अञ्जनाका पति लेख्छन्– सबै जना न्यायाधीश नबनिदिनुहोला



हाम्रो इकोनोमि

 

संगीत कर्ममा जोडिएका उज्वल महतले बुहारी हत्या गरेको घटनाबारे अनेक धारणा सार्वजनिक हुन थालेपछि मृतक अञ्जना महतका पति प्रज्वलले धारणा सार्वजनिक गरेका छन् ।

सामाजिक सञ्जालमार्फत उनले आफ्नो परिवार वियोगमा रहेको उल्लेख गरेका छन् ।

‘केही दिन भएको घटनाले म पुरै स्तब्ध छु, मेरो जीवनमा भुइँचालो गएको छ ।

सामाजिक सञ्जाल र मिडियाहरूले सत्यतथ्य समाचार बनाइदिनु होला’, प्रज्वल लेख्छन्,‘यो सबै घटनाको अनुसन्धान जारी छ, दोषी माथि कारबाही हुन्छ । अपराधीलाई कडा भन्दा कडा साजय हुन्छ ।’

पत्नीको आत्माले स्वर्गमा बास पाओस् भन्ने कामनासहित न्यायको माग गर्दै, अनुसन्धान जारी रहेको र कसैको मिलेमतो भए उसलाई पनि कारबाही हुने बताउँदै उनी अघि लेख्छन्,‘हामी दुखको घडीमा छौं ।

घर र मेरो ससुराली परिवार स्तव्ध छौं । सबैजना अहिले न्यायाधीश नबनिदिनुहोला ।’

ललितपुर–२६ ढोलाहिटीस्थित निवासमा २५ बर्षिया अञ्जनालाई खुकुरी प्रहार गरी विभत्स तरिकाले हत्या गरी उज्वलले प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए । घटनामा आफू दोषी रहेको र भावनात्मक कारणले हत्या गरेको बयान पनि दिएका थिए ।

प्रतिक्रिया दिनुहोस
जेल मुक्त भए रवि लामिछाने

  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा भएका छन् । उच्च अदालत...

केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...