कान्समा प्रियंकाले पाइन् नेपालबाट पहिलो अवसर



हाम्रो इकोनोमि

 

विश्वकै प्रतिष्ठित फिल्म फेस्टिभल ’कान्स फिल्म फेस्टिभलमा’ नेपाली नायिका प्रियंका कार्की सहभागी हुने भएकी छिन् ।

नेपालबाट प्रियंका पहिलो पटक यो विश्व चर्चित महोत्सवमा सहभागी हुने भएकी हुन् । उनी आजै फ्रान्समा उड्दैछिन् ।

हलिउड र बलिउडका नायिकाहरु छाइरहेको कान्स फिल्म फेस्टिभलका लागि आफु निकै उत्साहित भएको प्रियंका बताउँछिन् ।

यो नेपाल र नेपालीको लागि गर्वको कुरा हो भने मेरो लागि ठुलो अवसर हो, प्रियंकाले भनिन्, नेपाली फिल्म र संस्कृतिलाई विश्व माझ चिनाउने मेरो कोशिस रहनेछ । प्रियंका कान्सको चार वटा इभेन्टस्मा सहभागी हुनेछिन् ।

उनका अनुसार नर्वेजियन फिल्म फेस्टिभल, बुक लञ्च, माइकल ज्याक्सनलाई दिइने ट्रिव्युट र गाला डिनरमा सहभागी हुनेछिन् ।

नेपालकी चर्चित नायिकाले त्यहाँ नेपालकी सिवांगी प्रधानको डिजाइन लगाउनेछिन् ।

मे २० मा प्रियंकालाई कान्स फिल्म फेस्टिभलमा देख्न पाइनेछ । पहिलो पटक सहभागी हुने प्रियंकाले कान्समा कस्तो छाप छोड्लिन् त ?

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...