धमलामाथि विश्वप्रकाशको हमला, श्रीमती एलिजालाई किन पिट्नुहुन्छ ( भिडियोसहित )



हाम्रो इकोनोमि

 

नेपाली टेलिभिजनमा प्रशासरण हुने धेरै अन्तरवार्ताहरुमध्ये ऋषि धमलाले संचालन गर्ने अन्तरवार्तामूलक कार्यक्रम केही पृथक हुन्छ । धमलाको प्रश्न सोध्ने शैली विशेषगरी चर्चामा आइरहन्छ।

 

पछिल्लो समय धमलाले प्राइम टाइम्स टेलिभिजनमा जनता जान्न चाहन्छन् कार्यक्रम संचालन गर्दै आइरहेका छन् । प्रश्न सोध्दा अन्तिममा भनिरहने वाक्यांश जनता जान्न चाहन्छन्लाई नै कार्यक्रमको नाम बनाएका धमलाले सबै अतिथीलाई जनता जान्न चाहन्छन् भनेर प्रश्न सोधी हैरान पार्छन् ।

 

मंगलबारको अन्तरवार्तामा यस्तै हैरानीमा परे नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा । धमलाले हरेक प्रश्नको खास जवाफ खोजेपछि शर्मा पनि धमलामाथि जाइलाग्न बाध्य भए ।

 

कार्यक्रमकाबीच धमलाले सिधा प्रश्नको सिधा जवाफ दिनुस् भन्दै प्रश्न गरेपछि शर्मा धमलामाथि नै हमला गर्न पुगेका हुन् । शर्माले हरेक प्रश्नको सिधा जवाफ हुँदैन भनेपछि धमलाले नेताहरुले सिधा जवाफ दिन सक्नुपर्छ भने । त्यसपछि शर्माले पनि हमला गर्दै भने–ऋषि धमलाजी, तपाईले श्रीमती एलिजालाई पिट्नुहुन्छ कि पिट्नुहुन्न सिधा प्रश्नको सिधा जवाफ दिनुस् ।

 

शर्माको हमलामा परेपछि धमलाले पनि बाँकी राखेनन् र कार्यक्रम थप रोचक बन्यो । केहीबेरको चर्काचर्कीसँगै शर्माले कांग्रेसको जागरण गित गाएर रमाइलो पनि गरे।

 

प्रतिक्रिया दिनुहोस
गति अनुसार मति बनाउन ईश्वरको सुझाव

  नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीको ऐतिहासिक पृष्ठभूमि, सिद्धान्त र संगठनात्मक मजबुतीलाई...

सभामुखमा डीपी अर्यालको उम्मेदवारी दर्ता

    रास्वपा उपसभापति डोलप्रसाद अर्याल (डीपी अर्याल)ले सभामुख पदमा मनोनयन दर्ता गराएका...

एसईईका नक्कली परीक्षार्थी पक्राउ

     माध्यमिक शिक्षा परीक्षा (एसईई)मा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक...

युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...