यहि बर्ष लगनगाँठो कस्ने सेलिब्रेटीहरु



 

 

नयाँ वर्षको आगमनसँगै धेरै सेलिब्रेटीहरुको जीवनमा नयाँ सदस्यको पनि प्रवेश भएको छ । २०७६ सालको शुरुवातमै केही सेलिब्रेटीहरुले पनि लगनगाँठो कसेका छन् । वर्षको शुरुवाति समयमा लगनगाँठो कस्ने सेलिब्रेटीहरु :

दिवाकर भट्टराई र दीपिका प्रसाईँ
केही समय अगाडि इन्गेजमेन्ट गरेका निर्देशक दिवाकर भट्टराई र नायिका दीपिका प्रसाइँ वैशाख २४ गते विवाह बन्धनमा बाँधिए । उनीहरुले पाँच वर्षदेखिको प्रेमलाई विवाहमा परिणत गरेका हुन् । दीपिका र दिवाकरले इन्गेजमेन्ट अगाडि नै अदालती विवाह भने गरिसकेका थिए । उनीहरुको फिल्म ‘ऐश्वर्य’ मा काम गरेपछि प्रेम रहेको चर्चा चलेको थियो ।

रेनशा वान्तवा राई र प्रज्वल शमशेर जबरा
निर्माता प्रज्ज्वल शमशेर जबरा र निर्देशक तथा कोरियोग्राफर रेनशा वान्तवा राई पनि वैशाख २४ मा नै विवाह बन्धनमा बाँधिए । रेनशाले प्रज्वलकै फिल्म ‘इन्टु मिन्टु लण्डनमा’बाट निर्देशनमा डेब्यू गरेकी थिइन् । झण्डै आठ वर्षको प्रेम सम्बन्धलाई उनीहरुले विवाहमा परिणत गरेका हुन् । रेनशाले फिल्म ‘मेरो एउटा साथी छ’ बाट कोरियोग्राफीको सुरुवात गरेकी थिइन् भने प्रज्वल ‘मेरो एउटा साथी छ’ फिल्मका निर्माता प्रभु शम्सेर राणाका छोरा हुन् ।

स्वरुपपुरुष ढकाल र मुस्कान सुवेदी
फिल्म ‘छक्का पञ्जा २’ का कलाकार स्वरुपपुरुष ढकाल पनि वैशाख २९ गते मुस्कान सुवेदीसँग विवाह बन्धनमा बाँधिए । उनले काठमाण्डौको पेप्सीकोला निवासी सुवेदीसँग मागी बिहे गरेका हुन् । ‘छक्का पञ्जा २’ पछि ढकालले कुनै फिल्ममा काम गरेका छैनन् । तर ‘छक्का पञ्जा २’ अगाडि नै उनले अभिनय गरेका फिल्म ‘सुस्केरा’ प्रदर्शनको तयारीमा छ ।

विक्रम बराल र अनु गहतराज
‘नेपाल आइडल’ सिजन २ का उपविजेता विक्रम बराल पनि प्रेमिका अनु गहतराजसँग वैशाख २९ गते विवाह बन्धनमा बाँधिए । उनीहरुले पाँच वर्ष लामो प्रेमलाई विवाहमा परिणत गरेका हुन् । विक्रम र अनुको भेट पोखराको एक साङ्गीतिक कार्यक्रममा भएको थियो । त्यहाँबाट नै उनीहरुको प्रेम सम्बन्ध अगाडि बढेको थियो ।

निकिता पौडेल र रवि लामिछाने
फिल्म निर्मात्री तथा चलचित्र विकास बोर्डकी निवर्तमान अध्यक्ष निकिता पौडेल र सञ्चारकर्मी रवि लामिछानेले जेठ ३ गतेका दिन विवाह बन्धनमा बाँधिएका छन् । रवि र निकिताले गत वर्षको माघ ७ गते अदालती विवाह गरेका थिए । अदालती विवाह गरेको चार महिनापछि दुईले परम्परागत रुपमा विवाह गरेका हुन् ।

रवि र निकिता दुबैको दोस्रो विवाह हो । उनीहरु लामो समयदेखि प्रेम सम्बन्धमा थिए । केही वर्षयता दुबै मित्रपार्कको ‘अम्बे अपार्टमेन्ट’मा फ्ल्याट भाडामा लिएर बस्दै आएका थिए । अपार्टमेन्टमा ओहोर–दोहोरको क्रममा उनीहरु एकअर्कासँग नजिकिएको बताइन्छ ।

‘सिधा कुरा जनतासँग’ कार्यक्रम सञ्चालन गरेर चर्चामा आएका रविले निकितासँग अदालती विवाह गरेपछि फेसबुकमा लामो स्टाटस लेख्दै विवाहको निर्णय यति छिटो गर्ने योजना नभए पनि आफूहरुप्रति मानसिक यातना हुने गरि आएका समाचार र खोजविनले एकअर्काको खाँचो महशुस गरेर बैबाहिक जीवनमा बाँधिने निर्णयमा पुगेको जनाएका थिए ।

केकी अधिकारी
नायिका केकी अधिकारीले पनि यहि बर्ष लगनगाँठो कस्ने तयारी गरिरहेकी छिन् । यतिखेर फिल्म छ माया छपक्कैको तयारी जुटेकी केकीले फिल्मको छायाँकन लगतै बिवाह गर्न सक्ने अनुमान फिल्मी बजारमा छ ।

शिल्पा पोखरेल र छवि ओझा
नायिका शिल्पा पोखरेल र निर्माता छविराज ओझाले बिबाह गरेको ३ बर्ष भयो । तर औपचारिक रुपमा दुबैले स्विकार गरेको भने थिएन । हालै दुबै जनाले सामाजिक सञ्जालमा आफ्नो फोटो पोष्ट गर्दै एक अर्काको लागि तयार भन्द बिबाह भएको स्विकारेका छन् । शिल्पा र छविको बिहेको साक्षि केही फिल्मकर्मीहरु रहेको फिल्म वृत्तमा चर्चा छ ।

सविन श्रेष्ठ र अनु शाह
आपसि सहमतिमा बिबाह गरिसकेका सविन श्रेष्ठ र अनु शाहले आफ्नो बिबाहको वारेमा खण्डन समेत व्यक्त गरेका थिए । मिडियामा बिबाहको समाचार बाहिर आईरहदाँ यो जोडीले भने बिबाह नभएको बताउँदै आएका थिए । तर केही समययता दुबैको माया समाजिक सञ्जालमा यसरी पोखियो की दुईको बिहे भएको वारे कसैलाई शंका रहेन । बाँकी सबैको अगाडी औपचारिक बिबाहको लक्षण भने यहि बर्षको लागि देखाएका

 

Subscribe

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस
यो सरकार ढल्ने सपना नदेखे हुन्छ : प्रधानमन्त्री ओली

    प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस र नेकपा (एमाले) जस्ता इतिहास

मेरो नाममा ऋण निकासा भएको मलाई थाह छैन : रवि लामिछाने

    पोखरास्थित सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति

आवश्यक परे सरकारले अध्यादेश ल्याउन सक्छ : प्रधानमन्त्री ओली

    सत्ता गठबन्धनको बैठकमा राजनीतिक दल सम्बन्धी अध्यादेशको विषयमा चर्चा भएको छ

कात्तिक २५ देखि भैरहवामा फ्लाई दुवईको दैनिक उडान

    नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल रहेको भैरहवाको गौतम बुद्ध विमानस्थलबाट उडान गर्न