आजपनि हावाहुरीसहित असिना र वर्षा, यस्तो छ मौसम विज्ञान विभागको सूचना



हाम्रो इकोनोमि

 

आज काठमाण्डौसहित मध्य र पूर्वको केही तथा पश्चिमी पहाडी क्षेत्रको एक दुई ठाउँमा मेघगर्जन र हुरीबताससहित पानी पर्ने सम्भावना रहेको मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिनुभयो । उपत्यकासहित देशका केही ठाउँमा बुधबार राति ठूलो पानी परेको छ ।

 

पोखरामा विकास भएको न्यूनचापीय प्रणाली पूर्व सर्ने क्रममा केही ठाउँमा ठूलो पानी परेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार राति काठमाण्डौमा मात्रै ५ दशमलव ९ मिलिमिटर पानी परेको छ । राति पानी परेको ठाउँको मौसम अहिले खुलेको छ ।

 

दिउँसोपछि काठमाण्डौसहित मध्य र पूर्वको केही तथा पश्चिमी पहाडी क्षेत्रको एक दुई ठाउँमा मेघगर्जन र हुरीबताससहित पानी पर्ने सम्भावना रहेको छ । शुक्रबारदेखि भने देशभरी कै मौसममा केही सुधार आउने सम्भावना रहेको मौसमविद् प्रधानाङ्गले बताउनुभयो ।

 

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/०२/०२ देखि २०७६/०२/०५ ) दिउँसो: देशको पूर्वी भु-भाग तथा मध्य र पश्चिमि पहाडी भु-भागमा आंशिक देखि सामान्य बदलि रहि बाँकी भु-भागमा मौसम सामान्यतया सफा हुने देखिन्छ । देशको पूर्वी भु-भागका तथा मध्य र पश्चिमी पहाडी भू-भागका थोरै स्थानहरुमा अपरान्हतिर मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको छ।

 

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/०२/०१ देखि २०७६/०२/०३ ) राति: देशका पूर्वी भु-भाग लगायत मध्य तथा पश्चिमि पहाडी भु-भागमा आंशिक बदली रही बाँकी भु-भागमा मौसम सामान्यतया सफा हुने देखिन्छ । देशको पूर्वी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन सहित क्षणिक वर्षाको सम्भावना रहेको छ।

 

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/०२/०१ देखि २०७६/०२/०३ ) देशको पुर्वि र मध्य भु-भाग तथा पश्चिमि पहाडी भु-भागमा आंशिक देखि सामान्य बदलि रहि बांकी भु-भागमा मौसम सफा हुने देखिन्छ। देशका पुर्वि र मध्य भु-भागका थोरै स्थानहरुमा र पश्चिमि पहाडी भु-भागका एक दुइ स्थानमा मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको छ।

 

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/०१/३१ देखि २०७६/०२/०२) देशको पुर्वि तथा पश्चिमि र मध्य पहाडी भु-भागमा आंशिक देखि सामान्य बदलि र बांकी भु-भागमा आंशिक बदलि रहनेछ। देशका पुर्वि भु-भागका थोरै स्थानहरुमा मध्य र पश्चिमि पहाडी भु-भागका एक दुइ स्थानमा मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको छ।

 

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/०१/३१ देखि २०७६/०२/०२), बिहान ६ बजे ) बैशाख ३१ गते (मंगलबार), दिउँसो: देशभरि आंशिक देखि सामान्य बदलि रही केहि स्थानहरुमा मेघ गर्जन, हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस
ग्यास बिक्रीको दैनिक विवरण आयल निगमलाई बुझाउनुपर्ने

    नेपाल आयल निगम र ग्यास उद्योगीबीच छलफल भएको छ । बजारमा...

अमेरिकाको वार्ता प्रस्ताव इरानले गर्‍यो अस्वीकार

    इरानले अमेरिका विरुद्धको बढ्दो सैन्य तनावबीच शक्तिशाली मिसाइल प्रयोग गर्न सक्ने...

काठमाडौंको वायु निकै अस्वस्थ, प्रदूषणले पार गर्‍यो सिमा

    काठमाडौंमा वायुको गुणस्तर निकै खराब स्थितिमा पुगेको छ । आज बिहान...

नवनिर्वाचित राष्ट्रिय सभा सांसदहरूको शपथ

    माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका सांसदहरूले शपथ...