बारमा गोली चल्यो, ११ जनाको हत्या



हाम्रो इकोनोमि

 

ब्राजिलको उत्तरी प्रान्त पारामा आइतबार अपराह्न एक समूहले गोली चलाउँदा कम्तीमा ११ जनाको ज्यान गएको छ । स्थानीय प्रहरीका अनुसार उक्त गोलीकाण्डमा अरु एक जना गम्भीर घाइते भएका छन् ।

 

स्थानीय समय अनुसार अपराह्न ४ बजे सात जना बन्दुकधारी बेलेम शहरको गुआमामा रहेको एक बारमा प्रवेश गरी गोली चलाएका थिए । हत्या भएकाहरुमा छ जना महिला र पाँच पुरुष छन् । प्रहरीले एक जना शंकास्पद बन्दुकधारीलाई पक्राउ गरेको छ । गोली चलाउने अरुहरु भने फरार छन् ।

 

घाइतेलाई प्रहरीले उद्धार गरी अस्पताल भर्ना गरेको छ । गोली चलाउनुको कारण भने अझै खुलेको छैन । प्रहरीले उक्त घटनाको छानबिन थालेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
गति अनुसार मति बनाउन ईश्वरको सुझाव

  नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीको ऐतिहासिक पृष्ठभूमि, सिद्धान्त र संगठनात्मक मजबुतीलाई...

सभामुखमा डीपी अर्यालको उम्मेदवारी दर्ता

    रास्वपा उपसभापति डोलप्रसाद अर्याल (डीपी अर्याल)ले सभामुख पदमा मनोनयन दर्ता गराएका...

एसईईका नक्कली परीक्षार्थी पक्राउ

     माध्यमिक शिक्षा परीक्षा (एसईई)मा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक...

युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...