वर्षा राउतले शुरु गरिन, पानीपुरी र चटपटेको ब्यापार (भिडियो सहित)



हाम्रो इकोनोमि

 

राजधानीको एक चोकबाट सम्पदा उर्फ वर्षा राउतले पानीपुरी र चटपटेको व्यापार सुरु गरेकी छिन् । भर्खरै मात्र हनिमुन बाट फर्केकी वर्षाले चलचित्र “जात्रै जात्रा” प्रमोसनको क्रममा पानीपुरी र चटपटे व्यापार गरेको भन्ने बुझ्न सकिन्छ । यहि जेठ ३ गते प्रदिप भट्टराई द्वारा निर्देशित चलचित्र जात्रैजात्रा देश भरि प्रदर्शनको तयारीमा रहेको छ ।

 

चलचित्रको मुख्य भुमिकामा नायक बिपिन कार्की , दयाहाङ राई , वर्षा राउत अन्य कलाकारहरुको विशेष भुमिका रहेको छ ।” गत वर्षको सफल चलचित्र ‘जात्रा’कै कलाकारहरु जात्रै जात्रामा पनि दोहोरिएको निर्देशक बताउँछन् । फिल्मको ट्रेलरलाई हेर्ने हो भने विशेष सुन काण्डलाई देखाइएको छ । नायक बिपिन कार्की र वर्षा राउतलाई श्रीमान श्रीमतीको भुमिकामा देख्न पाइने भएको छ । अघिल्लो चलचित्रमा पनि उनिहरु श्रीमान श्रीमती नै बनेर देखिएका थिए ।

 

दुई ठूलो ब्यानरको प्रतिक्षित चलचित्र एकसाथ हलमा अाउने भएकोले पनि निर्माण टिमले प्रमोसनलाई निकै नै महत्त्व दिइरहेको छ यतिबेला। चलचित्र जात्रै जात्रा सँग मिलन चाम्सको निर्माणमा रहेको फिल्म वीरविक्रम २ ले प्रतिस्पर्धा गर्नेछ । चलचित्र वीर बिक्रममा अभिनेता पल शाह ,नाजिर हुसेन ,वर्षा शिवाकोटी , बुद्धि तामाङ लगायतका कलाकारहरु मुख्य भुमिकामा छन् ।

 

कुराकानीका क्रममा विपिनले चलचित्रमा काम गर्दा आफूले सेल रोटी खुबै खाएको बताए । उनले भने–‘चलचित्रमा बर्षाले ठेलामा सेल रोटी बेचेकी छिन् । मैले सेल रोटी खुबै खाएँ ।’ पानीपुरी बेच्दै गरेकी बर्षाले भनिन्–‘मलाई पानी पुरी मिठो बनाउन आँउछ । विशेषत, नुन अड्कल त खासै गाह्रो लाग्दैनँ ।’ चलचित्र भित्र के छ त, विपिन भन्छन्–‘यो सुन काण्डको कथा मात्र होइन । यसमा सुनको कथा एउटा पाटो मात्र हो । दर्शकले, यसपटक चलचित्रबाट पूर्ण रुपमा मनोरञ्जन पाउनेछन् । हामीले समिक्षकले के भन्छन् भनेर चलचित्र बनाएका छैनौ । दर्शकले डबल डोज चलचित्रमा पाउनेछन् ।’

 

यता, नायिका बर्षा राउतले पनि चलचित्रबाट दर्शकले भरपुर मनोरञ्जन पाउने बताइन् । प्रदिप भट्टराइको निर्देशनमा तयार भएको चलचित्रमा विपिन र बर्षा श्रीमान्–श्रीमतीको भूमिकामा देखिदैछन् । कुराकानीका क्रममा विपिनले चलचित्रमा काम गर्दा आफूले सेल रोटी खुबै खाएको बताए । उनले भने–‘चलचित्रमा बर्षाले ठेलामा सेल रोटी बेचेकी छिन् । मैले सेल रोटी खुबै खाएँ ।’ पानीपुरी बेच्दै गरेकी बर्षाले भनिन्–‘मलाई पानी पुरी मिठो बनाउन आँउछ । विशेषत, नुन अड्कल त खासै गाह्रो लाग्दैनँ ।’

 

चलचित्र भित्र के छ त, विपिन भन्छन्–‘यो सुन काण्डको कथा मात्र होइन । यसमा सुनको कथा एउटा पाटो मात्र हो । दर्शकले, यसपटक चलचित्रबाट पूर्ण रुपमा मनोरञ्जन पाउनेछन् । हामीले समिक्षकले के भन्छन् भनेर चलचित्र बनाएका छैनौ । दर्शकले डबल डोज चलचित्रमा पाउनेछन् ।’ यता, नायिका बर्षा राउतले पनि चलचित्रबाट दर्शकले भरपुर मनोरञ्जन पाउने बताइन् । प्रदिप भट्टराइको निर्देशनमा तयार भएको चलचित्रमा विपिन र बर्षा श्रीमान्–श्रीमतीको भूमिकामा देखिदैछन् ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस
रास्वपा उम्मेदवारको गाडीको ठक्करबाट रौतहट बालिकाको मृत्यु

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रौतहट २ का उम्मेदवार सगिर आलमको...

ढुक्कैसँग निर्वाचन हुन्छ, कसैले बिथोल्न सक्दैन : आयोग

    कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले शान्तिपूर्ण निर्वाचनको वातावरण बनेको बताएका...

कसैसँग गठबन्धन गर्दैनौं : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले फागुन २१ गते हुने...

बाबुराम भट्टराईलाई पितृशोक

     पूर्व प्रधानमन्त्री एवं प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)का संरक्षक डा. बाबुराम भट्टराईलाई पितृशोक...