बर्षा सिवाकोटीले बर्षा राउतको लागि लेखिन् यस्तो मन छुने स्टाटस, बर्षा राउतले दिइन् यस्तो जवाफ



हाम्रो इकोनोमि
 

नायिका बर्षा राउत र बर्षा सिवाकोटीलाई एकअर्काको प्रतिस्पर्धीको रुपमा हेरिने गरिन्छ । अझ भन्नुपर्दा नेपाली सिनेवृतमा यी दुईको दुश्मनी भएको र एकअर्कासँग नबोल्ने गरेको चर्चा समेत चल्ने गर्छ ।

झन आगामी जेठ ३ मा यी दुवै नायिकाको चलचित्र हलमा एकसाथ जुध्न लागेकाले यी दुईबीच भिडन्त भएको समेत बताइएको छ ।

यस्तैमा हिजोमात्र नायिका बर्षा सिवाकोटीले आफ्नो अफिसियल फेसबकुमा बर्षा राउतको लागि निकै मन छुने स्टाटस लेखेकी छिन् ।

उनले आफ्नो र बर्षाको सम्बन्ध निकै राम्रो हुँदा हुँदै पनि मिडियामा सम्बन्ध विग्रिएको खबर आउँदा आफूलाई निकै नराम्रो लागेको कुरा स्टाटसमा बताएकी छिन् ।

त्यतिमात्र नभएर बर्षा सिवाकोटीले बर्षा राउतलाई चलचित्र जात्रै जात्रा को लागि शुभकामना पनि दिइन् । बर्षा राउतले पनि बर्षा सिवाकोटीलाई निकै मन छुने जवाफ फर्काएकी छिन् ।

उनले पनि आफूहरुबीच कहिल्यै प्रतिस्पर्धाको भावना नरहेको कुरा स्पष्ट पारेकी छिन् भने बर्षा सिवाकोटीलाई चलचित्र विर विक्रम २ को लागि शुभकामना पनि दिएकी छिन् । यसरी यी दुवै अभिनेत्रीको मेसेज हेर्दा यी दुईबीच कत्तिपनि दुश्मनी नरहेको अनुमान लगाउन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...