बर्षा सिवाकोटीले बर्षा राउतको लागि लेखिन् यस्तो मन छुने स्टाटस, बर्षा राउतले दिइन् यस्तो जवाफ



हाम्रो इकोनोमि
 

नायिका बर्षा राउत र बर्षा सिवाकोटीलाई एकअर्काको प्रतिस्पर्धीको रुपमा हेरिने गरिन्छ । अझ भन्नुपर्दा नेपाली सिनेवृतमा यी दुईको दुश्मनी भएको र एकअर्कासँग नबोल्ने गरेको चर्चा समेत चल्ने गर्छ ।

झन आगामी जेठ ३ मा यी दुवै नायिकाको चलचित्र हलमा एकसाथ जुध्न लागेकाले यी दुईबीच भिडन्त भएको समेत बताइएको छ ।

यस्तैमा हिजोमात्र नायिका बर्षा सिवाकोटीले आफ्नो अफिसियल फेसबकुमा बर्षा राउतको लागि निकै मन छुने स्टाटस लेखेकी छिन् ।

उनले आफ्नो र बर्षाको सम्बन्ध निकै राम्रो हुँदा हुँदै पनि मिडियामा सम्बन्ध विग्रिएको खबर आउँदा आफूलाई निकै नराम्रो लागेको कुरा स्टाटसमा बताएकी छिन् ।

त्यतिमात्र नभएर बर्षा सिवाकोटीले बर्षा राउतलाई चलचित्र जात्रै जात्रा को लागि शुभकामना पनि दिइन् । बर्षा राउतले पनि बर्षा सिवाकोटीलाई निकै मन छुने जवाफ फर्काएकी छिन् ।

उनले पनि आफूहरुबीच कहिल्यै प्रतिस्पर्धाको भावना नरहेको कुरा स्पष्ट पारेकी छिन् भने बर्षा सिवाकोटीलाई चलचित्र विर विक्रम २ को लागि शुभकामना पनि दिएकी छिन् । यसरी यी दुवै अभिनेत्रीको मेसेज हेर्दा यी दुईबीच कत्तिपनि दुश्मनी नरहेको अनुमान लगाउन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...