आफ्नै श्रीमतिलाई अर्कै केटा सङ्ग आपत्तिजनक अवस्थामा भेटेपछी….



हाम्रो इकोनोमि

 

दक्षिणी दिल्लीको टिगरी इलाकामा एक महिलासँग आपत्तिजनक अवस्थामा भेटिएपछि जेजे कोलोनी निवासी पंकजले पाँच तलाबाट हाम फालेर आत्महत्या गरेका छन् ।

 

महिलाका श्रीमानले ती दुईलाई आपत्तिजनक अवस्थामा भेटेपछि त्यहाँ तनाव उत्पन्न भएकाे थियाे । तनाव उत्पन्न भएपछि उनले भवनको पाँचौं तल्लाबाट हाम फालेका थिए । प्रहरीकाे प्रभाम्भिक अनुसान्धनबाट उनीहरूबीत पहिलेदेखि नै अनैतिक सम्बन्ध थियाे । उनीहरू एउटै भवनमा बस्दैँ आएका थिए ।

 

प्रहरीकाे अनुसार जेजे कोलोनी घटनाको दिन उनी ती महिलालाई भेट्न उनको घरमा गएका थिए । तर दुर्भाग्यवश त्यसदिन महिलाका श्रीमान बेलुका साढे चार बजे नै घर आए । घर आउँदा आफ्नी श्रीमती र पंकज दुईलाई आपत्तिजनक अवस्थामा भेटेका थिए ।

 

उनीहरूले घरकाे ढाेका बन्द गर्न पनि भुलेका थिए । त्यसकारण उनका श्रीमान् निकै सजिलै घर भित्र छिर्न सके । उनले जब श्रीमतीलाई त्यस्तो अवस्थामा देखे तब उनको झापड पनि हाने । भारतिय प्रहरी डिसिपी विजय कुमारका अनुसार श्रीमानको रिस र डरले महिलाले आफ्नो हातको नसासमेत काट्ने कोसिस गरेकी थिइन् । तर उनलाई अरूले नसा काट्न भने दिएनन् ।

 

यसैबीच श्रीमानले श्रीमतीका बुवा र दाइलाई फोन गरेर घटनाबारे सबै जानकारी दिने चेतावनी दिए । कोठामा श्रीमान्–श्रीमतीबीच बहस चलिरहेका बेला पंकज बालकोनीमा आए र पाँचौं तल्लाबाट हाम फाले ।

 

तल झरेपछि केही मानिसहरुले पुलिसको मद्दतले उनलाई अस्पताल पुर्याए जहाँ डाक्टरले उनलाई मृत घोषित गरे । जानकारीका अनुसार पंकज दुई वर्ष अघि ती महिलासँग परिचित भएका थिए र त्यतिबेला देखि नै उनको घर आउ–जाउ गर्दथे । पुलिसले तीनैजनाको मोबाइल फोन जफत गरेर अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस
काेशी ब्यारेजकाे २३ वटा ढाेका खाेलियाे

    सप्तकोशी नदीमा पानीको बहाव बढेर खतराको तहमा पुगेको छ । खतराको...

देउवा समूहले सानेपाको ‘अफर’ नमान्ने

    नेपाली कांग्रेस संस्थापन इतर समूहले आफ्नै ढंगले महाधिवेशन प्रक्रियालाई अघि बढाउने...

प्रभु बैंकका सञ्चालक र कर्मचारीले गरे उद्धार कोषमा ४० लाख सहयोग

    प्रभु बैंकका सञ्चालक तथा कर्मचारीले स्वैच्छिक रूपमा संकलन गरेको ४० लाख...

प्रभु बैंकका दुई शाखा समायोजन हुँदै

     प्रभु बैंक लिमिटेडले काठमाडौं र वीरगन्जमा सञ्चालनमा रहेका दुई शाखा कार्यालयलाई...