भारतीय गुप्तचर संग गम्भीर वार्ता गर्न सिंगो परिवार लिएर पूर्वराजा ज्ञानेन्द्र बैंकक उडे,यस्तो पाक्दैछ खिचडी



हाम्रो इकोनोमि

 

 

 

पूर्वराजा ज्ञानेन्द्र शाहले थाइल्याण्डको बैंकक बसेर भारतीय लोकसभा निर्वाचनको मत परिणाम हेर्ने भएका छन् । पूर्वराजा शाह सपरिवार आइतबार दिउँसो १ बजेको फ्लाइटमा थाइल्याण्ण्डको राजधानी बैंकक गएका छन ।

उनी सपरिवार बैंकक हानिएका हुन् । उनको साथमा पूर्वरानी कोमल, पूर्वयुवराज्ञी हिमानीसंगै अन्य सदस्य पनि छन् । चुनावअघि नेपालको तराई क्षेत्रमा गएर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पक्ष बलियो बनाउन भूमिका खेलेको दावी गरिएका पूर्वराजा लामै समय तराईमै रहेका थिए ।

भारतीय राजदूत मंजीव सिंह पुरीसंग जनकपुरको होटलमा भएको कुराकानीलाई लिएर केपी शर्मा ओली सरकारले स्पष्टिकरणसमेत सोधेको चर्चा भएको थियो । मोदीले चुनाव जितेमा नेपालमा एकपटक फेरि हिन्दू धर्म र राजसंस्था फर्कन सक्ने दावी समेत गर्दै आइएको छ ।

भारतमा यतिबेला निर्वाचनको परिणाम कस्तो आउला भन्ने अपेक्षा पनि रहेको छ । सो बेलामा पूर्वराजाले बैंककमै रहेर भारतीय निर्वाचनको परिणाम अवलोकन गर्ने निश्चित भएको हो ।

यसै साता नातिनी पूर्णिकाको दीक्षान्त समारोह भएकाले सो समारोहमा सहभागीता जनाउन पूर्वराजपरिवार बैंकक गएका हुन् । थाइल्याण्ड राजतन्त्र भएको मुलुक हो।

पूर्णिकाको शिक्षा प्लस टु पूरा भएको छ । पूर्वराजपरिवार दुई सातासम्म बैंककमै रहने बुझिएको छ ।
उक्त समयमा केही राजनीतिक भेटघाटसमेत हुने स्रोतको दावी छ । स्रोतका अनुसार भारतीय कुनै दूत त्यहाँ पुग्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस
अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...