पत्रकार महासंघद्वारा दोस्रो चरणको आन्दोलन घोषणा, मानव हातेसाङ्लो बनाई बृहत प्रदर्शन गर्ने



 

राष्ट्रिय सभामा गत बैशाख २७ गते दर्ता भएको बिद्येयक प्रेस स्वतन्त्रताविरोधी भएको भन्दै नेपाल पत्रकार महासंघले आन्दोलन अघि बढाएपछि नेकपाले बिद्येयकमा सुधारका लागि आजबाट पहलकदमी लिएको हो ।

 

मिडिया काउन्सिलसम्बन्धी विधेयकका प्रावधानप्रति आपत्ति जनाउँदै आन्दोलनमा उत्रिएको नेपाल पत्रकार महासंघले दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ ।

 

पहिलो चरणको आन्दोलन सकिँदा पनि सरकारले माग संबोधनमा गम्भीरता नदेखाएको भन्दै आइतबार बसेको महासंघको उपलब्ध केन्द्रीय समितिको बैठकले दोस्रो चरणको विरोध कार्यक्रम घोषणा गरेको हो ।

 

महासंघले मिडिया काउन्सिलसम्बन्धी विधेयक संसदमा पेश हुने दिन विरोध प्रदर्शन गर्ने निर्णय गरेको छ । महासंघको जेठ ६ गतेदेखि सुरु हुने दोस्रो चरणको आन्दोलनको कार्यक्रम जेठ २५ गतेसम्म चल्नेछ ।

 

जेठ ६ र ७ गते महासंघका पूर्वअध्यक्षहरुसँग छलफल र परामर्श गर्ने, जेठ ८ गते संसदमा प्रतिनिधित्व गर्ने राष्ट्रिय पार्टीहरुको ध्यानाकर्षण गराउने, जेठ ९ देखि १२ गतेसम्म सञ्चार माध्यमका सम्पादकहरुसँग भेट गरी सञ्चार अभियान सञ्चालन गर्ने, जेठ १३ र १४ गते सांसदहरुसँग छलफल गर्ने महासंघको कार्यक्रम छ ।

 

त्यस्तै जेठ १६ गते प्रेस स्वतन्त्रता सेनानीसँग छलफल गर्ने, जेठ १८ देखि २० गतेसम्म महासंघको प्रतिष्ठान शाखा, र एसोसिएटहरुको आयोजनामा विधेयकका कारण समाचार कक्षमा पर्ने प्रभावबारे छलफल चलाउने, जेठ २३ र २४ गते राजनीतिक दल, सञ्चारकर्मी, नागरिक संघसंस्था, पेशाकर्मी र अभिकारकर्मीसँग अन्तक्र्रिया कार्यक्रम गर्ने महासंघले जनाएको छ ।

 

जेठ २५ गते अपरान्ह ३ बजे काठमाडौंको वानेश्वरदेखि बबरमहलसम्म मानव हातेसाङ्लो बनाई बृहत प्रदर्शन गर्ने, काठमाडौं उपत्यकाबाहिर प्रदेश राजधानीमा पनि मानव हातेसाङ्लो बनाई प्रदर्शन गर्ने कार्यक्रम तय भएको महासचिव रमेश विष्टले जानकारी दिए ।

 

मिडिया काउन्सिल बिद्येयक सच्याउन नेकपाले लियो पहलकदमी, लचिलो बने मन्त्री बाँस्कोटा

 

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले मिडिया काउन्सिल बिद्येयकलाई प्रेसमैत्री बनाउने गृहकार्य अघि बढाएको छ । राष्ट्रिय सभामा गत बैशाख २७ गते दर्ता भएको बिद्येयक प्रेस स्वतन्त्रताविरोधी भएको भन्दै नेपाल पत्रकार महासंघले आन्दोलन अघि बढाएपछि नेकपाले बिद्येयकमा सुधारका लागि आजबाट पहलकदमी लिएको हो ।

 

नेकपाले लिएको यो अग्रसरतालाई कतिपयले पत्रकार महासंघको आन्दोलनलाई मत्थर बनाउने उद्देश्यले पत्रकारका नेताहरुलाई सम्झाएको अर्थ लगाए पनि सो पार्टीले प्रेस स्वतन्त्रताबिरोधी बिद्येयक आफ्नो पालामा पारित नहुने बताएका छन । बिद्येयकको बिषयमा आज केन्द्रीय कार्यालय धुम्बाराहीमा नेताहरुले सञ्चार क्षेत्रमा लामो समय काम गरेका पार्टी निकट पत्रकार तथा केन्द्रीय सदस्यहरुसँग बिद्येयकको बिषयमा छलफल गरेको छ ।

 

सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटासहितको छलफलमा प्रेस संगठनमा आवद्ध बरिष्ठ नेताहरुसँग बिद्येयकको बिषयमा सुझाव लिइएको थियो । छलफलमा नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, स्थायी कमिटी सदस्यद्वय पम्फा भुसाल र योगेश भट्टराईसहितका नेताहरुसमेत सहभागी हुनुहुन्थ्यो । सञ्चार मन्त्री र पत्रकार संगठनका नेताहरुको धारणा बाझिएपछि नेकपाले बिद्येयकको बिषयमा एकरुपता कायम गर्ने योजनासहित छलफल गरेको हो ।

 

छलफलमा उपस्थित सवैले संसदबाट पारित गरेर सिंगो प्रेस जगतले दिवापली गर्ने बातावरण बनाउन र पत्रकारिताको आवरणमा चरित्र हत्या गर्ने आपराधिक कामलाई पुर्णत निषेध गर्ने गरी मिडिया काउन्सिल बिद्येयक पारित हुनुपर्ने र बिद्येयकका केही शब्दावली र जरिवानाको ब्यवस्थाले इमान्दार पत्रकार पनि फसाउने सकिने भएकाले सुधार गर्नुपर्ने सुझाव दिएका छन ।

 

विधेयकमा चरित्र हत्या र स्वस्थ आलोचनालाई एउटै डालोमा हालेर पत्रकारलाई १० लाखसम्म जरिवाना तिराउने प्रावधान राखिएकोले त्यसलाई सुधार गरी स्वस्थ आलोचना र चरित्र हत्यालाई फरक ब्यवस्था गर्नुपर्ने सुझाव दिइएको छ । छलफलमा सवैले बिद्येयक फिर्ताको माग चाँहि राजनीतिक भएको भन्दै सुधार गरी पारित गर्नूपर्ने सामुहिक निश्कर्ष निकालेका छन । छलफलमा मन्त्री बास्कोटाले पनि विधेयक फिर्ता नहुने तर त्यसमा परिमार्जन गर्नुपर्ने भएमा छलफल गर्न सकिने बताउनु भएको सहभागी एक नेताले बताए ।

प्रतिक्रिया दिनुहोस
पूर्वसभामुख ढुङ्गानाको पार्थिव शरीरमा प्रधानमन्त्रीले राष्ट्रिय झण्डा ओढाए

  पूर्वसभामुख दमननाथ ढुङ्गानाको पार्थिव शरीर अन्तिम बिदाईका लागि ज्ञानेश्वरस्थित सानो गौचरणमा राखिएको

नेपाल एयरलाइन्सका चारवटै विमानबाट नियमित उडान सुरु

    नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को मकालु  (९एन-एएलजेड) विमानले पनि

पूर्वसभामुख ढुंगानाको निधन, आज सार्वजनिक बिदा

     पूर्वसभामुख दमननाथ ढुंगानाको निधनमा सरकारले राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ

एमालेले कीर्तिपुरको मेयर र दुई वडाध्यक्षमा दियो उम्मेदवारी

    कीर्तिपुर नगरपालिकाको मेयर र वडाध्यक्षका लागि नेकपा एमालेका उम्मेदवारले मनोनयन दर्ता