मोदीको मेकअपमा मासिक ८० लाख भारु खर्च



हाम्रो इकोनोमि

 

भारतमा सामाजिक सञ्जाल प्रयोगकर्ताको ध्यान तानिरहेको छ प्रधानमन्त्री नरेन्द्र मोदीले मेकअप गरिरहेको एक भिडियोले । केही मेकअप आर्टिस्ट प्रधानमन्त्री मोदीको वरिपरि देखिन्छन् ।

 

अधिकांश सामाजिक सञ्जाल प्रयोगकर्ताले यो भिडियो शेयर गर्दै मोदीको मेकअपमा मासिक ८० लाख भारतीय रुपैंया खर्च हुने गरेको उल्लेख गरेका छन् । आरटीआइ प्रयोग गरी यो जानकारी प्राप्त गरेको उनीहरुले बताएका छन् । वास्तविकता भने फरक छ । यो भिडियो सन् २०१६मा बेलायतको राजधानी लन्डनस्थित म्याडम तुसाद म्युजियमले तयार पारेको हो ।

 

म्युजियममा विश्वका प्रभावशाली नेताहरुको प्रतिमा राख्ने गर्छ । यसैका लागि मोदीको प्रतिमा बनाउने तयारीका क्रममा यो भिडियो बनाइएको थियो । म्युजियमले त्यसैबेला यो भिडियो युट्युबमा राखेको थियो । मोदीको मेकअपमा कति खर्च हुन्छ भन्ने विषयमा पनि आरटीआइ परेको नपाइएको बिबिसी हिन्दीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
गति अनुसार मति बनाउन ईश्वरको सुझाव

  नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीको ऐतिहासिक पृष्ठभूमि, सिद्धान्त र संगठनात्मक मजबुतीलाई...

सभामुखमा डीपी अर्यालको उम्मेदवारी दर्ता

    रास्वपा उपसभापति डोलप्रसाद अर्याल (डीपी अर्याल)ले सभामुख पदमा मनोनयन दर्ता गराएका...

एसईईका नक्कली परीक्षार्थी पक्राउ

     माध्यमिक शिक्षा परीक्षा (एसईई)मा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक...

युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...