दरबार हत्याकाण्डकै बेला भारतीय सेना नेपाल छिर्न खोजेको थियो



हाम्रो इकोनोमि

 

संसार हल्लाएको १९ जेठ, ०५८ को दरबार हत्याकाण्डका बेला अनुसन्धानको सहयोगका नाममा भारतीय सेना नेपाल छिर्न खोजेको खुलासा भएको छ । तत्कालिन राजा वीरेन्द्र शाहका पाश्र्ववर्ती सुन्दरप्रताप रानाको आत्मकथा ‘दरबारको दुखान्त’मा भारतीय सेनाले गरेको प्रस्तावबारे उल्लेख गरिएको छ ।

 

‘भारतीय सेनाले अनुसन्धानको सहयोगका लागि नेपाल आउने अनुमति मागेको थियो, नेपालको तत्कालिन परिस्थितिमा छिमेकी मुलुकको सहयोग पनि हुन सक्थ्यो होला तर त्यसको नकारात्मक प्रभाव पनि पर्ने अवस्था थियो’, रानाले भावार्थमा लेखेका छन,‘तत्कालिन प्रधानमन्त्री गिरीजाप्रसाद कोइराला नेतृत्वको सरकारले त्यस्तो अनुमति दिएन ।’

 

राजारानीसहित शाही परिवारका १० सदस्यको हत्या भएको र मुलुक निक्कै आक्रोशमा रहेका बेला प्रधानमन्त्री कोइरालाले चलाखीपूर्ण हिसाबले भारतको उक्त प्रस्तावलाई अस्वीकार गरेका थिए ।

 

दरबार हत्याकाण्ड हुनासाथ तत्कालिन माओवादीले राजसंस्था ढलेको भनी प्रचार गरेको सन्दर्भलाई पनि उनले उल्लेख गरेका छन् । त्यसबेला तत्कालिन माओवादीले उक्त हत्याकाण्डलाई ‘नयाँ कोतपर्व’ भनेको थियो । उनको पुस्तकमा उल्लेख छ,‘माओवादीहरूले राजतन्त्रको अन्त्य भएको र आकस्मिक रूपले गणतन्त्र स्थापित भइसकेको प्रचार गरेका थिए ।’

प्रतिक्रिया दिनुहोस
गति अनुसार मति बनाउन ईश्वरको सुझाव

  नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीको ऐतिहासिक पृष्ठभूमि, सिद्धान्त र संगठनात्मक मजबुतीलाई...

सभामुखमा डीपी अर्यालको उम्मेदवारी दर्ता

    रास्वपा उपसभापति डोलप्रसाद अर्याल (डीपी अर्याल)ले सभामुख पदमा मनोनयन दर्ता गराएका...

एसईईका नक्कली परीक्षार्थी पक्राउ

     माध्यमिक शिक्षा परीक्षा (एसईई)मा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक...

युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...