लोकसभा चुनावको अन्तिम परिणाम सार्वजनिक, भाजपा मात्रै ३ सय ३ स्थानमा विजयी



हाम्रो इकोनोमि

 

भारतमा १७ ‍औं लोकसभा चुनावको अन्तिम परिणाम सार्वजनिक भएको छ । भाजपा यसअघिको भन्दा बढि लोकप्रिय बन्न सफल भएको छ ।

अन्तिम मत परिणामअनुसार सत्तारूढ भारतीय जनता पार्टी एक्लैले तीन सय बढी सिटमा जित हात पारेको छ । भाजपाले तीन सय ३ सिट जितेको छ । यो सन् २०१४ भन्दा २१ सिट बढी हो ।

पाँच वर्षअघि भाजपाले २ सय ८२ सिट जितेको थियो । भाजपाको मत बढेसँगै उसको राष्ट्रिय लोकतान्त्रिक गठबन्धनको सिट पनि पहिलाभन्दा बढेको छ । पाँच वर्षअघि एनडिएले ३ सय ३६ सिट पाएको थियो यसपालि १४ सिट बढाएर ३ सय ५० पुर्‍याएको छ ।

प्रमुख प्रतिपक्षी भारतीय कंग्रेसले पनि पहिलाभन्दा केही सिट बढाएको छ । पाँच वर्षअघि ४४ सिटमा खुम्चिएको कंग्रेस यसपालि छ सिट बढाएर ५२ पुर्‍याएको छ भने उसको गठबन्धन युपिएले ८५ सिट जितेको छ । सन् २०१४ मा युपिए गठबन्धनको ६० सिटमात्र थियो ।

लोकसभामा अरू क्षेत्रीय दल र साना पार्टीले १०७ सिटमा जित हात पारेका छन् ।

प्रतिक्रिया दिनुहोस
गति अनुसार मति बनाउन ईश्वरको सुझाव

  नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीको ऐतिहासिक पृष्ठभूमि, सिद्धान्त र संगठनात्मक मजबुतीलाई...

सभामुखमा डीपी अर्यालको उम्मेदवारी दर्ता

    रास्वपा उपसभापति डोलप्रसाद अर्याल (डीपी अर्याल)ले सभामुख पदमा मनोनयन दर्ता गराएका...

एसईईका नक्कली परीक्षार्थी पक्राउ

     माध्यमिक शिक्षा परीक्षा (एसईई)मा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक...

युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...