आफ्नै श्रीमतिलाई अर्कै केटा सङ्ग आपत्तिजनक अवस्थामा भेटेपछी….



हाम्रो इकोनोमि

 

दक्षिणी दिल्लीको टिगरी इलाकामा एक महिलासँग आपत्तिजनक अवस्थामा भेटिएपछि जेजे कोलोनी निवासी पंकजले पाँच तलाबाट हाम फालेर आत्महत्या गरेका छन् ।

 

महिलाका श्रीमानले ती दुईलाई आपत्तिजनक अवस्थामा भेटेपछि त्यहाँ तनाव उत्पन्न भएकाे थियाे । तनाव उत्पन्न भएपछि उनले भवनको पाँचौं तल्लाबाट हाम फालेका थिए । प्रहरीकाे प्रभाम्भिक अनुसान्धनबाट उनीहरूबीत पहिलेदेखि नै अनैतिक सम्बन्ध थियाे । उनीहरू एउटै भवनमा बस्दैँ आएका थिए ।

 

प्रहरीकाे अनुसार जेजे कोलोनी घटनाको दिन उनी ती महिलालाई भेट्न उनको घरमा गएका थिए । तर दुर्भाग्यवश त्यसदिन महिलाका श्रीमान बेलुका साढे चार बजे नै घर आए । घर आउँदा आफ्नी श्रीमती र पंकज दुईलाई आपत्तिजनक अवस्थामा भेटेका थिए ।

 

उनीहरूले घरकाे ढाेका बन्द गर्न पनि भुलेका थिए । त्यसकारण उनका श्रीमान् निकै सजिलै घर भित्र छिर्न सके । उनले जब श्रीमतीलाई त्यस्तो अवस्थामा देखे तब उनको झापड पनि हाने । भारतिय प्रहरी डिसिपी विजय कुमारका अनुसार श्रीमानको रिस र डरले महिलाले आफ्नो हातको नसासमेत काट्ने कोसिस गरेकी थिइन् । तर उनलाई अरूले नसा काट्न भने दिएनन् ।

 

यसैबीच श्रीमानले श्रीमतीका बुवा र दाइलाई फोन गरेर घटनाबारे सबै जानकारी दिने चेतावनी दिए । कोठामा श्रीमान्–श्रीमतीबीच बहस चलिरहेका बेला पंकज बालकोनीमा आए र पाँचौं तल्लाबाट हाम फाले ।

 

तल झरेपछि केही मानिसहरुले पुलिसको मद्दतले उनलाई अस्पताल पुर्याए जहाँ डाक्टरले उनलाई मृत घोषित गरे । जानकारीका अनुसार पंकज दुई वर्ष अघि ती महिलासँग परिचित भएका थिए र त्यतिबेला देखि नै उनको घर आउ–जाउ गर्दथे । पुलिसले तीनैजनाको मोबाइल फोन जफत गरेर अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...