कान्समा प्रियंकाले पाइन् नेपालबाट पहिलो अवसर



हाम्रो इकोनोमि

 

विश्वकै प्रतिष्ठित फिल्म फेस्टिभल ’कान्स फिल्म फेस्टिभलमा’ नेपाली नायिका प्रियंका कार्की सहभागी हुने भएकी छिन् ।

नेपालबाट प्रियंका पहिलो पटक यो विश्व चर्चित महोत्सवमा सहभागी हुने भएकी हुन् । उनी आजै फ्रान्समा उड्दैछिन् ।

हलिउड र बलिउडका नायिकाहरु छाइरहेको कान्स फिल्म फेस्टिभलका लागि आफु निकै उत्साहित भएको प्रियंका बताउँछिन् ।

यो नेपाल र नेपालीको लागि गर्वको कुरा हो भने मेरो लागि ठुलो अवसर हो, प्रियंकाले भनिन्, नेपाली फिल्म र संस्कृतिलाई विश्व माझ चिनाउने मेरो कोशिस रहनेछ । प्रियंका कान्सको चार वटा इभेन्टस्मा सहभागी हुनेछिन् ।

उनका अनुसार नर्वेजियन फिल्म फेस्टिभल, बुक लञ्च, माइकल ज्याक्सनलाई दिइने ट्रिव्युट र गाला डिनरमा सहभागी हुनेछिन् ।

नेपालकी चर्चित नायिकाले त्यहाँ नेपालकी सिवांगी प्रधानको डिजाइन लगाउनेछिन् ।

मे २० मा प्रियंकालाई कान्स फिल्म फेस्टिभलमा देख्न पाइनेछ । पहिलो पटक सहभागी हुने प्रियंकाले कान्समा कस्तो छाप छोड्लिन् त ?

प्रतिक्रिया दिनुहोस
गति अनुसार मति बनाउन ईश्वरको सुझाव

  नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीको ऐतिहासिक पृष्ठभूमि, सिद्धान्त र संगठनात्मक मजबुतीलाई...

सभामुखमा डीपी अर्यालको उम्मेदवारी दर्ता

    रास्वपा उपसभापति डोलप्रसाद अर्याल (डीपी अर्याल)ले सभामुख पदमा मनोनयन दर्ता गराएका...

एसईईका नक्कली परीक्षार्थी पक्राउ

     माध्यमिक शिक्षा परीक्षा (एसईई)मा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक...

युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...