फिगरमा फिट अदिति, फिल्ममा कहिले हुने हिट ? (फोटो फिचर)



हाम्रो इकोनोमि

 

अभिनेत्री अदिती बुढाथोकी अहिले भारतमा छिन् । भारतको मुम्बइमा बसेकी अदिती बलिउडलाई टार्गेट बनाउँदैछिन् ।भारतमा मोडलिङ क्षेत्रमा जमिरहेकी नेपाली नायिका अदिती बुढाथोकीले कृ फिल्मबाट नेपाली फिल्म नगरीमा डेब्यु गरिन् । डेब्युपछि लामो समय भईसकेको छ उनको दोस्रो फिल्मको कुनै चाँजोबाजो छैन ।

फिल्ममा उनको अभिनय भन्दा बढि रुपैको चर्चा भयो । नेपाली फिल्म नै आफनो प्राथमिकतामा रहेको बताउँदै आएकी अदिती मोडलिङ करियरसंगै बलिउडमा जम्ने प्रयास भने उनको निरन्तर छ ।


नेपाली पर्दामा आउँनु अघि नै केही भारतीय गीतहरुको भिडियोमा अभिनय गरिसकेकी उनले भारतीय मिडियामा पनि नेपाली सुन्दरी नायिकाको रुपमा चर्चा बटुलिसकेकी छिन् । केही समय अघी उनले अभिनय गरेको हिन्दी (पञ्जाबी) गीत सार्वजनिक भएको थियो ।

पञ्जाबी गायक चेतनले गाएको “उम्मिद” बोलको गीतमा अदितीको अभिनय रहेको थियो। हुन त यसअघि पनि उनले मिलिन्दसंग अन्य केही गायकहरुको भिडियोमा पनि काम गरिसकेकीछिन् ।

मिलिन्द गावाको आवाज रहेको ‘मे तेरा हो गया’ मा गायक गावासँगै अदितीको अभिनय रहेको थियो।

नेपाली फिल्म नचल्दा अमेरिका भासिने कलाकारको सूची लामो छ । तर, अदिती नेपाली फिल्ममा नचले पनि उनी बलिउडमा केही गर्छु भनेर लागेकी छिन् । उनले सफलता पाउलिन् या नपाउलिन्, चाडै नै थाहा हुनेछ । अदितीले आफूलाई अभिनयमा पोक्त बनाउन विभिन्न खालको अध्ययन गरेकी पनि छिन् । तर, नेपाली फिल्म खेलेजस्तो सहज बलिउडमा छैन ।


तर, मुम्बइमा बसेर बलिउडमा संघर्ष गरिरहेकी अदितीले नेपालमै गरिरहेको एउटा काम छाडेकी छैनन् । नेपालमा हुँदा पनि ताता तस्बिर खिचाउने उनको तरिका थियो । मुम्बइमा पनि उनी ताता तस्बिर खिचाउँनमा नै व्यस्त छिन् ।

सामाजिक संजालतिर उनले राख्ने तस्बिर ताता छन् । जसले उनलाई फ्यानमाझ नजिक त बनाएको होला । तर, यस्तै हट फोटो खिचेर मात्र बस्ने हो कि बलिउड फिल्म पनि खेल्ने हो अदिती जी ? ताता फोटोले त करिअरलाई सधै जोगाउदैन होला ?


नेपालमा कम भारतमा बढि बस्दै आएकी अदिती आफनो इन्टाग्रामका हट तस्बिरको कारण पनि नेपालमा बेला बेला चर्चामा आउँने गर्छिन् ।

अदितीलाई फिल्ममा पनि हिट हुन आवश्यक छ । फिल्ममा पनि उनी खुलिन् भने बाहिर खुलेको अर्थ राख्छ ।

हेर्नुहोस् फोटोफिचर:

प्रतिक्रिया दिनुहोस
इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...

क्यानडामा विद्यालय र घरमा अन्धाधुन्ध गोली प्रहार

    क्यानडामा भएको भीषण सामूहिक गोलीकाण्डमा कम्तीमा नौ जनाको ज्यान गएको छ...

टर्किस एयरको इन्जिनमा आगो लाग्यो, काेलकातामा आकस्मिक ल्याण्ड

    काठमाडौंबाट टर्कीको इस्तानबुलका लागि उडान भरेको टर्किस एयरलाइन्सको जहाजमा प्राविधिक समस्या...

बागबजार र ववरमहलमा बक्स कल्भर्ट निर्माण हुने

    काठमाडौँ महानगरपालिकाले पुतलीसडकबाट बागबजार हुँदै रत्नपार्क जाने सडक खण्डको टुकुचा खोलामा...