विदेशी नागरिकले नेपालमा खिचेको १५ सेकेन्डको भिडियो विश्वभर भाईरल



हाम्रो इकोनोमि

 

सामाजिक सञ्जालमा हरेक दिन जस्तो केही न केही भाइरल भइरहेको हुन्छ। अहिले सामाजिक सञ्जालमा एक जना विदेशी पत्रकारले नेपालमा खिचेको एउटा भिडियो संसारभर भाइरल भइरहेको छ।

प्लेब्वाइ र जिक्यु जस्ता चर्चित पत्रिकामा काम गरिसकेकी अमेरिकी पत्रकार नाताली कम्पटनले खिचेको १५ सेकेन्डको उक्त भिडियोलाई अहिलेसम्म २ करोड ५५ लाख भन्दा बढीले हेरिसकेका छन्।

पत्रकार कम्पटनले ट्विटरमा राखेको उक्त भिडियोलाई ६१ हजार भन्दा बढिले रिट्विट गरेका छन् भने १लाख ५७ हजार भन्दा बढिले लाइक गरेका छन्। काठमाडौँको सोह्रखुट्टेमा खिचिएको उक्त भिडियोमा एउटा कुकुरले मालिकको हात समाएर दुईखुट्टा टेकेर बाटो काटेको देख्न सकिन्छ।

प्लेब्वाइ, डिपार्चस म्यागेजिन, जिक्यु म्यागेजनिमा बाइलाइन छापिसकेकी अमेरिकी पत्रकार नाताली कम्पटन अहिले काठमाडौँमा छिन् । उनले आफ्नो ट्विटर र इन्स्टाग्राममा राखेको एउटा भिडियो रोचक हुन। मैले देखेको जीवनकै अनौठो १५ सेकेन्डको दृश्य लेख्दै एउटा भिडियो उनले ट्विट गरेकी छिन्।

अहिले सम्म २ करोड ५५ लाखभन्दा बढी पटक प्ले भइसकेको भिडियो, काठमाडौँको सोह्रखुट्टेमा खिचिएको एउटा चार खुट्टे प्राणीले दुई खुट्टा टेकेर बाटो काट्दाको हो। उनले भिडियो खिच्दा कुकुरले चार खुट्टा नै टेकिरहेको हुन्छ। कुकुर मालिकले हात दिन्छन्। कुकुर दुई खुट्टामा उभिन्छ। मालिकले हात समातेर बाटोको एक छेउबाट अर्को छेउ पुग्छन्। ठ्याक्कै बच्चाको हात समातेर बाटो काटेको जस्तै ! भिडियो यहाँ लिंकमा छ ।

प्रतिक्रिया दिनुहोस
पाल्पामा जिप दुर्घटना, तीन जनाको मृत्यु

    पाल्पामा जिप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । अरूणखोलाबाट रामपुर...

आज ४ जना मन्त्रीको शपथ

    अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद् विस्तार गर्दै छिन् । कार्कीले...

ओलीमाथि लगाइएका आरोपले राज्यसंयन्त्र ध्वस्त हुन्छ – रामकुमारी झाँक्री

     नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले भदौ २३ गतेको घटनाका सम्बन्धमा पूर्वप्रधानमन्त्री...

आज र भोलि नागढुंगा–मलेखु सडक खुला हुने

    दैनिक पाँच घण्टा आंशिक बन्द गरेर स्तरोन्नति भइरहेको नागढुंगा मलेखु सडकखण्ड...