पाँचथरमा भयो दुनियाँ झस्किने यस्तो घटना



हाम्रो इकोनोमि

 

पाँचथरमा १५ वर्षीया एक किशोरीको घाँटी रेटेर हत्या गरिएको छ ।

हत्या यति विभत्स छ की उनको टाउकै नै काटिएको अवस्थामा शव फेला परेको छ ।

हिलिहाङ गाउपालिका– ४, पञ्चमिकी शितल योङहाङको आइतबार साँझ घाँटी रेटी हत्या भएको हो ।

शीतलको शव घाँटी काटिएको अवस्थामा साँझ ७ बजेको समयमा सडक मुनी फेला परेको पाँचथरका प्रहरी निरिक्षक अनिलकुमार पौडेलेले बताउनुभयो ।

शीतल आइतबार अपरान्ह ४ बजे स्कूलबाट घर आएर घरको काम सकेर बाहिर निस्केको परिवारले जनाएको छ ।

हत्या कस्ले र किन गर्‍यो भन्ने खुलेको छैन् ।

यसबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

किशोरीको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल पाँचथरमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस
इरानलाई पूर्णरुपमा समाप्त पर्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग तत्कालै सम्झौता नभए पूरै देश नै...

अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...