प्रियंका कार्किको सासु रविनाको सधैँ चर्चा (हेरौँ २२ तस्बिर)
मेगा बैंककी असिस्टेन्ट डेपुटी सिइओ रविना देशराज श्रेष्ठको चर्चा नेपाली संचारमाध्यममा भइरहन्छ । अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित हुँदा रविना जति चर्चामा आइन् त्यो भन्दा बढि प्रियंका कार्कीसँग खिचिएको हट अवतारले नेपाली संचारमाध्यममा स्थान पायो ।
बुहारी प्रियंकासँग खिचेको तस्बिरले उनलाई थुप्रै नकारात्मक प्रतिक्रियाहरु मिले । रविनाको जेठो सुपुत्र आयुष्मान देशराज जोशीसँग प्रेममा पर्नु प्रियंका कार्कीका लागि खजाना भेट्नुसरह भएको छ । उनी खुबै दंग छिन् । अझ, प्रेममा तगारो र भिलेन परिवार नै बन्छन् तर उनको प्रेममा परिवार नै सहयोगी भएपछि त अरु के चाहियो ?
त्यसपछि जे नहुनु थियो, त्यही भइरहेको छ । तर, समाजिक संजालमा भने यसको पराकाष्टा देखियो । गोकर्ण फरेस्ट रिसोर्टमा बिदा मनाउन गएकी प्रियंकाले प्रेमी आयुष्मानकी आमासँगै यस्तो फोटो इन्स्टाग्राममा पोस्ट गरिन्, जसले बजारमा ‘गर्नेलाई भन्दा देख्नेलाई लाज’ उखान सम्झना दिलाएको छ । प्रियंकाले पोस्ट गरेको फोटोमा स्पाभित्र प्रियंका र बैंकर रविना देशराज श्रेष्ठ टुपिसमा छन् ।
प्रियंकाले सेल्फी लिइरहेकी छन् तर दुवैको फोटो अरु कसैले लिइरहेको छ । अर्थात् टु पिसको फोटो दुवैले जानी–जानी तेश्र्रो व्यक्तिलाई खिच्न लगाएका छन् । रविना ‘क’ वर्गको बैंकको जिम्मेवार तहमा बसेकी महिला मात्र होइनन्, फिल्ममा भविष्य खोजिरहेका दुई छोराकी आमा पनि हुन् ।
दुवै छोराको पहिलो फिल्म फ्लप भएका छन् । छोराहरुको करियरमा ध्यान दिनेभन्दा पनि आफ्ना क्रियाकलापले अरुको आङ जिरिङ्ग पार्नु हुँदैन भनेर सतर्क हुनुपर्ने । रविनामा भने त्यो चेत देखिन्न । कमसेकम टुपिस लगाएको फोटो निर्धक्क सार्वजनिक गर्नुले यही बताउँछ ।
सेलिब्रेटी बन्ने चाहना धेरैमा हुन्छ । रविनामा पनि होला । तर, अर्धनग्न तस्बिर सार्वजनिक गरेर सेलिब्रेटी बन्न खोजेको हो भने चाहिँ यसले राम्रोभन्दा नराम्रो नै ज्यादा गर्छ ।
त्यसैगरि, ‘दुई श्रीमतीलाई सहज ठान्ने समाज किन दुई श्रीमान राख्न दिंदैन ?’ एक अन्तर्वार्ताको क्रममा यही विचार राखेपछि रविनाले चर्चा पाएकि थिइन् । रविनाको उक्त अभिव्यक्तिको थुप्रै विरोधहरु पनि भए ।
तर, उनको जति विरोध भएपनि सफल बैंकर हुन् । दक्षिण कोरियामा भएको एसिया मेडिकल एस्थेटिक कंग्रेसको अवसरमा बैंकर श्रेष्ठलाई ‘एसिया टप ब्रान्ड मास्टर ग्रान्ड’ अवार्डबाट सम्मानित गरिएको थियो । यसअघि पनि उनिसिंगापुरबाट ‘लेडी अफ एक्सिलेन्स अवार्ड’ तथा मलेसियाबाट ‘गोल्डेन फोनिक्स अवार्ड’बाट सम्मानित भएकी थिइन्
चर्चित बैङकर डा. रविना देशराज श्रेष्ठ ज्यू,
सामाजिक सञ्जालमा तपाईंका भनाइ भाइरल भएपछि केही प्रश्नहरु मनमा आए । चिठ्ठी मार्फत त्यही मनका प्रश्नहरु तपाईंलाई गर्दैछु । समय र इच्छा भएको खण्डमा सार्वजनिक रुपमा नै जवाफ दिनु भए आभारी हुने थिएँ ।
रविनाजी एक अन्तर्वाताको क्रममा तपाईंले समाजलाई सोध्नु भएको एउटा प्रश्नले मलाई पत्रलेखेरै जिज्ञासा राख्न बाध्य पारेको हो । ‘दुई श्रीमतीलाई सहज ठान्ने समाज किन दुई श्रीमान राख्न दिंदैन ?’ विषयबस्तुमा प्रवेश गर्नुअघि म अन्य केही प्रश्नको जवाफ माग्ने छु, तपाईंसँग ।
म पनि महिला भएकिले समाजले महिला माथि गरेका धेरै विभेदका वारेमा जानकार छु । कतिपय आफैं भोगेर र कतिपय अनुभुत गरेर महिला माथिका अन्याय र अत्याचारहरुले मलाई भित्रभित्रै जलाउँछ पनि ।
आम नेपाली महिलाको हालखवर झनै पीडादायक छ । यस्तो पीडा सम्रान्त परिवारको तुलनामा निम्नबर्ग, निम्नमध्यम बर्ग र मध्यम बर्गमा बढी रहेको सहजै ज्ञारेण्टी गर्न सकिन्छ । महिलाका धेरै जसो पीडाहरु गरिवीसँग सम्बन्धित भएको निश्कर्ष निश्केकाले पनि मैले यहाँलाई यो प्रसंग निवेदन गरिरहनु पर्दैन होला ।
यो साता बोक्सीको आरोपमा धामी–झाँक्रीको कुटाइवाट मरणासन्न भएकी कैलाली घोडाघोडीकी एउटी युवतीको ब्यथा मिडिया मार्फत छताछुल्ल भयो । बलात्कारका जधन्य अपराधका घटना पनि आएका आइछन् ।
गएको एक महिनामा ५ वटाभन्दा बढी यस्ता घटना सतहमा आए । तर, ती महिला माथि भएका कुनैपनि अपराधका घटनाहरु तपाईंको चासोको विषय बनेनन् । तपाईंलाई यी विषयले किन आकर्षित नगरेका होलान् ?
रविना जी, नेपालमा बर्षेनी ठूलो संख्यामा सुत्केरी हुन नसकेर छटपटाउँदै मर्ने महिलाको खवर कत्तिको पठ्नु हुन्छ ? रक्तस्राप धेरै भएर, उपचार नपाएर, आँङ खसेर मर्नेहरुको संख्या पनि धेरै हुने गर्छ । तर ती कुनैपनि समस्याहरु तपाईंका एजेन्डा भएकै छैनन् । महिलाहरुले पाएका हदैसम्मका दर्दनाक ‘इस्यू’हरु तपाईं किन उठाउनु हुन्न ? प्रष्ट पारिदिनु होला ।
अव विषयबस्तुमा जाऊँ, रविनाजी एक अन्तर्वाताको क्रममा तपाईंले समाजलाई सोध्नु भएछ, ‘दुई श्रीमतीलाई सहज ठान्ने समाज किन दुई श्रीमान राख्न दिंदैन ?’ मेरो प्रश्न छ, दुई श्रीमानको ‘प्राक्टिस’ कसले गरेको छ र उसलाई कस्तो ब्यवहार गरेको छ समाजले ? तपाईंको उदाहरणमा छन् भने कृपया जानकारी दिनु भए हुन्थ्यो ।
रविनाजी, दुई श्रीमान राख्न पाउनु पर्छ भनेर यदी तपाईं वकालत गर्दै हुनुहुन्छ भने यसमा खासगरी तीनवटा कारण हुनसक्छन् भन्ने मेरो बुझाई रहेको छ । पहिलो कारण, नेपाली महिलाले सन्तान उत्पादन अझ बढाउने, दोस्रो कारण, शारिरिक रुपमा तृप्ती खोज्ने । तेस्रो तथा केही समहत हुन सक्ने अन्तिम कारण, पुरुष प्रधान समाजलाई ‘काउन्टर’ दिने । भन्नुहोस् यी मध्ये तपाईंको मग्सद कुन हो, पहिलो, दोस्रो वा अन्तिम ?
मलाई लाग्छ सन्तानले डाँडा काँडा ढकाउन एउटै श्रीमान काफी हुन सक्छ । त्यसकारण यसमा एकभन्दा बढी श्रीमानको आवश्यकता पर्दै पर्दैन । एकजना मनोचिकित्सकसँग मैले संवाद गरेकी थिएँ । उनी भन्दै थिइन् –‘अतृप्तहरुलाई एक, दुई वा दुईभन्दा बढीले पनि तृप्ती दिन सक्दैनन् ।’ किनभने एकभन्दा बढीमा गएपछि चाहानाहरु अनगिन्तीतिर झांगिन थाल्छन् । के मनोचिकित्सकको यो निश्कर्ष तपाईंलाई गलत लाग्छ ?
जहाँसम्म पुरुष प्रधान समाजलाई ‘काउन्टर’ दिन मैले यसै भनिदिएकि हुँ भन्नु हुन्छ भने मेरो भन्नु केही छैन । तर दुई श्रीमती पुरुषलाई समेत भारी पर्दै आएको छ । कानुनले उनीहरुलाई पनि छुट दिएको छैन ।
र, दुई श्रीमती हुनेहरुले तपाईंले उल्लेख गरेजस्तो गौरवका साथ टाउको उठाउन सकेका छैनन् । पछिल्लो समय पुरुषभन्दा बढी महिलाहरु सम्बन्ध बिच्छेदमा रमाउन थालेका छन् । यी मध्ये कतिपयलाई एउटै पुरुष धान्न गाहे भएको अनुसंधानले देखाएको छ । के यी समस्याको समाधान बहुपतिले गर्न सक्छन् ?
रविनाजी, तपाईंलाई वहुपतिको कुरा गरेर म महाभारतको दौपदीलाई संझाउन चाहान्न । हाम्रै देशका केही हिमाली जिल्लातिर आँखा दौड्याए पुग्छ । खासगरी मुस्ताङमा अहिले पनि छ, बहुपतिप्रथा ।
उनीहरुले भोगेको परम्परागत ‘प्राक्टिस’का वारेमा तपाईले सुन्नु भएको छ ? के उनीहरु खुसी छन् ? के उनीहरुको ब्यवहारले समाजलाई गौरवपूर्ण रुपमा अघि बढाएको छ ? के तपाईंले भन्न खोजेको समाज त्यस्तै हो ?
निश्केको छ, जवसम्म महिलाहरु आर्थिकरुपमा आत्मनिर्भर बन्न सक्दैनन् तवसम्म समानताको कुरा भाषणमा सीमित हुन्छ । यदी यो निश्कर्षलाई तपाईं मान्नुहुन्छ भने महिलाहरुलाई आत्मनिर्भर बनाउने दिशामा तपाईं किन निर्णय गर्न सक्नु हुन्न ? बैंकको नेतृत्व तहमा बसेको हुनाले तपाईंको खास दायित्व यो होइन र ? के यस विषयमा तपाईंले केही पहल गर्नु भएको छ ?
महिला राष्ट्रपति भएकि छन् । ३३ प्रतिसत सुरक्षित कोटा तयार गरेको छ, कानुनले । यसलाई ब्यवहारवाट स्थापित गर्ने चुनौती थपिएको छ, महिलामा । यस्तो कानुन भर्खरै बनेको हुनाले नेपाली महिला अधिकार र स्वतन्त्रताको पाटोमा निकै अघि बढी सकेका छन् । तपाईंले यस प्रसंगलाई कहिलै उठाउनु भएको छैन । किन ?
सोही अन्तर्वार्ताको क्रममा तपाईंले अर्को एउटा प्रसंग उठाउनु भएको छ । भन्नु भएको छ, लोग्नेमान्छे सार्वजनिक स्थानमा छाती फुलाएर नुहाई रहेको हुन्छ । महिलाहरुले त्यसोगर्न किन नहुने ?
तपाईंको यो प्रश्न मलाई हाँस्यस्पद लाग्यो, रविनाजी । यस हिसावले त तपाईंले अर्को अन्तर्वार्तामा भन्नुहोला, महिलाले मात्र किन सन्तान जन्माएर दुःख पाउने ? र, पुरुषहरु किन सधैं हाइसञ्चोमा बस्ने ? मेरो अनुरोध छ, कानुन र ब्यवहार परिवर्तनमा तपाईं हदैसम्म लाग्न सक्नु हुन्छ । तर के प्रकृतिप्रति तपाई जाइलाग्नुको अर्थ हुन्छ ? जवाफ दिनुहोला ।
अन्त्यमा, तपाईंले चाहे जस्तो हो वा खोजेजस्तोगरी बहुपति राख्न पाइने ब्यवस्था भयो रे । के हुन्छ त्यसपछि ? कस्तो घर बन्छ ? कस्तो समाज बन्छ ? के महिलाहरु रातारात स्वतन्त्र बन्छन् ?
के त्यसपछि महिलाहरुले सन्तान जन्माउन नसकेर अकालमा ज्यान गुमाउनु पर्दैन ? आँङ खसेर मर्ने समस्याको समाधान पनि त्यसैले गर्छ ? महिलाहरु बलात्कारको शिकार हुँदैनन् त्यसपछि ? यी तमाम प्रश्नहरुको जवाफ मैले सोच्न सकिनँ, कृपया बुझ्ने भाषामा सार्वजनिक गरिदिनु होला । तपाईंलाई मिडिया मार्फत चिन्ने सुलोचना खतिवडा