विदेशी नागरिकले नेपालमा खिचेको १५ सेकेन्डको भिडियो विश्वभर भाईरल



हाम्रो इकोनोमि

 

सामाजिक सञ्जालमा हरेक दिन जस्तो केही न केही भाइरल भइरहेको हुन्छ। अहिले सामाजिक सञ्जालमा एक जना विदेशी पत्रकारले नेपालमा खिचेको एउटा भिडियो संसारभर भाइरल भइरहेको छ।

प्लेब्वाइ र जिक्यु जस्ता चर्चित पत्रिकामा काम गरिसकेकी अमेरिकी पत्रकार नाताली कम्पटनले खिचेको १५ सेकेन्डको उक्त भिडियोलाई अहिलेसम्म २ करोड ५५ लाख भन्दा बढीले हेरिसकेका छन्।

पत्रकार कम्पटनले ट्विटरमा राखेको उक्त भिडियोलाई ६१ हजार भन्दा बढिले रिट्विट गरेका छन् भने १लाख ५७ हजार भन्दा बढिले लाइक गरेका छन्। काठमाडौँको सोह्रखुट्टेमा खिचिएको उक्त भिडियोमा एउटा कुकुरले मालिकको हात समाएर दुईखुट्टा टेकेर बाटो काटेको देख्न सकिन्छ।

प्लेब्वाइ, डिपार्चस म्यागेजिन, जिक्यु म्यागेजनिमा बाइलाइन छापिसकेकी अमेरिकी पत्रकार नाताली कम्पटन अहिले काठमाडौँमा छिन् । उनले आफ्नो ट्विटर र इन्स्टाग्राममा राखेको एउटा भिडियो रोचक हुन। मैले देखेको जीवनकै अनौठो १५ सेकेन्डको दृश्य लेख्दै एउटा भिडियो उनले ट्विट गरेकी छिन्।

अहिले सम्म २ करोड ५५ लाखभन्दा बढी पटक प्ले भइसकेको भिडियो, काठमाडौँको सोह्रखुट्टेमा खिचिएको एउटा चार खुट्टे प्राणीले दुई खुट्टा टेकेर बाटो काट्दाको हो। उनले भिडियो खिच्दा कुकुरले चार खुट्टा नै टेकिरहेको हुन्छ। कुकुर मालिकले हात दिन्छन्। कुकुर दुई खुट्टामा उभिन्छ। मालिकले हात समातेर बाटोको एक छेउबाट अर्को छेउ पुग्छन्। ठ्याक्कै बच्चाको हात समातेर बाटो काटेको जस्तै ! भिडियो यहाँ लिंकमा छ ।

प्रतिक्रिया दिनुहोस
यूएईले अमेरिकालाई आफ्नो जमिन प्रयोग गर्न नदिने

    संयुक्त अरब इमिरेट्सले अमेरिकालाई आफ्नो जमिनबाट इरानमाथि हमला गर्न नदिने भएको...

तेल ढुवानीको जलमार्ग अवरोध गर्ने इरानको घोषणा

    इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीले विश्वबजारमा इन्धन आपूर्तिको एक प्रमुख...

एमाले अध्यक्ष ओलीलाई पितृ शोक

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ ।...

आधा सिलिन्डर मात्रै ग्यास बिक्री गर्ने सरकारको तयारी

    खाना पकाउने ग्यासको अभाव चर्किएपछि सरकारले आधा सिलिन्डर मात्रै बिक्री गर्ने...