आज बिहानै प्रहरी इन्काउन्टर : लामो समयदेखि आतंक मच्चाउदै आएका २ जना मारिए



हाम्रो इकोनोमि

 

आज बिहानै भएको प्रहरी इन्काउन्टरमा २ जना मारिएका छन् । भारतको जम्मू–कश्मीर राज्यको शोपिया जिल्लामा आज बिहानै भएको दोहोरो भिडन्तमा २ जना मारिएका हुन् ।

रुीनगर प्रहरीका अनुसार उनीहरुको साथबाट केही हात हतियार र गोला–बारूद पनि बरामद गरिएको छ ।

प्रहरीलाई शोपिया जिल्लाको हिन्दसीतापुरमा आक्रमणकारी लुकेर बसेको विशेष जानकारी मिलेको थियो । उक्त क्षेत्रमा आतंकवादी भएको सुचना पछि प्रहरीले खोजिकार्य तिव्र बनाएको थियो ।

यो बिचमा आतंकवादीहरुले पहिले गोली चलाए अनी जवाफमा प्रहरीले पनि गोली चलायो जसमा २ जनाको ज्यान गयो ।

गएको ३ मे मा प्रहरीले ३ जना आक्रमणकारी मारेको थियो । हिजबुल मुजाहिदीन का कमान्डर लतीफ टाइगरसहित ३ जना मारिएका थिए ।

टाइगर बुरहान वानीसँग जोडिएका १० आतंकवादी मध्यका अन्तिम थिए । सन २०१५ हिजबुल कमान्डर भएका बुरहान वानीसँगै अन्य आक्रमणकारीको एक तस्वीर साझा भएको थियो ।

प्रहरीले ८ जुलाई २०१६ मा बुरहान वानीलाई मारेको थियो ।

उनको मृत्यु पछि उनको समुहमा भएका सबैलाई प्रहरीले समयसमयमा गरेको आक्रमणमा खत्तम गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपतिबाट संसद पुनर्स्थापनाको घोषणा गर्नुपर्छ : महेश बर्तौला

    विघटित प्रतिनिधि सभामा नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले संवैधानिक कमजोरी...

नाेबेल अस्पतालकाे ५ तला माथिबाट खसेर डाक्टरको मृत्यु

    नोबेल मेडिकल कलेज विराटनगरको भवनबाट खसेका डाक्टरको मृत्यु भएको छ ।भवनको...

जेल मुक्त भए रवि लामिछाने

  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा भएका छन् । उच्च अदालत...

केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...