अञ्जनाका पति लेख्छन्– सबै जना न्यायाधीश नबनिदिनुहोला



हाम्रो इकोनोमि

 

संगीत कर्ममा जोडिएका उज्वल महतले बुहारी हत्या गरेको घटनाबारे अनेक धारणा सार्वजनिक हुन थालेपछि मृतक अञ्जना महतका पति प्रज्वलले धारणा सार्वजनिक गरेका छन् ।

सामाजिक सञ्जालमार्फत उनले आफ्नो परिवार वियोगमा रहेको उल्लेख गरेका छन् ।

‘केही दिन भएको घटनाले म पुरै स्तब्ध छु, मेरो जीवनमा भुइँचालो गएको छ ।

सामाजिक सञ्जाल र मिडियाहरूले सत्यतथ्य समाचार बनाइदिनु होला’, प्रज्वल लेख्छन्,‘यो सबै घटनाको अनुसन्धान जारी छ, दोषी माथि कारबाही हुन्छ । अपराधीलाई कडा भन्दा कडा साजय हुन्छ ।’

पत्नीको आत्माले स्वर्गमा बास पाओस् भन्ने कामनासहित न्यायको माग गर्दै, अनुसन्धान जारी रहेको र कसैको मिलेमतो भए उसलाई पनि कारबाही हुने बताउँदै उनी अघि लेख्छन्,‘हामी दुखको घडीमा छौं ।

घर र मेरो ससुराली परिवार स्तव्ध छौं । सबैजना अहिले न्यायाधीश नबनिदिनुहोला ।’

ललितपुर–२६ ढोलाहिटीस्थित निवासमा २५ बर्षिया अञ्जनालाई खुकुरी प्रहार गरी विभत्स तरिकाले हत्या गरी उज्वलले प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए । घटनामा आफू दोषी रहेको र भावनात्मक कारणले हत्या गरेको बयान पनि दिएका थिए ।

प्रतिक्रिया दिनुहोस
इरानलाई पूर्णरुपमा समाप्त पर्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग तत्कालै सम्झौता नभए पूरै देश नै...

अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...