वैवाहिक जीवनमा महिलाले सुधार्नु पर्ने स्वभावहरु यस्ता छन्



हाम्रो इकोनोमि

 

वैवाहिक जीवनमा राम्रो स्वभाव भएका स्त्री भयो भने पतिको जीवन एकदम स्वर्ग जस्तो हुन्छ ।

साथै पत्नीसँगै पतिको पनि स्वभाव राम्रो भयो भने स्त्रीको जीवन एकदमै राम्रो हुन्छ ।

तर कतिपय महिलाहरूको स्वभाव यस्तो हुन्छ,कि जसले एक अर्काको सम्बन्धमा विभिन्न वाधा अर्चन आउन थाल्दछ ।त्यसैले स्त्रीहरूको केही स्वभाव बारेमा उल्लेख गरिएको छ ।

पतिलाई आफ्नो बनाउने

कुनै पत्नीहरू पति आफ्नो मात्रै हो र उसको अरुसँग कुनै सम्बन्ध नहोस् भन्ने चाहन्न्छन् lपत्नीको यस्तो स्वभावको कारणले गर्दा पुरुषको जीवनलाई सङ्कटमा परिदिन्छ । यस प्रकारको स्वार्थी सोचले हरेक पुरुषले आफ्ना बाबु आमा, इष्टमित्र, साथीभाइबाट टाढा हुन बाध्य हुन्छन‍् ।

नमिठो वचन बोल्ने

वैवाहिक जीवनमा चर्को र नराम्रो बोलीले सम्बन्धमा दरार पैदा गर्दछ । जीवनका हरेक पलहरु निकै मीठो र भद्र वचन बोल्ने महिला जीवनसाथी बनेमा एउटा पुरुषको जीवन अमृतमय बन्छ ।

पैसालाई मात्र महत्त्व दिने

कतिपय महिला यस्तो हुन्छ कि आफ्नो श्रीमानले सधैँ पैसा मात्रै कमाओस् भन्ने चाहन्छन् । दाम्पत्य जीवनमा पैसाले प्रेम, समर्पण र बफादारिताको ठाउँ लिएपछि आत्मीयता भन्ने कुरा हराउँछ। त्यसैले महिलाहरूले आफ्नो यो स्वभाव हटाउनु पर्दछ।

किच् किच् गर्ने

सानोतिनो कुरामा पनि किचकिच गर्ने स्वभावका महिलाले पनि पुरुषको जीवनलाई नराम्रो असर पारिरहेका हुन्छन् । दिनहुँको गनगन कचकच ले गर्दा पुरुषको मनोबल घट्नुको साथै पुरुषको जीवन निराश पूर्ण हुँदै जान्छ l

रोकछेक गर्ने स्वभाव

कोही महिलाहरू पुरुषले गर्ने हरेक काममा रोक छेक गर्ने स्वभावको हुन्छ l यस्तो कार्यले पुरुषको जीवनको स्वतन्त्रता समाप्त हुन्छ । जसले गर्दा स्वतन्त्रताविनाको जीवन सधैँ कठपुतली जस्तै हुन्छ।

प्रतिक्रिया दिनुहोस
युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...

विश्वकै ठूलो ग्यास केन्द्रमा इरानको हमला

    अमेरिका र इजरायलको गठबन्धनले आफ्ना नेताहरुको एकपछि अर्को हत्या गरिरहेका बेला...

कतारको पेट्रोलियम प्लान्टमा मिसाइल आक्रमण

     मध्यपूर्वमा बढ्दो तनावबीच इरान र इजरायलबीचको द्वन्द्वले नयाँ मोड लिएको छ...