट्युसन सेन्टरमा आगलागी हुँदा २० विद्यार्थीको मृत्यु, २० गम्भीर



हाम्रो इकोनोमि

 

विद्यार्थीहरुले खचाखच भरिएको भारतको एक ट्युसन सेन्टरमा शुक्रबार आगलागी हुँदा कम्तीमा २० विद्यार्थीको ज्यान गएको छ । २० विद्यार्थी गम्भीर घाइते छन् ।

गुजरात राज्यको सुरत शहरको एक ट्युसन सेन्टरमा पढाइ भइरहेका बेला आगलागी भएको हो । ज्यान गुमाउने अधिकांश किशोर–किशोरी छन् ।

 

माथिल्लो तलामा रहेको भवनमा एक्कासि आगो फैलिएपछि केही विद्यार्थी त्यसमै जलेका थिए । आगोबाट जोगिन केही विद्यार्थी भवनको माथिल्लो तलाबाटै हामफालेका थिए । त्यसबाट कतिपयको ज्यान जानुको साथै केही घाइते भएको सरकारी अधिकारीहरुले बताएका छन् ।

‘आगोमा जलेर तथा हामफालर धेरै विद्यार्थीले ज्यान गुमाएका छन्’, सुरतका स्थानीय सरकारी अधिकारी दीपक सप्तलीले एएफपीसँग भनेका छन् ।

घटनामा २० विद्यार्थी गम्भीर घाइते छन् । उनीहरुको गुजरातका विभिन्न स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

भवनको छतमा राखिएका सामग्रीबाट आगो फैलिएको हुनसक्ने अनुमान सरकारी अधिकारीहरुले गरेका छन् । तर, प्रष्ट कारण खुलिसकेको छैन ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुःख व्यक्त गर्दै सहयोगमा जुट्न स्थानीय अधिकारीहरुलाई निर्देशन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
डीएसपी मधु नेपाल बहुविवाह कसुरमा पक्राउ

           नवलपुरका प्रहरी नायव उपरीक्षक ९डीएसपी० मधु नेपाल बहुविवाह...

सरकारसँग मिलेर काम गर्छु : हितेन्द्रदेव शाक्य

    नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आफ्नो बाँकी कार्यकाल सरकारसँग...

महाधिवेशनबारे जानकारी दिन एमालेको घरदैलो अभियान

    नेकपा (एमाले)ले एघारौँ राष्ट्रिय महाधिवेशनमा सहभागिताका लागि घरदैलोमा पुगेर निमन्त्रणा दिने...

नबिल बैंक र त्रिभुवन विश्वविद्यालयबीच ‘नबिल एसएसई’ सम्झौता

    नबिल बैंक लिमिटेड र त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायबीच ‘नबिल एसएसई’ कार्यक्रम...