फिगरमा फिट अदिति, फिल्ममा कहिले हुने हिट ? (फोटो फिचर)



 

अभिनेत्री अदिती बुढाथोकी अहिले भारतमा छिन् । भारतको मुम्बइमा बसेकी अदिती बलिउडलाई टार्गेट बनाउँदैछिन् ।

भारतमा मोडलिङ क्षेत्रमा जमिरहेकी नेपाली नायिका अदिती बुढाथोकीले कृ फिल्मबाट नेपाली फिल्म नगरीमा डेब्यु गरिन् ।

डेब्युपछि लामो समय भईसकेको छ उनको दोस्रो फिल्मको कुनै चाँजोबाजो छैन ।

फिल्ममा उनको अभिनय भन्दा बढि रुपैको चर्चा भयो । नेपाली फिल्म नै आफनो प्राथमिकतामा रहेको बताउँदै आएकी अदिती मोडलिङ करियरसंगै बलिउडमा जम्ने प्रयास भने उनको निरन्तर छ ।


नेपाली पर्दामा आउँनु अघि नै केही भारतीय गीतहरुको भिडियोमा अभिनय गरिसकेकी उनले भारतीय मिडियामा पनि नेपाली सुन्दरी नायिकाको रुपमा चर्चा बटुलिसकेकी छिन् । केही समय अघी उनले अभिनय गरेको हिन्दी (पञ्जाबी) गीत सार्वजनिक भएको थियो ।

गीत सार्वजनिक भएको थियो ।

पञ्जाबी गायक चेतनले गाएको  बोलको गीतमा अदितीको अभिनय रहेको थियो। हुन त यसअघि पनि उनले मिलिन्दसंग अन्य केही गायकहरुको भिडियोमा पनि काम गरिसकेकीछिन् ।

मिलिन्द गावाको आवाज रहेकोमा गायक गावासँगै अदितीको अभिनय रहेको थियो।

नेपाली फिल्म नचल्दा अमेरिका भासिने कलाकारको सूची लामो छ । तर, अदिती नेपाली फिल्ममा नचले पनि उनी बलिउडमा केही गर्छु भनेर लागेकी छिन् । उनले सफलता पाउलिन् या नपाउलिन्, चाडै नै थाहा हुनेछ । अदितीले आफूलाई अभिनयमा पोक्त बनाउन विभिन्न खालको अध्ययन गरेकी पनि छिन् । तर, नेपाली फिल्म खेलेजस्तो सहज बलिउडमा छैन ।


तर, मुम्बइमा बसेर बलिउडमा संघर्ष गरिरहेकी अदितीले नेपालमै गरिरहेको एउटा काम छाडेकी छैनन् । नेपालमा हुँदा पनि ताता तस्बिर खिचाउने उनको तरिका थियो । मुम्बइमा पनि उनी ताता तस्बिर खिचाउँनमा नै व्यस्त छिन् ।

सामाजिक संजालतिर उनले राख्ने तस्बिर ताता छन् । जसले उनलाई फ्यानमाझ नजिक त बनाएको होला । तर, यस्तै हट फोटो खिचेर मात्र बस्ने हो कि बलिउड फिल्म पनि खेल्ने हो अदिती जी ? ताता फोटोले त करिअरलाई सधै जोगाउदैन होला ?


नेपालमा कम भारतमा बढि बस्दै आएकी अदिती आफनो इन्टाग्रामका हट तस्बिरको कारण पनि नेपालमा बेला बेला चर्चामा आउँने गर्छिन् ।

अदितीलाई फिल्ममा पनि हिट हुन आवश्यक छ । फिल्ममा पनि उनी खुलिन् भने बाहिर खुलेको अर्थ राख्छ ।

हेर्नुहोस् फोटोफिचर:

प्रतिक्रिया दिनुहोस
यो सरकार ढल्ने सपना नदेखे हुन्छ : प्रधानमन्त्री ओली

    प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस र नेकपा (एमाले) जस्ता इतिहास

मेरो नाममा ऋण निकासा भएको मलाई थाह छैन : रवि लामिछाने

    पोखरास्थित सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति

आवश्यक परे सरकारले अध्यादेश ल्याउन सक्छ : प्रधानमन्त्री ओली

    सत्ता गठबन्धनको बैठकमा राजनीतिक दल सम्बन्धी अध्यादेशको विषयमा चर्चा भएको छ

कात्तिक २५ देखि भैरहवामा फ्लाई दुवईको दैनिक उडान

    नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल रहेको भैरहवाको गौतम बुद्ध विमानस्थलबाट उडान गर्न