बीजेपीले एक्लै बहुमत ल्याउने भएपछि मोदीलाई ओलीको शुभकामना



हाम्रो इकोनोमि

 

भारतमा लोकसभा चुनावको मत गणना जारी छ । अहिलेसम्मको परिणाममा भाजपा अगाडि रहेको छ । मत परिणामको हालसम्मको नतिजा अनुसार प्रधानमन्त्री नरेन्द्र मोदी नै फेरि प्रधानमन्त्रीमा दोहोरिने सम्भावना बढी देखिएको छ ।

 

लोकसभा चुनावको मत परिणाम आउँदै गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई बधाई दिएका छन् । विधानसभा निर्वाचनको प्रारम्भिक मतगणनामा भारतीय जनता पार्टी (भाजपा) ले उत्साहजनक मतपरिणाम ल्याएपछि ओलीले मोदीलाई ट्वीटरमार्फत बधाई दिएका हुन् ।

 

‘लोकसभा निर्वाचनमा उत्साहजनक नतिजा हासिल भएकोमा म प्रधानमन्त्री नरेन्द्र मोदीलाई हार्दिक बधाई दिन चाहन्छु’, ओलीले ट्वीटमा भनेका छन्, ‘पूर्ण सफलताका साथै आगामी दिनमा तपाईसँग मिलेर काम गर्न तत्पर छु ।’ ताजा अवस्थामा भारतपाले ३४२ सिटमा अग्रता बनाएको छ भने कंग्रेस ८६ सिटमा अग्रता बनाउँदै निकै पछाडि छ ।

 

भारतमा बीजेपीले एक्लै बहुमत ल्याउने

 

एक महिना लामो चुनावी सरगर्मीपछि भारतमा बिहीबार सुरु भएको मतगणनामा सत्तारुढ भारतीय जनता पार्टी एक्लै बहुमत नजिक पुगेको छ । बिहीबार विहान स्थानीय समयअनुसार ८ बजेदेखि सुरु भएको मतगणनामा प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टी नेतृत्वको नेशनल डेमोक्रेटिक एलायन्सले ५ सय ४३ मध्ये ३ सय ४२ सिटमा अग्रता लिएको छ ।

 

जसमा भारतीय जनता पार्टी (बीजेपी) २ सय ९० भन्दा बढी सिटमा अग्रता लिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । यसअघि सन् २०१४ को निर्वाचनमा बीजेपीले २ सय ८२ सिटमा जित हासिल गरेको थियो । बहुमतका लागि २ सय ७२ सिटमा जित हासिल गर्नुपर्छ ।

 

अहिलेको निर्वाचन परिणामले भारतमा बीजेपीको लोकप्रियता नघटेको देखाएको छ । त्यसको विपरीत बरु मतगणनाको प्रारम्भिक नतिजाले सत्तारुढ गठबन्धन अघिल्लो निर्वाचन भन्दा बढी सिट जित्नेतर्फ उन्मुख देखिएको छ ।

 

भारतको गुजरात र राजस्थान राज्यका सबैजसो सिटमा बीजेपीले अग्रता लिएको छ । त्यस्तै पश्चिम बंगाल र ओडिसामा पनि भाजपाले धेरै सिटमा अग्रता लिएको छ । गुजरातका सबै २६ सिटमा बीजेपीले अग्रता लिएको छ ।

 

बीजेपीले उत्तर प्रदेशमा ५६ सिटमा अग्रता हासिल गरेको छ । त्यसपछि बहुजन समाजवादी पार्टीले १२, समाजवादी पार्टीले ८ र कांग्रेसले १ सिटमा अग्रता लिएको छ । त्यस्तै बिहारमा बीजेपीले १६, जनता दल युनाइटेडले १६ स्थानमा अग्रता लिएको छ । बीजेपीले पश्चिम बंगलालमा १७, महाराष्ट्रमा २३, राजस्थानमा २४ र मध्य प्रदेशमा २८ स्थानमा अग्रता लिएको छ ।

प्रतिक्रिया दिनुहोस
ग्यास बिक्रीको दैनिक विवरण आयल निगमलाई बुझाउनुपर्ने

    नेपाल आयल निगम र ग्यास उद्योगीबीच छलफल भएको छ । बजारमा...

अमेरिकाको वार्ता प्रस्ताव इरानले गर्‍यो अस्वीकार

    इरानले अमेरिका विरुद्धको बढ्दो सैन्य तनावबीच शक्तिशाली मिसाइल प्रयोग गर्न सक्ने...

काठमाडौंको वायु निकै अस्वस्थ, प्रदूषणले पार गर्‍यो सिमा

    काठमाडौंमा वायुको गुणस्तर निकै खराब स्थितिमा पुगेको छ । आज बिहान...

नवनिर्वाचित राष्ट्रिय सभा सांसदहरूको शपथ

    माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका सांसदहरूले शपथ...