३ सय किलो वजन भएकी यी महिलाले ४ वर्षमा घटाईन २१४ किलो तौल, कसरी भयो सम्भव ? जान्नुहोस् !



हाम्रो इकोनोमि

 

जन्मदा ३ किलोको सामान्य तौल नै लिएर जन्मेकी भारतकी एक महिला अहिले ४२ बर्षकी भइन् ।

जति जति उमेर बढ्यो तेती उनको तौल अस्वाभाविक रुपमा बढ्दै गएपछि मानसिक रुपमा उनि निकै विछिप्त बनिन् ।

जव उनि १६ बर्ष पुगिन् तव उनको तौल १२६ किलो भएको बताउछिन् । त्यसपछि उनको तौल कमस बढ्दै गैर ३०० किलो पुग्यो ।

अमिता राजानी नाम गरेकी यी महिलाले अन्ततः ४ बर्षमा ठुलो मेहनत गरेर आफ्नो ३०० किलोको तौल घटाएर ८६ किलोमा झारेकी छिन ।

उनको मोटोपनको कारण भारत तथा युकेका प्रमुख डाक्टरले समेत पत्ता लगाउन सकेन ।

त्यस पश्चात लीलावती अस्पताल र हिंदुजा हेल्थकेयर सर्जिकल अस्पतालमा कार्यरत डा . शशांक शाहले अमितालाई मार्बिड ओबेसिटीको समस्या भएको र अन्य थुप्रै स्वास्थ्य सम्बन्धी रोगहरु लागेको कुरा पत्ता लगाए ।

अत्यधिक मोटोपनको कारणले गर्दा कोलेस्टरेल , मधुमेह , निमोनिया , मृगौला सम्बन्धी रोग , मानसिक तनाव जस्ता विभिन्न समस्याबाट अमिता बिगत लामो समयदेखि गुज्रिरहेकी थिइन् ।

अमिताको वजन घटाउनका लागि २ चरणमा सर्जरी गराईएको थियो।

पहिले मेटाबोलिक सर्जरी गराए पछि उनको शरीरमा सुधार आउदै गएपछि दोस्रो पटकको सर्जरीमा उनको ग्यास्ट्रिक बाइपास गरिएको हो।

उक्त समयमा अमिताको शारीरिक तौल ३०० केजी बाट घटेर १४० पुगेको थियो। अन्तत हाल सम्म आइपुग विभिन्न सर्जरी र शारीरिक ब्यायामले गर्दा उनले ३०० बाट आफ्नो शरीरको २१४ किलो वजन घटाई ८६ किलोमा झारेकी हुन्।

प्रतिक्रिया दिनुहोस
संवेदनशील विषयमा ‘लफङ्गो’ पाराले बोल्नु हुदैन : गगन थापा

     नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारका मन्त्रीहरूले संवेदनशील विषयमा बेला बेलामा...

प्रहरी हुँ भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ

    प्रहरी हुँ भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ परेकी छिन्...

प्रेस स्वतन्त्रता हनन हुदैन : सञ्चारमन्त्री

    सञ्चार तथा सूचना प्रविधिमन्त्री विक्रम तिमिल्सिनाले सरकारले प्रेस स्वतन्त्रता संकुचन गर्ने...

ब्लु बसभन्दा व्यवस्थापन र गुणस्तरमा सुधार गरियोस् : योगेश भट्टराई

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले सरकारले सञ्चालनमा ल्याउन लागेको ब्लु बसको...