मध्यरातमा एटीएम भित्र यौन उत्पीडन, युवतीले बनाइन् आफ्नै भिडियो



हाम्रो इकोनोमि

 

भारतको मुम्बईमा युवतीमाथि एक व्यक्तिले एटीएम रुम भित्र यौन उत्पीडन गरेका छन् ।

युवती मध्यराति ढाई बजे एक म्यूजिक शोबाट आफ्नो घर फर्किरहेकी थिइन् ।

घर नजिकै पुग्ने क्रममा उनी अटोरिक्साको पैसा दिनका लागि एटीएम गएकी थिइन् ।

ती युवतीले यो घटनाबारे आफ्नो ट्विटर र ईन्स्टाग्राममा लेखेकी छन् । उनले भनेकी छन् यो घटना मेरो बर्थडेका दिन घटेको थियो ।मध्यरातमा युवतीको एटीएमले काम गरेन ।

त्यहीबेला एटीएममा एक व्यक्ति आए र उनले मद्दत गर्ने बताए । ती युवतीले उनको मद्दत इन्कार गरिन् ।

अटो चालकले आफ्नो भाडा नपाएपछि सामान्य विवाद भयो । प्रहरी आयो । युवतीले आफ्नो कुरा प्रहरीलाई भनिन् ।

यसपछि युवती फेरि रकम निस्कने आशामा एटीएम भित्र गइन् ।दोस्रो पटक पैसा निकाल्ने प्रयास गरिरहेका बेला ती व्यक्ति युवतीलाई पछ्याउदै फेरि एटीएम भित्र छिरे र युवतीमाथि यौन उत्पीडन गर्न थाले ।

युवती चिल्लाइन् र मोबाइल फोन झिकेर भिडियो बनाउन थालिन् । भिडियो बनाउन थालेको थाहा पाएपछि युवकले सुईकुच्चा ठोके ।

युवतीले नजिकैको प्रहरीलाई खबर गरिन् । प्रहरीले पिछा गरेर युवकलाई पक्राउ गर्यो ।पक्राउ परेका युवक सन्दीप दीप कुम्भरकर हुन् ।उनले रक्सीको नशामा आफूले यो कुकृत्य गरेको स्वीकार गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस
युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...

विश्वकै ठूलो ग्यास केन्द्रमा इरानको हमला

    अमेरिका र इजरायलको गठबन्धनले आफ्ना नेताहरुको एकपछि अर्को हत्या गरिरहेका बेला...

कतारको पेट्रोलियम प्लान्टमा मिसाइल आक्रमण

     मध्यपूर्वमा बढ्दो तनावबीच इरान र इजरायलबीचको द्वन्द्वले नयाँ मोड लिएको छ...