श्रीमती मनकुमारीले डिभोर्स गर्ने भएपछि ९ जनाको हत्या



हाम्रो इकोनोमि

 

पाँचथरको मिक्लाजुङ गाउँपालिका–७, आरुबोटेमा ९ जनाको सामूहिक हत्या भएको घटनामा पारिवारिक कारण नै देखिएको प्रहरीले अनुमान गरेको छ ।

 

७४ वर्षीय बमबहादुर फियाकका ज्वाइँ मानबहादुर माखिम लिम्बुले नै दुई परिवारको हत्या गरेको हुनसक्ने प्रहरीले प्रराम्भिक अनुमान गरेको छ । हत्या गरिएका धनराज शेर्मा मानबहादुरका साढु दाई हुन् ।

 

मानबहादुरले समेत आत्महत्या गरिसकेका छन् । उनले ससुराली र साढु दाईको परिवारको हत्या गरेर आफूले पनि आत्महत्या गरेको प्रहरीको प्रराम्भिक अनुसन्धानले देखाएको छ ।

 

मानबहादुरले ससुरालीमा बस्दै आएकी श्रीमती मनकुमारीको पनि हत्या गरेका छन् । मानबहादुरसँगको सम्बन्ध बिग्रेपछि मनकुमारी माइतीमा बस्दै आएकी थिइन् ।

 

उनीहरुबीच डिभोर्सको प्रक्रिया चलिरहेको स्थानीयले बताएका छन् । स्थानीयका अनुसार माइती पक्ष र साढु दाईको परिवारले डिभोर्स गर्न उक्साएको भन्दै मानबहादुर रिसाएका थिए ।

 

श्रीमती माइतीमा बसेपनि मानबहादुर भने मिक्लाजुङ ७ को घरमा एक्लै बस्दै आएका थिए । श्रीमतीले छाडेपछि उनी मानसिक रुपमा विछिप्त बनेका स्थानीय बताउँछन् ।

 

घटनाबाट बच्न सफल बालिकाको भनाइ र उनको आत्महत्याले हत्यामा उनको संलग्नता बलियो बन्दै गएको प्रहरीले जनाएको छ । यद्यपी, अनुसन्धान जारी रहेका अहिले नै धेरै कुरा भन्न नसकिने अनुसन्धानमा संलग्न अधिकारीहरु बताउँछन् ।

 

सबै सुतिरहेका बेला मखुण्डो लगाएको व्यक्तिले अन्धाधुन्द हतियार प्रयोग गरेको प्रहरीले बताएको छ । घटनाबाट बच्न सफल १२ वर्षीया सीता खजुमले एकजना मखुण्डो लगाएको व्यक्तिले सबैको हत्या गरेको बताएकी छन् । घटनाको अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी), संघीय प्रहरी ईकाई धरान र प्रदेश नम्बर १ को प्रहरी टोली खटिएको छ ।

 

घटनामा ३६ वर्षीया जस्मिता फियाक, ४१ वर्षीय धनराज शेर्मा, २६ वर्षीया मनकुमारी फियाक, ६ वर्षीया इक्सा शेर्मा, १३ वर्षीया योवना शेर्मा, ८ वर्षीया मुना शेर्मा, ७४ वर्षीय बमबहादुर फियाक, नाम प्राप्त नभएकी बमबहादुरकी श्रीमती र १२ वर्षीया आशिका खजुम लिम्बू मारिएका थिए ।

प्रतिक्रिया दिनुहोस
गति अनुसार मति बनाउन ईश्वरको सुझाव

  नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीको ऐतिहासिक पृष्ठभूमि, सिद्धान्त र संगठनात्मक मजबुतीलाई...

सभामुखमा डीपी अर्यालको उम्मेदवारी दर्ता

    रास्वपा उपसभापति डोलप्रसाद अर्याल (डीपी अर्याल)ले सभामुख पदमा मनोनयन दर्ता गराएका...

एसईईका नक्कली परीक्षार्थी पक्राउ

     माध्यमिक शिक्षा परीक्षा (एसईई)मा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक...

युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...