यसरी देखिए भिक्टोरिया सिक्रेटका यी १० हट मोडल (तस्विरसहित)



हाम्रो इकोनोमि

 

भिक्टोरिया सिक्रेट महिलाको भित्री वस्त्र बनाउने चर्चित अमेरिकन ब्रान्ड हो । अमेरिकामा सबैभन्दा बढी यहि ब्रान्डका कपडा बिक्रि हुने गर्छ । सन् १९७७ मा स्थापना भएको यो ब्रान्ड ९० को दशकमा चर्चामा आएको थियो । चर्चित मोडलहरुलाई ल्याएर, तीनै वस्त्र पहिर्याई मोडलका तस्बिर सार्वजनिक गर्न थालेपछि भिक्टोरिया सिक्रेट चर्चामा आएको थियो । फेसनको दुनियाँमा भिक्टोरिया सिक्रेटका मोडलहरुलाई विश्वकै टप मानिने गर्छ ।

यी हुन सन् २०१६/१७ का भिक्टोरिया सिक्रेटका टप १० हट मोडल

१. मिरान्डा केर

Miranda Kerr Bikini Bikini

१३ वर्षकै उमेरमा मोडल बनेकी मिरान्डा भिक्टोरिया सिक्रेट एन्जल बन्ने पहिलो अष्ट्रेलियन मोडल हुन् । उनी लामो समय सबैभन्दा बढी कमाई गर्ने मोडलको सूचीमा अग्रस्थानमा रहिन् । नायक ओर्लान्डो ब्लुमसंग विवाह गरेर उनीले एक सन्तान जन्माइन अनि सन् २०१३ मा सम्बन्ध विच्छेद गरिन् । स्न्यापच्याटका सिइओ तथा खर्बपति इभान स्पेइजेलसंग उनी अहिले सम्बन्धमा छिन् ।

२. गिसेल बन्डचेन

Related image

गिसेल ब्राजिलियन मोडल हुन् । सन् २००० देखि २००७ सम्म उनी भिक्टोरिया सिक्रेट एन्जेल रहिन् । सो समयमा उनले अन्तर्राष्ट्रिय चर्चा अनि सफलता दुवै प्राप्त गरिन् । ‘हर्स वाक’को लागि चर्चित गिसेल बाँकी रहेका वास्तविक सुपरमोडलहरु मध्येकी एक हुन् । उनले थुप्रै हिट फिल्म समेत खेलेकी छिन् ।

३. रोजी हन्टिङटन – ह्वाइटली

Related image

इङ्ग्ल्याण्डमा जन्मेकी रोजीलाई म्याक्सिम म्यागजिनले हटेस्ट महिलामा सूचीकृत गरेको थियो । सन् २०१० मा उनी भिक्टोरिया सिक्रेट एन्जेल बनेकी थिइन् । उनलाई फिल्म ‘ट्रान्सफरमर’ का श्रृखलाहरुमा देख्न सकिन्छ । साथै म्याड म्याक्सस् फ्युरी रोड फिल्ममा पनि उनले अभिनय गरेकी छिन् ।

४. अलेसान्ड्रा एम्ब्रोसिओ

३५ वर्षकी अलेसान्ड्रा ब्राजिलकी मोडल हुन् । उनी अहिले भिक्टोरिया सिक्रेट एन्जेल छिन् । विश्वको सेक्सी महिलामा गनिने यी मोडल सामाजिक सञ्जालमा पनि निकै सक्रिय छिन् । उनको फेसबुक पेजमा ३० लाख भन्दा बढी लाइक छ ।

५. कार्लि क्लोस

Related image

६ फिट २ इन्च उचाईकी यी मोडल अघिल्ला ३ वर्ष भिक्टोरिया सिक्रेट एन्जल रहिन् । २४ वर्षकी यी अमेरिकी मोडलले १४ वर्षको उमेर देखि मोडलिङ गर्न थालेकी थिइन । गायिका टेलर स्वीफ्टको ‘ब्याड ब्लड’ गितको भिडियोमा उनलाई देख्न सकिन्छ । कम्प्युटर कोड गर्न रमाउने यी मोडलले सफ्टवेयर इन्जिनियरिङ र कम्प्टुटर साइन्समा छात्रवृती समेत पाएकी थिइन् ।

६. जस्मिन टुकेस

२५ वर्षकी जस्मिन टायरा ब्याङ्क्सलाई आफ्नो रोल मोडल मान्छिन् । अघिल्लो वर्ष देखि उनी भिक्टोरिया सिक्रेट एन्जल छिन् । जिम्नास्किट पृष्ठभुमीबाट आएकी उनको झै शरिर अधिकांस मोडलले चाहना राख्नेगर्छन् । जस्मिनले १५ वर्षको उमेर देखि मोडलिङ गर्न थालेकी थिइन् ।

७. टायरा ब्याङ्क्स

टायरा पहिलो अफ्रिकन अमेरिकन हुन जसको स्पोर्टस् इलुस्ट्रेटेड स्वीमसुट इसु र जीक्युको कभरमा तस्बिर प्रकाशित भएको थियो । १५ वर्षकै उमेरबाट मोडलिङ सुरु गरेकी टायरा सन् १९९७ देखि २००५ सम्म भिक्टोरिया सिक्रेटको लागि काम गरिन् । सो समय सबैभन्दा बढी पारिश्रमिक पाएकी मोडल मध्येकी एक थिइन टायरा । उनी गायिका, लेखक अनि चर्चित टिभी पर्सनालिटी बनेकी छिन् ।

८. क्यानडाइस स्वानेपोइल

दक्षिण अफ्रिकामा जन्मकेी क्यनडाइस सन् २०१० मा भिक्टोरिया सिक्रेट एन्जल बनेकी थिइन् । क्यानडाइस विश्वकै सबैभन्दा बढी कमाउने मोडल मध्येकी एक हुन् । भोग, जीक्यु, हार्पर्स बजार जस्ता हाइ(प्रोफाइल म्यागजिनका कभरमा उनको तस्बिर प्रकाशित भइसकेको छ ।

९. मरिसा मिलर

Image result for marisa miller hot pic

५ फिट ८ इन्च अग्ली ‘ब्लन्ड ब्युटी’ मरिसा सन् २००७ मा भिक्टोरिया सिक्रेट एन्जल बनेकी थिइन । मरिसा विश्वकै सेक्सी महिलाको सूचीमा अग्रस्थानमा पर्छिन् । ३७ वर्ष पुगेकी यी अमेरिकी सुपर मोडलले सन् २०१३ मा आफ्नो पहिलो फिल्म ‘च्क्ष्एम्’मा अभिनय गरेकी थिइन् ।

१०. हाइडी क्लम

Related image

जर्मनीमा जन्मकेी हाइडी ४३ वर्ष पुगिन् । अमेरिका गट ट्यालेन्टमा समेत जजको रुपमा देखिने यी मोडलले भिक्टोरिया सिक्रेट फेसन शो ४ पटक होस्ट गरिसकेकी छिन् । एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस
लघुवित्त पीडितको माइतीघरमा आमरण अनशन

    लघुवित्त तथा वित्तीय संस्थाबाट पीडित एक समूहले आफ्ना माग कार्यान्वयनको दबाब...

ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्ने व्यवस्था

    ग्लोबल आइएमई बैंक लिमिटेडले नागरिक एपसँगको सहकार्यमा बैंक खाता खोल्न सकिने...

पहिरोले मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध

     मुग्लिन–नारायणगढ सडक खण्डको खहरे खोला नजिकै सुक्खा पहिरो जाँदा सवारी आवागमन...

इनड्राइभ ड्राइभिब नारी नेपाल प्रमाणपत्र प्रदान

    विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले महिलालाई ड्राइभिब पेसामा अघि बढ्न...