दरबार हत्याकाण्ड, घटनाका प्रत्यक्षदर्शी राजा वीरेन्द्रका प्रमुख एडीसी रानाले यस्तो रहस्य खोले



हाम्रो इकोनोमि

 

१८ बर्षअघि भएको राजदरबार हत्याकाण्डबारे घटनाका प्रत्यक्षदर्शी सैन्य अधिकारीले पहिलोपटक आफ्नो वृत्तान्त सार्वजनिक गर्न लागेका छन्।

१९ जेठ २०५८ मा राति नारायणहिटीमा गोली चल्दाचल्दै छिर्ने पहिलो व्यक्ति थिए, तत्कालिन राजा वीरेन्द्रका प्रमुख शाही पाश्र्ववर्ती (एडीसी) सुन्दरप्रताप राना। उनी दरवार हत्याकाण्डका दिन नारायणहिटीमा रहेका सबैभन्दा उच्च सैनिक अधिकारी थिए।

उक्त हत्याकाण्ड र राजपरिवारसँग उनको सम्वन्धमा आधारित पुस्तक ‘दरबारको दुःखान्त’ यसै साता प्रकाशित हुने प्रकाशक ‘किताब पब्लिसर्स’ ले बताएको छ।

 

राना तत्कालिन राजा, रानी र युवराजको एडिसीका रुपमा दरबारमा १७ बर्ष बिताउँदाका अन्य थुप्रै अनुद्घाटित घट्नाहरुका साक्षी पनि हुन्। त्यससम्वन्धी हालसम्म बाहिर नआएका निकै महत्वपूर्ण र रोचक प्रसंगहरु पुस्तकमा छन्।

 

एडिसी राना भन्छन्, ‘राजदरबारमा अकल्पनीय हत्याकाण्ड भएयता १८ वर्षभरी मेरो जीवन एकखाले उकुसमुकुस र छटपटीबाट गुज्रियो, ‘दरबारको दुःखान्त पुस्तक मेरो त्यही छटपटीको अवतरण हो।’

१९ अध्यायमा बाँडिएको पुस्तकमा आफूले आँखैअगाडि देखेको जेठ १९ को घट्ना र त्यसपछिका दृश्यावलीको विस्तृत वर्णन रानाले गरेका छन्।

 

राना भन्छन्, ‘बिलियर्ड हलको प्रलयकारी दृश्य, मेसिनगनको फायर हुँदाहुँदै राजालाई त्यहाँबाट निकाल्दाको क्षण, घाइते राजाको प्राण बचाउन दौडाउँदाको अवस्था र अस्पतालको कोलाहल मेरो आँखाभरि घुमिरहन्छ ’

 

पुस्तक दरबार हत्याकाण्डको वरिपरीमात्र घुमेको छैन। तत्कालिन राजपरिवारका सदस्यहरुको स्वाभाव, शैली, राजा वीरेन्द्रको रानी ऐश्वर्य, छोरा दीपेन्द्र र भाईहरु ज्ञानेन्द्र–धीरेन्द्रसँगको सम्वन्धलगायत थुप्रै निजी प्रसंगहरु पनि पुस्तकमा समावेश रहेको प्रकाशन संस्थाले बताएको छ।

 

राजा वीरेन्द्रले महत्वपूर्ण राजनीतिक निर्णयहरु लिँदाको मनोविज्ञान, गिरिजाप्रसाद कोइराला, मनमोहन अधिकारी, मदन भण्डारीलगायतका नेतासँगको व्यक्तिगत सम्वन्ध, भारतसँगको टकराव, चीनसँग हतियार विमानभेदी अस्त्र किन्दाको पृष्ठभूमि, राजदरबारको आन्तरिक समीकरण लगायतका विषयमा पुस्तकमा समेटिएका छन्। 

प्रतिक्रिया दिनुहोस
ग्यास बिक्रीको दैनिक विवरण आयल निगमलाई बुझाउनुपर्ने

    नेपाल आयल निगम र ग्यास उद्योगीबीच छलफल भएको छ । बजारमा...

अमेरिकाको वार्ता प्रस्ताव इरानले गर्‍यो अस्वीकार

    इरानले अमेरिका विरुद्धको बढ्दो सैन्य तनावबीच शक्तिशाली मिसाइल प्रयोग गर्न सक्ने...

काठमाडौंको वायु निकै अस्वस्थ, प्रदूषणले पार गर्‍यो सिमा

    काठमाडौंमा वायुको गुणस्तर निकै खराब स्थितिमा पुगेको छ । आज बिहान...

नवनिर्वाचित राष्ट्रिय सभा सांसदहरूको शपथ

    माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका सांसदहरूले शपथ...