श्रीलंकामा सामाजिक सञ्जालमाथि प्रतिबन्ध, हिंसा मच्चाएको आरोप



हाम्रो इकोनोमि

 

श्रीलंका सरकारले फेसबुक, ट्वीटरलगायत अन्य सामाजिक सञ्जालमाथि अस्थायी प्रतिबन्ध लगाएको छ । केही दिनअघि इस्टर पर्वमा भएको बम आक्रमणपछि सामाजिक सञ्जालमार्फत विवाद हुँदा हिंसात्मक घटनासमेत भएपछि सरकारले सामाजिक सन्जालमाथि प्रतिबन्ध लगाएको हो ।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार श्रीलंकामा फेसबकु, ट्वीटर, ह्वाट्सएपलगायत सन्देश पठाउन मिल्ने अन्य सामाजिक सञ्जालसमेत अस्थायी रुपमा प्रतिबन्धित भएका छन् ।

 

फेसबुकबाट सुरु भएको विवाद बढ्दै जाँदा मुस्लिम समुदायका व्यक्तिले चलाएका पसल स्टोरमा ढुंगा हान्नेदेखि कुटपिटसम्मका घटना भएपछि सामाजिक सञ्जाल बन्द गराइएको हो ।

श्रीलंकाली अधिकारीहरुले फेसबुकबाट घृणा फैलाउने ३८ वर्षीय अब्दुल हमिद महोम्मद हसमरलाई पक्राउ गरिएको छ । उनले अनलाइनमा कमेन्ट गर्दै भनेका थिए-एक दिन तिमिहरु रुनेछौ । मानिसहरुले यसलाई धम्कीको रुपमा लिएर सामाजिक सञ्जालमा आरोप प्रत्यारोमा उत्रिएका थिए ।

आइतवार अबेर र सोमबार विहानसम्म सरकारले कुरुनेगाला जिल्लाबाट सामाजिक सञ्जालमार्फत घृणा फैलाउने व्यक्तिहरुको समूहलाई नै पक्राउ गरेको छ ।

श्रीलंकामा अहिले पनि बिभिन्न ठाउँमा हिंसात्मक घटनाहरु भइरहेका छन् । मुस्लिम समुदायका मान्छेले आफूहरुलाई सामाजिक सञ्जालबाट निरन्तर धम्कीहरु आइरहेको गुनासो गरेका छन् ।

 

सरकारले यस्ता हल्लाहरु फैलिन नदिन सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगायको जनाएको छ । श्रीलंकाको प्रमुख मोबाइल फोन अफरेटर डाइलगले आफूहरुमाथि भाइबर, इमो, स्न्यापच्याट, इन्स्टाग्राम, युट्युबलगायतका अन्य सामाजिक सञ्जाल पनि अर्को सूचना नआएसम्म बन्द गर्न निर्देशन आएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
पाल्पामा जिप दुर्घटना, तीन जनाको मृत्यु

    पाल्पामा जिप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । अरूणखोलाबाट रामपुर...

आज ४ जना मन्त्रीको शपथ

    अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद् विस्तार गर्दै छिन् । कार्कीले...

ओलीमाथि लगाइएका आरोपले राज्यसंयन्त्र ध्वस्त हुन्छ – रामकुमारी झाँक्री

     नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले भदौ २३ गतेको घटनाका सम्बन्धमा पूर्वप्रधानमन्त्री...

आज र भोलि नागढुंगा–मलेखु सडक खुला हुने

    दैनिक पाँच घण्टा आंशिक बन्द गरेर स्तरोन्नति भइरहेको नागढुंगा मलेखु सडकखण्ड...