योगेश भट्टराईले भने स्थानीय तहलाई पुरस्कार दिनुर्पछ



हाम्रो इकोनोमि

 

नेकपा सांसद योगेश भट्टराईले आगामी बजेटमा विकास बजेट खर्च गर्ने स्थानीय तहलाई पुरस्कारको व्यवस्था गर्न सुझाव दिएका छन् । संसदमा भएको प्रि-बजेट छलफलमा भाग लिँदै भट्टराईले पूँजीगत खर्च ९० प्रतिशत कार्यान्वयन गर्ने गाउँपालिकालाई १५ र नगरपालिकालाई २० करोड अनुदान संघीय सरकारले दिनुपर्ने बताए । ‘यसो भएमा गाउँपालिका र नगरपालिकामा प्रतिस्पर्धा हुन्छ र विकास बजेट खर्च हुन्छ,’ उनले भनेका छन् ।

 

भट्टराईले स्थानीय तहलाई दिइने अनुदान दोब्बर गर्न पनि अर्थमन्त्रीलाई सुझाएका छन् । उनले एसईई परीक्षामा ‘ए’ प्लस ल्याउने सरकारी विद्यालयलाई संघीय सरकारले ५ करोडसम्म अनुदान दिन सुझाए । यसो भएमा शिक्षा क्षेत्रमा आमुल परिर्वतन हुनसक्ने उनको दाबी छ ।

प्रतिक्रिया दिनुहोस
गति अनुसार मति बनाउन ईश्वरको सुझाव

  नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीको ऐतिहासिक पृष्ठभूमि, सिद्धान्त र संगठनात्मक मजबुतीलाई...

सभामुखमा डीपी अर्यालको उम्मेदवारी दर्ता

    रास्वपा उपसभापति डोलप्रसाद अर्याल (डीपी अर्याल)ले सभामुख पदमा मनोनयन दर्ता गराएका...

एसईईका नक्कली परीक्षार्थी पक्राउ

     माध्यमिक शिक्षा परीक्षा (एसईई)मा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक...

युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...