सुरेन्द्र पाण्डेले भने डा. साबमा ‘फ्रस्टेसन’ देखियो



हाम्रो इकोनोमि

 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद एवम् पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले डा. बाबुराम भट्टराईमा ‘फ्रस्टेसन’ देखिएको भन्दै बजेटका सिद्धान्त र प्राथमिकतामाथिका टिप्पणी सान्दर्भिक नभएको भन्दै प्रतिवाद गरेका छन् ।

 

प्रतिनिधिसभाको आइतबारको बैठकमा आगामी आर्थिक बर्षको बजेटका सिद्धान्त र प्राथमिकता माथिको छलफलमा पूर्वप्रधानमन्त्री भट्टराई लगत्तै आफ्नो धारणा राख्न रोस्टममा पुगेका सांसद पाण्डेले डाक्टर भट्टराईमा स्पष्ट फ्रस्टेसन देखिएको दाबी गरेका हुन् । उनले सन् १९८० को दशकको प्रसंग उल्लेख गर्दै भट्टराईको टिप्पणी सोही किसिमको ‘फ्रस्टेसन’ जस्तै भएको तर्क गरे।

 

बाबुराम भट्टराईमा फ्रस्टेसन देखिएको भन्दै बजेटका सिद्धान्त र प्राथमिकतामाथिका टिप्पणी सान्दर्भिक नभएको भन्दै पाण्डेले प्रतिवाद गरेका छन् ।

 

‘१९८० को दशकमा पूर्व कम्युनिस्टहरू पनि जुन देशमा क्रान्तिहरू गर्न सकेनन् र असफल भइसकेपछि निराश मानिसहरूले नयाँ आधुनिकतावादको कुरा गर्न थाले र कम्युनिस्ट आन्दोलनको प्रवाह रोकियो। अब यो अगाडि जाँदैन भन्दै नयाँ आधुनिकतावादको कुरा गर्न थाले र क्रिटिकल मोडनिष्ट भ्युजहरू त्यस सिलसिलामा जन्म भए, उनले भने’,  ‘राइटिसहरूभित्र पनि एक खालका राइटिसहरूबाट विरक्तिएकाहरू लेफ्ट मुभमेण्टबाटै विरक्तिएकाहरूले यस खालका विचारहरू ल्याए तर त्यो पनि विचार कुनै नयाँ परिणाममुखी, कुनै कुराबाट त्यो निर्देशित थिएनन् वास्तवमा भन्ने हो भने त्यो एक प्रकारको फ्रस्टेसनको अभिव्यक्ति थियो। यो चिज हाम्रो देशमा पनि स्वयम् डाक्टर साबमा पनि व्यक्त हुन्छ।’

 

उनले बजेटका सिद्धान्त र प्राथमिकताको समर्थन गर्दै उत्पादन वृद्धि, रोजगारीमा वृद्धि, निर्यात बढाउने कुरा गर्दैगर्दा क्षेत्रगत वस्तु उत्पादनको प्राथमिकतालाई विशेष ध्यान दिनुपर्ने धारणा राखे । अन्तर प्रदेशको समन्वय गर्ने गरी स्पष्ट ढंगले कानुन बनाउनुको साथै सार्वजनिक खरिद ऐनका केही आधारभूत प्रावधानलाई परिर्वतन गर्नुपर्ने आवश्यकता औंल्याए।

प्रतिक्रिया दिनुहोस
गति अनुसार मति बनाउन ईश्वरको सुझाव

  नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीको ऐतिहासिक पृष्ठभूमि, सिद्धान्त र संगठनात्मक मजबुतीलाई...

सभामुखमा डीपी अर्यालको उम्मेदवारी दर्ता

    रास्वपा उपसभापति डोलप्रसाद अर्याल (डीपी अर्याल)ले सभामुख पदमा मनोनयन दर्ता गराएका...

एसईईका नक्कली परीक्षार्थी पक्राउ

     माध्यमिक शिक्षा परीक्षा (एसईई)मा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक...

युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...