क्यान्सर रोगीहरुलाई दिँदै आएको एक लाख रुपैयाँ उपेन्द्र यादवले रोके



हाम्रो इकोनोमि

 

क्यान्सर रोगीहरुलाई दिँदै आएको एक लाख रुपैयाँ आर्थिक सहायता रोकिएको छ । उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले बजेटको अभाव देखाउँदै  क्यान्सर रोगीहरुलाई दिँदै आएको एक लाख रुपैयाँ आर्थिक सहायता रोका गरिएको बुझिएको छ । यसको खुलासा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी सचिव डा. पुष्पा चौधरीले गरेकी छिन ।

 

अाइतबार विश्व आँखा क्यान्सर सचेतना सप्ताह कार्यक्रममा सचिव चाैधरीले क्यान्सर रोगीहरुलाई दिँदै आएको एक लाख रुपैयाँको सहयाता बन्द भएको र रोगीहरूको सूची संकलनको काम समेत अबरूद्ध भएको बताइन ।

 

पछिल्लो समय सचिव चाैधरी अनेक अनियमितताको प्रकरणमा मुछिएपछि मन्त्रालयमा दुइ जना सचिव रहँदै अाएका छन । कार्यकर्तालाइ अनेक बहानामा रकम बाड्न तम्सने उपप्रधानमन्त्री यादवले क्यान्सर रोगीकै सहयता किन काटे भन्ने विषयमा गम्भीर छलफल भैरहेको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस
गति अनुसार मति बनाउन ईश्वरको सुझाव

  नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीको ऐतिहासिक पृष्ठभूमि, सिद्धान्त र संगठनात्मक मजबुतीलाई...

सभामुखमा डीपी अर्यालको उम्मेदवारी दर्ता

    रास्वपा उपसभापति डोलप्रसाद अर्याल (डीपी अर्याल)ले सभामुख पदमा मनोनयन दर्ता गराएका...

एसईईका नक्कली परीक्षार्थी पक्राउ

     माध्यमिक शिक्षा परीक्षा (एसईई)मा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक...

युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...