तेरिया सुटुक्क काठमाडौं आएर के गर्दैछिन् ?



हाम्रो इकोनोमि

 

भारतको चर्चित डान्स रियालिटी शो ‘डान्स इन्डिया डान्स’ र ‘झलक दिखला जा– ९’ की विजेता नेपाली मुलकी तेरिया मगर नेपालमा निकै कम बस्छिन् ।  केही वर्षयता उनी विदेशमा हुने विभिन्न सांस्कृतिक कार्यक्रमहरुमा व्यस्त छिन् । भारतमा बसेर अध्ययन गरिरहेकी उनी केही दिनयता काठमाडौंमा छिन् । बुधवार उनी शुक्रवारबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘बीर विक्रम २’ को प्रिमियरमा उपस्थिति भएकी थिइन् ।

 

नृत्यमा पोख्त तेरियाको अहिले सुन्दरताको निकै चर्चा हुने गरेको छ । उनलाई केही समययता थुप्रै नेपाली फिल्मबाट अफर आइसकेको छ । उनीसँग बलिउड अभिनेता अभिनेता ऋतिक रोशनले समेत काम गर्ने इच्छा व्यक्त गरेका थिए । गत वर्ष ‘मायाको मोल’ नामक नेपाली फिल्ममा उनको अभिनय रहने खबर बाहिरिएको थियो । तर, उनले यसको खण्डन गरेकी थिइन् । उनले फिल्म गर्ने खबरमा कुनै सत्यता नभएको प्रस्ट्याएकी थिइन् ।

 

‘मायाको मोल’ फिल्ममा काम गर्ने खबर बाहिरिएपछि तेरियाले फिल्मीखबरसँग फेसबुक च्याटमा आफूलाई थुप्रै फिल्मबाट अफर आएको तर कुनै साइन गरेको स्पष्ट पारेकी थिइन् । उनले अहिले आफू सम्पूर्ण ध्यान अध्ययनमा रहेको बताएकी थिइन् । फिल्म ‘बीर विक्रम २’ को प्रिमियरमा पनि उनले संक्षिप्त कुराकानी गर्दै आफू तत्काल फिल्म गर्ने सोचमा नभएको बताएकी छन् ।

 

गत वर्ष फिल्ममा काम गर्न लागेको कुरालाई अफवाह बताउँदै उनले भनिन्, ’मलाई नै थाहा थिएन कि मैले फिल्म गर्दैछु भन्ने । मेरो अहिले सम्पूर्ण ध्यान अध्ययनमा छ । तत्काल फिल्म गर्नेबारे सोचेकी पनि छैन । हेरौं भोलीका दिनमा के हुन्छ ।’ कोसँग स्क्रिन सेयर गर्न मन छ ? भन्ने पत्रकारको प्रश्नमा उनले डिप्लोम्याटिक जवाफ दिइन् । ‘सबैसँग काम गर्न मन छ । सबैसँग खेल्छु’, उनले भनिन् ।

 

धेरैपछि नेपाली फिल्म हेरेकी तेरियालाई ’बीर विक्रम २’ औधी मन परेछ । उनले क्लाइमेक्स सिनमा आफू निकै इमोसनल भएको बताइन् । उनी भन्छिन्, ’मलाई फिल्म एकदमै राम्रो लाग्यो । प्याकेज फिल्म हो यो । सबै कलाकारले आफ्नो क्यारेक्टर राम्रोसँग निभाउनु भएको छ । मैले त एकदमै इन्जोय गरेँ ।’ व्यस्तताका कारण खासै नेपाली फिल्म हेर्न नपाउने बताउँदै उनले धेरैपछि नेपाली फिल्म हेर्न पाएको खुशी व्यक्त गरिन् ।

 

यस्तो जवान देखिन थालिन् भारतमा धुम मच्याउने नेपाली चेली तेरिया मगर [११ तस्विर]

 

भारतीय टेलिभिजन ‘डान्स इन्डिया डान्स’ बाट चर्चामा आएकी नायिका तेरिया पाउजा मगर पछिल्लो समय चर्चामा रहिरहने सेलिब्रेटी हुन् । रुपन्देहीमा जन्मेकी तेरिया लामो समय आफ्नो करिअरका लागि मुम्बईमा बसिन् । ‘डान्स इन्डिया डान्स’ ले नेपाली र भारतीय दर्शकमाझ लोकप्रिय बनायो तेरियालाई ।

केही समय पहिले उनी एक नेपाली चलचित्रमा अभिनय गर्ने खबर पनि बाहिर आएको थियो । पछि उनले आफूले फिल्ममा अभिनय गर्न नलागेको बताएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस
संवेदनशील विषयमा ‘लफङ्गो’ पाराले बोल्नु हुदैन : गगन थापा

     नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारका मन्त्रीहरूले संवेदनशील विषयमा बेला बेलामा...

प्रहरी हुँ भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ

    प्रहरी हुँ भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ परेकी छिन्...

प्रेस स्वतन्त्रता हनन हुदैन : सञ्चारमन्त्री

    सञ्चार तथा सूचना प्रविधिमन्त्री विक्रम तिमिल्सिनाले सरकारले प्रेस स्वतन्त्रता संकुचन गर्ने...

ब्लु बसभन्दा व्यवस्थापन र गुणस्तरमा सुधार गरियोस् : योगेश भट्टराई

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले सरकारले सञ्चालनमा ल्याउन लागेको ब्लु बसको...