भाजपालाई बहुमत, मोदी प्रधानमन्त्री बन्ने पक्का



 

भारतको तल्लो सदन लोकसभा निर्वाचन मतगणनाको पछिल्लो परिणामले भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडिए) भारी बहुमतसहित पुनः सत्तामा फर्कने निश्चित देखिएको छ ।

 

बिहान ८ बजेबाट सुरु भएको मतगणनामा मोदीको सत्तारुढ गठबन्धन एनडीएले ५४२ लोकसभा सिटमध्ये एनडिएले ३४३ स्थानमा अगाडि छ । कांग्रेस नेतृत्वको विपक्षी गठबन्धन यूपीएले एनडीएलाई पछ्याइरहेको छ । यसका ९१ उम्मेदवार विभिन्न क्षेत्रमा अगाडि छन् ।

 

त्यसैगरी अन्य क्षेत्रीय दलहरुले १०६ सिटमा अग्रता कायम गरेका छन् । लोकसभामा बहुमतका लागि २७२ सिट भए पुग्छ । हालसम्मको अग्रता हेर्दा अर्को पाँच वर्षका लागि मोदी पुनः प्रधानमन्त्री बन्ने पक्का देखिएको छ ।

 

भाजपाले यसपटक पश्चिम बंगाल र पूर्वोत्तर भारतमा दह्रो उपस्थित देखाएको छ भने उत्तरप्रदेश, बिहार, मध्यप्रदेश, राजस्थान, गुजरातलगायतका राज्यमा क्लिन स्वीप गर्ने संकेत दिएको छ । यता पश्चिम बंगालको सत्तारूढ दल तृणमूल कंग्रेसले अग्रता लिएका २५ सिट छन्। भारतीय जनता पार्टीले १५ सिटमा अग्रता लिएको छ।

 

सन् १९७७ देखि २०१२ सम्म कम्युनिष्ट पार्टीले वंगालको सरकार चलाएको थियो। २०१२ मा तृणमूल कंग्रेसको विजयपछि भने कम्युनिष्ट पार्टीको प्रभाव कम भएको हो। सन् २०१४ चुनावमा पश्चिम बंगालका २ सिटमा छिरेको भाजपाले अहिले आफ्नो दभदभा कायम गरिरहेको छ ।

 

यता उत्तर प्रदेशमा एक सिटमा मात्र कांग्रेस अगाडि छ । कांग्रेस पूर्वअध्यक्ष सोनिया गान्धी परम्परागत क्षेत्र रायबरेलीमा अग्रता कायमै राखेकी छन् । सोनियाका छोरा एवम् कांग्रेसका वर्तमान अध्यक्ष राहुल गान्धी भने अमेठीमा भाजपाकी नेतृ स्मृति इरानीभन्दा पछि परेका छन् । क्षेत्रीय दलहरुमध्ये पनि लालु यादवको राष्ट्रिय जनता दल, समाजवादी पार्टी, बहुजन समाज पार्टीका लागि यो चुनाव बिर्सनलायक हुने देखिएको छ ।

 

बीजेपीले एक्लै बहुमत ल्याउने भएपछि मोदीलाई ओलीको शुभकामना

 

भारतमा लोकसभा चुनावको मत गणना जारी छ । अहिलेसम्मको परिणाममा भाजपा अगाडि रहेको छ । मत परिणामको हालसम्मको नतिजा अनुसार प्रधानमन्त्री नरेन्द्र मोदी नै फेरि प्रधानमन्त्रीमा दोहोरिने सम्भावना बढी देखिएको छ ।

 

लोकसभा चुनावको मत परिणाम आउँदै गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई बधाई दिएका छन् । विधानसभा निर्वाचनको प्रारम्भिक मतगणनामा भारतीय जनता पार्टी (भाजपा) ले उत्साहजनक मतपरिणाम ल्याएपछि ओलीले मोदीलाई ट्वीटरमार्फत बधाई दिएका हुन् ।

 

‘लोकसभा निर्वाचनमा उत्साहजनक नतिजा हासिल भएकोमा म प्रधानमन्त्री नरेन्द्र मोदीलाई हार्दिक बधाई दिन चाहन्छु’, ओलीले ट्वीटमा भनेका छन्, ‘पूर्ण सफलताका साथै आगामी दिनमा तपाईसँग मिलेर काम गर्न तत्पर छु ।’ ताजा अवस्थामा भारतपाले ३४२ सिटमा अग्रता बनाएको छ भने कंग्रेस ८६ सिटमा अग्रता बनाउँदै निकै पछाडि छ ।

 

अध्यक्ष प्रचण्डले पनि मोदीलाई दिए यस्तो बधाई

नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई दिएका छन् । लोकसभा निर्वाचन २०१९ मा भारती मतका साथ विजयी भएको भन्दै पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले बधाई दिएका हुन् ।

 

‘भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र उहाँको पार्टी भारतीय जनता पार्टी लोकसभा निर्वाचन–२०१९ मा भारी मतका साथ विजयी भएकोमा बधाई तथा शुभकामना’, प्रचण्डले सामाजिक सञ्जालमा लेखेका छन् ।

यद्यपी, लोकसभा निर्वाचनको पूर्ण मत परिणाम आएको छैन । मतपरिणामको औपचारिक घोषणा पनि भएको छैन । अहिले भारतमा मतगणना चलिहरको छ ।

यसअघि नेकपाका अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पनि मोदीलाई बधाई दिएका थिए । नेपाली नेताहरुले मोदीलाई बधाई दिन हतार गरेको भन्दै सामाजिक सञ्जालहरुमा चर्काे आलोचना भइरहेको छ ।

भारतमा बीजेपीले एक्लै बहुमत ल्याउने

 

एक महिना लामो चुनावी सरगर्मीपछि भारतमा बिहीबार सुरु भएको मतगणनामा सत्तारुढ भारतीय जनता पार्टी एक्लै बहुमत नजिक पुगेको छ । बिहीबार विहान स्थानीय समयअनुसार ८ बजेदेखि सुरु भएको मतगणनामा प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टी नेतृत्वको नेशनल डेमोक्रेटिक एलायन्सले ५ सय ४३ मध्ये ३ सय ४२ सिटमा अग्रता लिएको छ ।

 

जसमा भारतीय जनता पार्टी (बीजेपी) २ सय ९० भन्दा बढी सिटमा अग्रता लिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । यसअघि सन् २०१४ को निर्वाचनमा बीजेपीले २ सय ८२ सिटमा जित हासिल गरेको थियो । बहुमतका लागि २ सय ७२ सिटमा जित हासिल गर्नुपर्छ ।

 

अहिलेको निर्वाचन परिणामले भारतमा बीजेपीको लोकप्रियता नघटेको देखाएको छ । त्यसको विपरीत बरु मतगणनाको प्रारम्भिक नतिजाले सत्तारुढ गठबन्धन अघिल्लो निर्वाचन भन्दा बढी सिट जित्नेतर्फ उन्मुख देखिएको छ ।

 

भारतको गुजरात र राजस्थान राज्यका सबैजसो सिटमा बीजेपीले अग्रता लिएको छ । त्यस्तै पश्चिम बंगाल र ओडिसामा पनि भाजपाले धेरै सिटमा अग्रता लिएको छ । गुजरातका सबै २६ सिटमा बीजेपीले अग्रता लिएको छ ।

 

बीजेपीले उत्तर प्रदेशमा ५६ सिटमा अग्रता हासिल गरेको छ । त्यसपछि बहुजन समाजवादी पार्टीले १२, समाजवादी पार्टीले ८ र कांग्रेसले १ सिटमा अग्रता लिएको छ । त्यस्तै बिहारमा बीजेपीले १६, जनता दल युनाइटेडले १६ स्थानमा अग्रता लिएको छ । बीजेपीले पश्चिम बंगलालमा १७, महाराष्ट्रमा २३, राजस्थानमा २४ र मध्य प्रदेशमा २८ स्थानमा अग्रता लिएको छ ।

प्रतिक्रिया दिनुहोस
पूर्वसभामुख ढुङ्गानाको पार्थिव शरीरमा प्रधानमन्त्रीले राष्ट्रिय झण्डा ओढाए

  पूर्वसभामुख दमननाथ ढुङ्गानाको पार्थिव शरीर अन्तिम बिदाईका लागि ज्ञानेश्वरस्थित सानो गौचरणमा राखिएको

नेपाल एयरलाइन्सका चारवटै विमानबाट नियमित उडान सुरु

    नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को मकालु  (९एन-एएलजेड) विमानले पनि

पूर्वसभामुख ढुंगानाको निधन, आज सार्वजनिक बिदा

     पूर्वसभामुख दमननाथ ढुंगानाको निधनमा सरकारले राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ

एमालेले कीर्तिपुरको मेयर र दुई वडाध्यक्षमा दियो उम्मेदवारी

    कीर्तिपुर नगरपालिकाको मेयर र वडाध्यक्षका लागि नेकपा एमालेका उम्मेदवारले मनोनयन दर्ता