श्रीलंकामा सामाजिक सञ्जालमाथि प्रतिबन्ध, हिंसा मच्चाएको आरोप



हाम्रो इकोनोमि

 

श्रीलंका सरकारले फेसबुक, ट्वीटरलगायत अन्य सामाजिक सञ्जालमाथि अस्थायी प्रतिबन्ध लगाएको छ । केही दिनअघि इस्टर पर्वमा भएको बम आक्रमणपछि सामाजिक सञ्जालमार्फत विवाद हुँदा हिंसात्मक घटनासमेत भएपछि सरकारले सामाजिक सन्जालमाथि प्रतिबन्ध लगाएको हो ।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार श्रीलंकामा फेसबकु, ट्वीटर, ह्वाट्सएपलगायत सन्देश पठाउन मिल्ने अन्य सामाजिक सञ्जालसमेत अस्थायी रुपमा प्रतिबन्धित भएका छन् ।

 

फेसबुकबाट सुरु भएको विवाद बढ्दै जाँदा मुस्लिम समुदायका व्यक्तिले चलाएका पसल स्टोरमा ढुंगा हान्नेदेखि कुटपिटसम्मका घटना भएपछि सामाजिक सञ्जाल बन्द गराइएको हो ।

श्रीलंकाली अधिकारीहरुले फेसबुकबाट घृणा फैलाउने ३८ वर्षीय अब्दुल हमिद महोम्मद हसमरलाई पक्राउ गरिएको छ । उनले अनलाइनमा कमेन्ट गर्दै भनेका थिए-एक दिन तिमिहरु रुनेछौ । मानिसहरुले यसलाई धम्कीको रुपमा लिएर सामाजिक सञ्जालमा आरोप प्रत्यारोमा उत्रिएका थिए ।

आइतवार अबेर र सोमबार विहानसम्म सरकारले कुरुनेगाला जिल्लाबाट सामाजिक सञ्जालमार्फत घृणा फैलाउने व्यक्तिहरुको समूहलाई नै पक्राउ गरेको छ ।

श्रीलंकामा अहिले पनि बिभिन्न ठाउँमा हिंसात्मक घटनाहरु भइरहेका छन् । मुस्लिम समुदायका मान्छेले आफूहरुलाई सामाजिक सञ्जालबाट निरन्तर धम्कीहरु आइरहेको गुनासो गरेका छन् ।

 

सरकारले यस्ता हल्लाहरु फैलिन नदिन सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगायको जनाएको छ । श्रीलंकाको प्रमुख मोबाइल फोन अफरेटर डाइलगले आफूहरुमाथि भाइबर, इमो, स्न्यापच्याट, इन्स्टाग्राम, युट्युबलगायतका अन्य सामाजिक सञ्जाल पनि अर्को सूचना नआएसम्म बन्द गर्न निर्देशन आएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
गति अनुसार मति बनाउन ईश्वरको सुझाव

  नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीको ऐतिहासिक पृष्ठभूमि, सिद्धान्त र संगठनात्मक मजबुतीलाई...

सभामुखमा डीपी अर्यालको उम्मेदवारी दर्ता

    रास्वपा उपसभापति डोलप्रसाद अर्याल (डीपी अर्याल)ले सभामुख पदमा मनोनयन दर्ता गराएका...

एसईईका नक्कली परीक्षार्थी पक्राउ

     माध्यमिक शिक्षा परीक्षा (एसईई)मा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक...

युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...