रिनाकाे मृत्यु कारण, प्रेमी भनिएका कमल नेपाल छुटे



हाम्रो इकोनोमि

 

पथरीकी रिना बस्नेतको मृत्यु प्रकरणका अनुसन्धानहरुले उनको हत्या नभएको ठहर गरेको छ । रिनाको मृत्यु प्रकरणमा सोधपुछ र अनुसन्धानका लागि पक्राउ परिएका रिनाको प्रेमी भनिएका कमल नेपाल बुधबार दिउँसो रिहा छुटे छन् ।

 

नग्न अवस्थामा आफ्नै कोठा अगाडि मृत भेटिएकी रिनाको तीन तलाबाट लडेरै भएको प्रहरीले अन्तिम निष्कर्ष निकाले पछि नेपाल १० हजार धरौटीमा रिहा भएका हुन ।

 

घट्नाको शुरुदेखि रिनाको हत्या नभई लडेर मृत्यु भएको बताउँदै आएको प्रहरीले रिनाको ब्वाईफेण्ड भनिएका नेपाललाई पक्राउ गरी सार्वजनिक मुद्धामा म्याद थपेर अनुसन्धान गर्दै आएको थियो । कमलले रिना मृत्युमा कुनै संलग्न नदेखिएको कारण उनी छुटेका हुन् ।

 

यसअघि अनुसन्धानमा खटिएका एक प्रहरीले भने कमल नेपालको रिनाको मृत्युसँगै कुनै तालमेल नमिलेको कारण छुट्ने बताएका थिए । पोष्टमार्टम रिपोर्टले पनि रिनाको हत्या नभई लडेर नै भएको बताए सँगै प्रहरीले अनुसन्धानको लागि मात्र कमल नेपाललाई पक्राउ गरेको जनाएको थियो ।

 

नेपाललाई अभद्र ब्यवहार मुलुकी फौजदारी अपराधान संद्यिता २०७४ को दफा ११८ मा मुद्धा दायर भएको थियो । सो मुद्धामा बुधबार दिउसो जिल्ला अदालत मोरङको आदेशमा १० हजार धरौटी बुझाएपछी उनी रिहा भएका हुन् ।

प्रतिक्रिया दिनुहोस
ग्यास बिक्रीको दैनिक विवरण आयल निगमलाई बुझाउनुपर्ने

    नेपाल आयल निगम र ग्यास उद्योगीबीच छलफल भएको छ । बजारमा...

अमेरिकाको वार्ता प्रस्ताव इरानले गर्‍यो अस्वीकार

    इरानले अमेरिका विरुद्धको बढ्दो सैन्य तनावबीच शक्तिशाली मिसाइल प्रयोग गर्न सक्ने...

काठमाडौंको वायु निकै अस्वस्थ, प्रदूषणले पार गर्‍यो सिमा

    काठमाडौंमा वायुको गुणस्तर निकै खराब स्थितिमा पुगेको छ । आज बिहान...

नवनिर्वाचित राष्ट्रिय सभा सांसदहरूको शपथ

    माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका सांसदहरूले शपथ...