कक्षामा पढाइ चलिरहेका बेला ९ कक्षामा पढ्ने २ किशोरीले पछाडि बसेर यस्तो लाजमर्दो काम गरेपछि…



हाम्रो इकोनोमि

 

कक्षाकोठामै लाजमर्दो काम गरेको अभियोगमा एक सरकारी विद्यालयले आफ्ना २ छात्रालाई स्कुलबाटै निकालिदिएको छ । उनीहरुले कक्षामा पढाइ चलिरहेका बेला पछाडि बसेर यस्तो काम गरेका थिए ।

उनीहरुको हर्कतबारे कक्षाकै एक विद्यार्थीले शिक्षकलाई बताएपछि उनीहरुलाई शिक्षकले रंगेहात समातेका हुन् । यी दुवै छात्राहरु ९ कक्षामा पढ्ने भएको बताइएको छ ।

घटना आन्ध्र प्रदेशको हो । यी दुई छात्राले कक्षाको अन्तिम बेचमा बसेर कोल्ड ड्रिंकमा रक्सी मिसाएर पिउँदै थिए । पक्राउ परेपछि उनीहरुले आफ्ना पिताका कारण आफूहरुलाई रक्सी पिउने लत लागेको बताएका छन् ।

निदामनुरुको एक सरकारी स्कुलमा ९ कक्षामा पढ्ने यी दुई छात्राको स्कुलका प्रधानाध्यापक सुरेश कुमारका अनुसार उनीहरुले बियरको बोतल स्कुल ब्यागमा लुकाएर ल्याएका थिए ।

कक्षाका अरु विद्यार्थीहरुलाई शंका नहोस् भन्नको लागि उनीहरुले सफ्ट ड्रिंकमा बियर मिसाएर कक्षामै पिउन थालेका थिए । कक्षाका विद्यार्थीहरुले सोध्दा उनीहरुले साथीहरुलाई कुरामा भुलाएका थिए तर एक विद्यार्थीलाई रक्सीको शंका लागेपछि उनले शिक्षकलाई भनिदिए । शिक्षकले जब उनीहरुको स्कुल ब्याग चेक गरे भित्रबाट बियरका खाली केन निस्किए ।

त्यसपछि उनीहरुका अभिभावकलाई खबर गरियो र उनीहरुलाई कारवाही गरियो । दुवै छात्रालाई स्कुलबाट निकालिएको छ । उनीहरुको क्रियाकलापले अन्य बालबालिकामा गलत असर परेको भन्दै उनीहरुलाई निकालिएको हो ।

यी दुवै छात्राका पिता रक्सीको लत भएका भएको बताइएको छ । पिताकै रक्सी चाखेपछि उनीहरुले रक्सी पिउन सिकेको बताएका छन् । यी दुई छात्रालाई यसरी समातिएको पहिलो घटना भने होइन । उनीहरुलाई यसअघि पनि यसैगरी रक्सी पिइरहेको अवस्थामा रंगेहात समातिएको थियो । एजेन्सी

प्रतिक्रिया दिनुहोस
युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...

विश्वकै ठूलो ग्यास केन्द्रमा इरानको हमला

    अमेरिका र इजरायलको गठबन्धनले आफ्ना नेताहरुको एकपछि अर्को हत्या गरिरहेका बेला...

कतारको पेट्रोलियम प्लान्टमा मिसाइल आक्रमण

     मध्यपूर्वमा बढ्दो तनावबीच इरान र इजरायलबीचको द्वन्द्वले नयाँ मोड लिएको छ...