लोकसभा चुनावको अन्तिम परिणाम सार्वजनिक, भाजपा मात्रै ३ सय ३ स्थानमा विजयी



हाम्रो इकोनोमि

 

भारतमा १७ ‍औं लोकसभा चुनावको अन्तिम परिणाम सार्वजनिक भएको छ । भाजपा यसअघिको भन्दा बढि लोकप्रिय बन्न सफल भएको छ ।

अन्तिम मत परिणामअनुसार सत्तारूढ भारतीय जनता पार्टी एक्लैले तीन सय बढी सिटमा जित हात पारेको छ । भाजपाले तीन सय ३ सिट जितेको छ । यो सन् २०१४ भन्दा २१ सिट बढी हो ।

पाँच वर्षअघि भाजपाले २ सय ८२ सिट जितेको थियो । भाजपाको मत बढेसँगै उसको राष्ट्रिय लोकतान्त्रिक गठबन्धनको सिट पनि पहिलाभन्दा बढेको छ । पाँच वर्षअघि एनडिएले ३ सय ३६ सिट पाएको थियो यसपालि १४ सिट बढाएर ३ सय ५० पुर्‍याएको छ ।

प्रमुख प्रतिपक्षी भारतीय कंग्रेसले पनि पहिलाभन्दा केही सिट बढाएको छ । पाँच वर्षअघि ४४ सिटमा खुम्चिएको कंग्रेस यसपालि छ सिट बढाएर ५२ पुर्‍याएको छ भने उसको गठबन्धन युपिएले ८५ सिट जितेको छ । सन् २०१४ मा युपिए गठबन्धनको ६० सिटमात्र थियो ।

लोकसभामा अरू क्षेत्रीय दल र साना पार्टीले १०७ सिटमा जित हात पारेका छन् ।

प्रतिक्रिया दिनुहोस
डीएसपी मधु नेपाल बहुविवाह कसुरमा पक्राउ

           नवलपुरका प्रहरी नायव उपरीक्षक ९डीएसपी० मधु नेपाल बहुविवाह...

सरकारसँग मिलेर काम गर्छु : हितेन्द्रदेव शाक्य

    नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आफ्नो बाँकी कार्यकाल सरकारसँग...

महाधिवेशनबारे जानकारी दिन एमालेको घरदैलो अभियान

    नेकपा (एमाले)ले एघारौँ राष्ट्रिय महाधिवेशनमा सहभागिताका लागि घरदैलोमा पुगेर निमन्त्रणा दिने...

नबिल बैंक र त्रिभुवन विश्वविद्यालयबीच ‘नबिल एसएसई’ सम्झौता

    नबिल बैंक लिमिटेड र त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायबीच ‘नबिल एसएसई’ कार्यक्रम...