पाँचथरमा मुकुन्डो लगाएर आएकाले गरे ९ जनाको हत्या



हाम्रो इकोनोमि

 

पाँचथरको मिक्लाजुङ–३, आरुबोटेमा २ परिवारका नौ जनाको हत्यामा मुकुन्डोधारी समूह संलग्न रहेको प्रत्यक्षदर्शीले बताएका छन् । घटनाकी प्रत्यक्षदर्शी १२ वर्षीया किशोरी सीता खुजुमले एक समूहले धारिलो हतियार प्रहार गरी अन्धाधुन्ध हत्या गरेको बयान प्रहरीलाई दिएकी छन् ।

 

सीताका अनुसार, धारिलो हतियारसहित आएका समूहका सबैले मुकुन्डो लगाएका थिए । अज्ञात समूहको निशानामा सीता खुजुम स्वयं पनि परेकी छन् । आक्रमणबाट उनको हात भाँचिएको छ । उनी भागेर ज्यान जोगाउन सफल भएकी छन् । उनको अवस्था गम्भीर रहेकाले उपचारका लागि प्रहरीको भ्यानमा राखेर फिदिम ल्याइएको छ ।

 

अज्ञात समूहले सोमबार मध्यराति ससुरा बमबहादुर फियाक र ज्वाइँ धनराज शेर्मा परिवारका ९ जनाको विभत्स हत्या गरेको हो । हत्या गरिएकामा ४१ वर्षीय धनराज शेर्मा, ६ वर्षीया इक्सा शेर्मा, १३ वर्षीया योवना शेर्मा, आठ वर्षीया मुना शेर्मा र १२ वर्षीया आशिका खजुम लिम्बू छन् ।

 

त्यसैगरी, फियाक परिवारका ७४ वर्षीय वमबहादुर फियाक, उनकी श्रीमती तथा ३६ वर्षीया जस्मिता फियाक र २६ वर्षीया मनकुमारी फियाकको पनि हत्या भएको छ । शेर्मा र फियाक परिवारको घरको दुरी करिब डेढ–दुई किलोमिटर टाढा छ ।

 

२ नातेदार परिवारको हत्या भएकाले पारिवारिक रिसिबी यसको कारण हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ । पाँचथर प्रहरीले भने यसको अनुसन्धान भइरहेको जनाएको छ । प्रमुख जिल्ला अधिकारी मुरारी वस्तीले झापाबाट प्रहरीको अनुसन्धान टोलीलाई बोलाइएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
गति अनुसार मति बनाउन ईश्वरको सुझाव

  नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीको ऐतिहासिक पृष्ठभूमि, सिद्धान्त र संगठनात्मक मजबुतीलाई...

सभामुखमा डीपी अर्यालको उम्मेदवारी दर्ता

    रास्वपा उपसभापति डोलप्रसाद अर्याल (डीपी अर्याल)ले सभामुख पदमा मनोनयन दर्ता गराएका...

एसईईका नक्कली परीक्षार्थी पक्राउ

     माध्यमिक शिक्षा परीक्षा (एसईई)मा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक...

युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...