नेपाली फिल्म खेल्ने देखी प्रेम जीवन बारे यसो भन्छिन् तेरिया भिडियो



 

भारतको चर्चित डान्स रियालिटी शो ‘डान्स इन्डिया डान्स’ र ‘झलक दिखला जा– ९’ की विजेता नेपाली मुलकी तेरिया मगर नेपालमा निकै कम बस्छिन् ।

केही वर्षयता उनी विदेशमा हुने विभिन्न सांस्कृतिक कार्यक्रमहरुमा व्यस्त छिन् ।

भारतमा बसेर अध्ययन गरिरहेकी उनी केही दिनयता काठमाडौंमा छिन् ।

बुधवार उनी शुक्रवारबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘बीर विक्रम २’ को प्रिमियरमा उपस्थिति भएकी थिइन् ।

 

नृत्यमा पोख्त तेरियाको अहिले सुन्दरताको निकै चर्चा हुने गरेको छ । उनलाई केही समययता थुप्रै नेपाली फिल्मबाट अफर आइसकेको छ । उनीसँग बलिउड अभिनेता अभिनेता ऋतिक रोशनले समेत काम गर्ने इच्छा व्यक्त गरेका थिए । गत वर्ष ‘मायाको मोल’ नामक नेपाली फिल्ममा उनको अभिनय रहने खबर बाहिरिएको थियो । तर, उनले यसको खण्डन गरेकी थिइन् । उनले फिल्म गर्ने खबरमा कुनै सत्यता नभएको प्रस्ट्याएकी थिइन् ।

 

‘मायाको मोल’ फिल्ममा काम गर्ने खबर बाहिरिएपछि तेरियाले फिल्मीखबरसँग फेसबुक च्याटमा आफूलाई थुप्रै फिल्मबाट अफर आएको तर कुनै साइन गरेको स्पष्ट पारेकी थिइन् । उनले अहिले आफू सम्पूर्ण ध्यान अध्ययनमा रहेको बताएकी थिइन् । फिल्म ‘बीर विक्रम २’ को प्रिमियरमा पनि उनले संक्षिप्त कुराकानी गर्दै आफू तत्काल फिल्म गर्ने सोचमा नभएको बताएकी छन् ।

 

गत वर्ष फिल्ममा काम गर्न लागेको कुरालाई अफवाह बताउँदै उनले भनिन्, ’मलाई नै थाहा थिएन कि मैले फिल्म गर्दैछु भन्ने । मेरो अहिले सम्पूर्ण ध्यान अध्ययनमा छ । तत्काल फिल्म गर्नेबारे सोचेकी पनि छैन । हेरौं भोलीका दिनमा के हुन्छ ।’ कोसँग स्क्रिन सेयर गर्न मन छ ? भन्ने पत्रकारको प्रश्नमा उनले डिप्लोम्याटिक जवाफ दिइन् । ‘सबैसँग काम गर्न मन छ । सबैसँग खेल्छु’, उनले भनिन् ।

 

धेरैपछि नेपाली फिल्म हेरेकी तेरियालाई ’बीर विक्रम २’ औधी मन परेछ । उनले क्लाइमेक्स सिनमा आफू निकै इमोसनल भएको बताइन् । उनी भन्छिन्, ’मलाई फिल्म एकदमै राम्रो लाग्यो । प्याकेज फिल्म हो यो । सबै कलाकारले आफ्नो क्यारेक्टर राम्रोसँग निभाउनु भएको छ । मैले त एकदमै इन्जोय गरेँ ।’ व्यस्तताका कारण खासै नेपाली फिल्म हेर्न नपाउने बताउँदै उनले धेरैपछि नेपाली फिल्म हेर्न पाएको खुशी व्यक्त गरिन् ।

 

 

 

 

 

 

 

 

 

यस्तो जवान देखिन थालिन् भारतमा धुम मच्याउने नेपाली चेली तेरिया मगर [११ तस्विर]

 

भारतीय टेलिभिजन ‘डान्स इन्डिया डान्स’ बाट चर्चामा आएकी नायिका तेरिया पाउजा मगर पछिल्लो समय चर्चामा रहिरहने सेलिब्रेटी हुन् । रुपन्देहीमा जन्मेकी तेरिया लामो समय आफ्नो करिअरका लागि मुम्बईमा बसिन् । ‘डान्स इन्डिया डान्स’ ले नेपाली र भारतीय दर्शकमाझ लोकप्रिय बनायो तेरियालाई ।

केही समय पहिले उनी एक नेपाली चलचित्रमा अभिनय गर्ने खबर पनि बाहिर आएको थियो । पछि उनले आफूले फिल्ममा अभिनय गर्न नलागेको बताएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस
यो सरकार ढल्ने सपना नदेखे हुन्छ : प्रधानमन्त्री ओली

    प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस र नेकपा (एमाले) जस्ता इतिहास

मेरो नाममा ऋण निकासा भएको मलाई थाह छैन : रवि लामिछाने

    पोखरास्थित सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति

आवश्यक परे सरकारले अध्यादेश ल्याउन सक्छ : प्रधानमन्त्री ओली

    सत्ता गठबन्धनको बैठकमा राजनीतिक दल सम्बन्धी अध्यादेशको विषयमा चर्चा भएको छ

कात्तिक २५ देखि भैरहवामा फ्लाई दुवईको दैनिक उडान

    नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल रहेको भैरहवाको गौतम बुद्ध विमानस्थलबाट उडान गर्न