चर्चित पत्रकार मिनाको गोली हानी हत्या



हाम्रो इकोनोमि

 

अफगानिस्तानका एकजना चर्चित महिला पत्रकार तथा राजनीतिक सल्लाहकार मिना मङ्गलको हत्या भएको छ । उनको गोली हानी हत्या गरिएको समाचारमा जनाइएको छ । अफगानिस्तानका राजनीतिज्ञ तथा महिला अधिकारवादीहरूले यस हत्याको कडा शब्दमा निन्दा गरेका छन् ।

 

उनीहरुले हत्यारालाई कारबाही माग गरेका छन् । साथै यस्ता हत्याका घटनामा संलग्नहरुलाई कानुनबमोजिम कारबाहीका लागि पनि माग गरेका छन् । उनी विगतमा टेलिभिजनमा कार्यरत थिइन् । पत्रकार मिना मङ्गलको राजधानी काबुलमा शनिबार दिउँसो गोली हानी हत्या गरिएको थियो ।

 

उनी राजनीतिमा पनि सक्रिय थिइन् । उनी राजनीतिक सल्लाहकारको रुपमा कार्यरत थिइन् । अफगानिस्तानका प्रमुख कार्यकारी अब्दुल्लाह अब्दुल्लाहले पत्रकार मङ्गलका हत्यारालाई पक्राउ गरी कानूनी कारबाही गरिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

 

अफगान प्रहरीले अनुसन्धान थालेको बताएको छ । तर उनको हत्यामा संलग्न के हुन् भन्ने बारेमा भने अझै प्रस्ट भइसकेको छैन । त्यहाँबाट प्राप्त एक समाचारमा आन्तरिक मामिला मन्त्रालयले अफगान संसद्को सांस्कृतिक मामिला आयोगको सल्लाहकारका रूपमा कार्यरत रहेकै बेलामा मङ्गललाई शनिबार गोली हानिएको थियो ।

 

अफगानिस्तानमा महिला अधिकारका क्षेत्रमा कार्यरत संघ संस्था, सर्वोच्च अदालत, महिलाविरुद्धका हिंसासम्बन्धी आयोग र नागरिक समाजका प्रतिनिधिहरुले यस हत्याबारे गम्भीर रुपमा अनुसन्धान गर्न माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
गति अनुसार मति बनाउन ईश्वरको सुझाव

  नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीको ऐतिहासिक पृष्ठभूमि, सिद्धान्त र संगठनात्मक मजबुतीलाई...

सभामुखमा डीपी अर्यालको उम्मेदवारी दर्ता

    रास्वपा उपसभापति डोलप्रसाद अर्याल (डीपी अर्याल)ले सभामुख पदमा मनोनयन दर्ता गराएका...

एसईईका नक्कली परीक्षार्थी पक्राउ

     माध्यमिक शिक्षा परीक्षा (एसईई)मा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक...

युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...