फिगरमा फिट अदिति, फिल्ममा कहिले हुने हिट ? (फोटो फिचर)



हाम्रो इकोनोमि

 

अभिनेत्री अदिती बुढाथोकी अहिले भारतमा छिन् । भारतको मुम्बइमा बसेकी अदिती बलिउडलाई टार्गेट बनाउँदैछिन् ।

भारतमा मोडलिङ क्षेत्रमा जमिरहेकी नेपाली नायिका अदिती बुढाथोकीले कृ फिल्मबाट नेपाली फिल्म नगरीमा डेब्यु गरिन् ।

डेब्युपछि लामो समय भईसकेको छ उनको दोस्रो फिल्मको कुनै चाँजोबाजो छैन ।

फिल्ममा उनको अभिनय भन्दा बढि रुपैको चर्चा भयो । नेपाली फिल्म नै आफनो प्राथमिकतामा रहेको बताउँदै आएकी अदिती मोडलिङ करियरसंगै बलिउडमा जम्ने प्रयास भने उनको निरन्तर छ ।


नेपाली पर्दामा आउँनु अघि नै केही भारतीय गीतहरुको भिडियोमा अभिनय गरिसकेकी उनले भारतीय मिडियामा पनि नेपाली सुन्दरी नायिकाको रुपमा चर्चा बटुलिसकेकी छिन् । केही समय अघी उनले अभिनय गरेको हिन्दी (पञ्जाबी) गीत सार्वजनिक भएको थियो ।

गीत सार्वजनिक भएको थियो ।

पञ्जाबी गायक चेतनले गाएको  बोलको गीतमा अदितीको अभिनय रहेको थियो। हुन त यसअघि पनि उनले मिलिन्दसंग अन्य केही गायकहरुको भिडियोमा पनि काम गरिसकेकीछिन् ।

मिलिन्द गावाको आवाज रहेकोमा गायक गावासँगै अदितीको अभिनय रहेको थियो।

नेपाली फिल्म नचल्दा अमेरिका भासिने कलाकारको सूची लामो छ । तर, अदिती नेपाली फिल्ममा नचले पनि उनी बलिउडमा केही गर्छु भनेर लागेकी छिन् । उनले सफलता पाउलिन् या नपाउलिन्, चाडै नै थाहा हुनेछ । अदितीले आफूलाई अभिनयमा पोक्त बनाउन विभिन्न खालको अध्ययन गरेकी पनि छिन् । तर, नेपाली फिल्म खेलेजस्तो सहज बलिउडमा छैन ।


तर, मुम्बइमा बसेर बलिउडमा संघर्ष गरिरहेकी अदितीले नेपालमै गरिरहेको एउटा काम छाडेकी छैनन् । नेपालमा हुँदा पनि ताता तस्बिर खिचाउने उनको तरिका थियो । मुम्बइमा पनि उनी ताता तस्बिर खिचाउँनमा नै व्यस्त छिन् ।

सामाजिक संजालतिर उनले राख्ने तस्बिर ताता छन् । जसले उनलाई फ्यानमाझ नजिक त बनाएको होला । तर, यस्तै हट फोटो खिचेर मात्र बस्ने हो कि बलिउड फिल्म पनि खेल्ने हो अदिती जी ? ताता फोटोले त करिअरलाई सधै जोगाउदैन होला ?


नेपालमा कम भारतमा बढि बस्दै आएकी अदिती आफनो इन्टाग्रामका हट तस्बिरको कारण पनि नेपालमा बेला बेला चर्चामा आउँने गर्छिन् ।

अदितीलाई फिल्ममा पनि हिट हुन आवश्यक छ । फिल्ममा पनि उनी खुलिन् भने बाहिर खुलेको अर्थ राख्छ ।

हेर्नुहोस् फोटोफिचर:

प्रतिक्रिया दिनुहोस
गति अनुसार मति बनाउन ईश्वरको सुझाव

  नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीको ऐतिहासिक पृष्ठभूमि, सिद्धान्त र संगठनात्मक मजबुतीलाई...

सभामुखमा डीपी अर्यालको उम्मेदवारी दर्ता

    रास्वपा उपसभापति डोलप्रसाद अर्याल (डीपी अर्याल)ले सभामुख पदमा मनोनयन दर्ता गराएका...

एसईईका नक्कली परीक्षार्थी पक्राउ

     माध्यमिक शिक्षा परीक्षा (एसईई)मा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक...

युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...