पूर्वी चितवनमा ४५ विगाहामा बन्ने भो भस्माडी गैडा ताल, मन्त्री लामाद्धारा शिलान्यास (भिडियोसहित)



 

पूर्वी चितवनको राप्ती नगरपालिकामा ६ मा ताल निर्माण हुने भएको छ । करिब ४५ विगाहा क्षेत्रफलमा फैलिएको १.५ किलोमिटर लामो भस्माडी गैडा तालको आज (सोमवार) शिलान्यास गरिएको छ ।

प्रदेश नम्बर ३ का भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले तालको शिलान्यास गर्नुभयो ।

भस्माडी गैडा ताल २०५० सालको बाढीले बगाएर चौरमा परिणत गरेको थियो ।

प्रदेश सरकारको ५० प्रतिशत, नगरपालिकाको २० प्रतिशत र समुदायको ३० प्रतिशत लगानीमा ताल निर्माण गर्न लागिएको हो ।

कार्यक्रममा बोल्दै मन्त्री लामाले ताल निर्माण पछि राप्तीका जनताको जीवनस्तरमा परिवर्तन आउने बताउनुभयो । उहाँले विनियोजन भएको रकम समयमै काम हुनेगरी सही सदुपयोगका लागि सक्रिय हुन स्थानियलाई आग्रह गर्नुभयो । ‘जल, जमिन र जंगलको समिश्रण भएको यस क्षेत्रलाई पर्यापर्यटनले भरिपूर्ण क्षेत्र बनाउने हो, मन्त्री लामाले भन्नुभयो’,तालमा पालिने माछाले यहाँका नागरिकको जीवनस्तरमा समेत परिवर्तन ल्याउनेछ ।’ उहाँले निर्वाचनका समयमा जनतासँग गरेका बाचा पुरा गरको बताउनुभयो ।

मन्त्री लामाले भन्नुभयो,‘तीब्रताका साथ काम गर्नुहोस् बजेटको कुनै समस्या हुँदैन, पर्यापर्यटनका लागि यो आकर्षक क्षेत्र बन्छ ।’ जनतासंग सामुदायीक बनलाई जोडेर आर्थिक स्तर उकास्न सकिन्छ भन्ने उदेश्यका साथ ताल निर्माण सुरु गरिएको उहाँले बताउनुभयो । निकुन्जका जनावरलाई बस्तीमा पस्नबाट रोक्नका लागी पहिलोपटक पक्कीवाल निर्माणका लागी बजेट विनियोजन भएर काम सुरु भएको मन्त्री लामाले जानकारी दिनुभयो ।

राप्ती नगरपालिकाकी प्रमुख प्रभा बरालले जनता, स्थानिय सरकार र प्रदेश सरकारको समन्वयमा ताललाई पर्यटकिय क्षेत्र बनाइने बताउनुभयो । ‘सरकारले आर्थिक सहयोग र सुपरिवेक्षण गर्ने हो,बरालले भन्नुभयो’,ताललाई कसरी राम्रो र आकर्षण बनाउने जिम्मा स्थानिय समुदायको हातमा छ ।’ उहाँले स्टीमेट अनुसार काम गर्न आग्रह गर्दै बजेटको दुरुपयोग हुन नदिन सचेत बन्न आग्रह गर्नुभयो ।

राप्ती नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष जल्लु महतोले धेरै पहिलेदेखि गरेको प्रयास सार्थक भएको भन्दै खुसी व्यक्त गर्नुभयो । उहाँले सबैको साथ र सहकार्यबाट समयमै काम निर्माण सम्पन्न गर्ने प्रतिबद्धता जनाउनुभयो । सुरुको चरणमा १ करोड ६४ लाखको काम हुने महतोले जानकारी दिनुभयो ।

निर्वाचित जनप्रतिनिधिले निर्वाचनको समयमा गरेको वाचा पुरा गरेको जनमुखी वहुउदेश्सिय सहकारी संस्थाका अध्यक्ष पुर्ण बहादुर थापाले धारणा व्यक्त गर्नुभयो । चेपाङ, दनुवार, थारु र ब्राम्हणको बसोबास रहेको सो क्षेत्रमा सबै समुदायको झल्को दिने गरी होमस्टे (घरबास) निर्माणको समेत तयारी गरिएको छ । ताल निर्माणका लागि प्रदेश नम्बर ३ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना, राप्ती नगरपालिका र खगेन्द्र मल्ली उपभोक्ता समिति, जनमुखी बहुउदेश्सीय सहकारी संस्था,राप्ती एकता मध्यवर्ती सामुदायीक वन उपभोक्ता समुहले सहकार्य गरेका छन् ।

 

 

 

प्रतिक्रिया दिनुहोस
रविलाई सांसद पदबाट निलम्बन नगर्न सभामुखलाई रास्वपाको अनुरोध

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई सांसद पदबाट निलम्बन नगर्न

डीपी अर्याललाई कार्यवाहक सभापति बनाउने तयारी

    राष्ट्रिय स्वतन्त्र पार्टीले सचिवालय बैठक बोलाएको छ । आज अपरान्ह ४

ग्लोबल आइएमई बैंकद्वारा “ग्लोबल हाट बजार” सञ्चालनमा

    ग्लोबल आइएमई बैंक लिमिटेडले आफूले ऋण लगानी गरेका लघु, साना तथा

रास्वपाले बोलायो सचिवालय बैठक

    सभापति रवि लामिछानेविरुद्ध मुद्दा दर्ता भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले