काँग्रेसले बनायो छाँया सरकार, को को भए मन्त्री



हाम्रो इकोनोमि

 

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले छायाँ सरकार बनाएको छ । पार्टी सभापति शेरबहादुर देउवाले संसदीय दलको विधानको धारा ९ को उपधारा ५ (क) अनुसार छायाँ सरकारको रुपमा काम गर्न मन्त्रालय स्तरीय समन्वय समिति बनाएका हुन् ।

 

उर्जा समितिको संयोजकमा ज्ञानेन्द्रबहादुर कार्की, परराष्ट्रमा नारायण खड्का, अर्थमा मिनेन्द्र रिजाल, गृहमा दिलेन्द्रप्रसाद बडू संयोजक तोकिएका छन् ।

 

शहरी विकासमा उमाकान्त चौधरी, खेलकुदमा किशोर सिंह राठौर, उद्योगमा मीन विश्वकर्मा, शिक्षामा गगन थापा, खानेपानीमा सुजाता परियार, स्वास्थ्यमा पार्वती डिसी चौधरी, पर्यटनमा देवेन्द्र कँडेल, श्रममा डिला संग्रौला, सञ्चार समितिको संयोजकमा बहादुर सिंह लामा तोकिएका छन् ।

 

भूमिसुधारमा लक्ष्मी परियार, संघीय मामिलामा अतहर कमाल मुसलमान, कृषिमा पद्मनारायण चौधरी, महिलामा उमा रेग्मी, रक्षामा भीमसेनदास प्रधान, भौतिक पूर्वाधारमा सञ्जयकुमार गौतम, वनमा राजेन्द्र केसी र कानुन मन्त्रालयको समितिको संयोजकमा राधेश्याम अधिकारी तोकिएका छन् ।

 

उनीहरुले सरकारका सम्बन्धित मन्त्रालयले गरेको कामको निगरानी र खबरदारी गर्नेछन् । छाँया सरकार गठन प्रदेश स्तरमा पनि गर्ने काँग्रेसको तयारी छ ।

 

पछिल्लो समय काँग्रेसले संसदमा समेत सशक्त प्रतिपक्षको भूमिका निभाउन नसकेको आलोचना भइरहेका बेला संसद र सडकमा आफ्नो भूमिका र उपस्थिति दर्बिलो देखाउन ‘छाँया सरकार’ गठन गरिएको नेताहरुको भनाई छ ।

 

नेताहरुका अनुसारछाँया सरकारले सरकारको काम गर्ने होइन, निगरानी मात्रै हो । उदाहरणका लागि गृहमन्त्रालय अन्तर्गत विभाग र निकायमा जनताका सरोकारका काम कसरी भइरहेका छन् । जनताले पाउनुपर्ने सुविधा पाएका छन् या छैनन् ? भनेर छाँया सरकारका मन्त्रीले निगरानी बढाउँछन् । जसले पार्टीका सांसदहरुलाई थप प्रभावकारी बनाउन समेत भूमिका खेल्ने काँग्रेस नेताहरुको बुझाई छ ।

प्रतिक्रिया दिनुहोस
गति अनुसार मति बनाउन ईश्वरको सुझाव

  नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीको ऐतिहासिक पृष्ठभूमि, सिद्धान्त र संगठनात्मक मजबुतीलाई...

सभामुखमा डीपी अर्यालको उम्मेदवारी दर्ता

    रास्वपा उपसभापति डोलप्रसाद अर्याल (डीपी अर्याल)ले सभामुख पदमा मनोनयन दर्ता गराएका...

एसईईका नक्कली परीक्षार्थी पक्राउ

     माध्यमिक शिक्षा परीक्षा (एसईई)मा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक...

युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...