विवाह पछि निकिता सँगको पहिलो तस्बिर पोष्ट गर्दै रविले लेखे यस्तो



हाम्रो इकोनोमि

 

केहि समय अगााडिनै चिलचित्र विकास वोर्डकी तत्कालिन अध्यक्ष निकिता पौडेल सँग कानुनी विवाह गरेका चर्चित संचारकर्मी रवि लामिछानेले हिजो नगरकोटमा सिमित पाहुना बोलाएर परम्परागत रुपमा निकिता सँग विवाह गरेका छन् ।

रवि र निकिता दुवैको यो पहिलो विवाह होइन तर उनिहरु दुवैले विगतलाई भुलेर नयाँ जीवनको सुरुवात गर्ने कसम खाएका छन् ।

न्युज २४ टेलिभिजन मार्फत सिधा कुरा जनता सँग नामक अन्यन्तै लोकप्रिय कार्यक्रम संचालन गरिरहेका रविले हिजो बाट परम्परागत रुपमानै निकिताको सिउँदो भरेर आफ्नो जीवनमा प्रवेश गराएका छन् ।

परम्परागत रुपमा निकिता सँग बैवाहिक जीवनमा बाधीए पछि संचारकर्मी रवि लामिछानेले आज सामाजीक संजाल फेसबुकमा श्रीमती निकिता सँग विवाह पश्चात खिचिएको एक तस्बिर सेयर गर्दै सर्बैलाई धन्यवाद ज्ञापन गरेका छन् । उनले फेसबक स्टाटसमा लेखेका छन् _

हाम्रो बैवाहिक कार्यक्रममा उपस्थित भएर हाम्रो निमन्त्रणा स्वीकार गरि आशिर्वाद प्रदान गर्नु हुने सम्पुर्ण महानुभावहरुलाई हामी दुई र हाम्रो परिवारको तर्फबाट धेरै धेरै धन्यवाद।

चाहेरपनि धेरैलाई निमन्त्रणा गर्न सकिएन।त्यसकालागि क्षमा चाहन्छौ।साथै विभिन्न माध्यमबाट हामीलाई शुभकामना र आशीर्वाद प्रदान गर्नुहुने सम्पुर्णमा हृदयबाट धन्यवाद।

यस अघि रवि र निकिता दुवैले आफ्ना पुर्व पत्नी र पती सँग सम्बन्ध विच्छेद गरेर आगामी यात्रा तय गरेका हुन् ।

रविको विवाहको विषयमा तत्कालिनि समयमा पक्ष विपक्षमा धेरै ठुलो चर्चा परिचर्चा चलेको थियो । अहिले भने विरोधीहरुले पनि रवि र निकिताको विषयका खासै मुख खोल्न सकेका छैनन् ।

प्रतिक्रिया दिनुहोस
ग्यास बिक्रीको दैनिक विवरण आयल निगमलाई बुझाउनुपर्ने

    नेपाल आयल निगम र ग्यास उद्योगीबीच छलफल भएको छ । बजारमा...

अमेरिकाको वार्ता प्रस्ताव इरानले गर्‍यो अस्वीकार

    इरानले अमेरिका विरुद्धको बढ्दो सैन्य तनावबीच शक्तिशाली मिसाइल प्रयोग गर्न सक्ने...

काठमाडौंको वायु निकै अस्वस्थ, प्रदूषणले पार गर्‍यो सिमा

    काठमाडौंमा वायुको गुणस्तर निकै खराब स्थितिमा पुगेको छ । आज बिहान...

नवनिर्वाचित राष्ट्रिय सभा सांसदहरूको शपथ

    माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका सांसदहरूले शपथ...