न बोल्न सक्छिन्, न त सुन्न : तैपनि उपाधि होडमा सुजल



हाम्रो इकोनोमि

 

राजधानीमा जारी ‘मिस्टर एण्ड मिस एसईई २०१९’मा सुजल बम एक यस्ता प्रतियोगी हुन् जसले कान सुन्दिनन् र बोल्न सक्दिनन् ।

र पनि प्रतियोगितमा भाग लिने उनको अडान टार्न घरपरिवारले सकेनन् । अन्ततः उनी प्रतियोगितामा भाग लिएरै छाडिन् ।

फेसन ईरा काठमाडौंद्वारा आयोजित प्रतियोगितामा देशभरीबाट ८९ जना प्रतिस्पर्धीहरुले सहभागी भएका छन् । सहभागीेमध्ये ८८ जना सबै सपाङ्ग छन् भने सुजल मात्र अपाङ्ग हुन् । उनी कान सुन्दिनन् भने बोल्न पनि सक्दिनन् ।

सुदुरपश्चिमको डोटी जिल्लामा स्थायी घर भई हाल काठमाडौंमा बस्दै आएकी सुजलले केन्द्रीय बहिरा माबि नक्सालबाट एसईई दिएकी हुन् । विद्यालयमा हुने अतरिक्त क्रियाकलापमा सहभागी भइरहने सुजल कान नसुने पनि राम्रो नाच्छिन् ।

भविष्यमा डान्स र मोडलिङको क्षेत्रमा आफुलाई स्थापित गर्दै अपाङ्गहरुका क्षेत्रमा काम सुजलको योजना छ । उनी भन्छिन्, ‘म जस्तै थुप्रै अपाङ्गहरूले अवसर पनि नपाउने र सहयोग पनि नपाउँदा उनीहरु आफुलाई कमजोर महसुस गरिरहेका हुन्छन् । त्यस्ता ब्यक्तिहरूका लागि म प्रेरणाको श्रोत बन्न सकुँ ।’

विशेष क्षमता भएकाहरूले पनि सबैको साथ, सहयोग र अवसर पाएमा सवलाङ्गले झैँ काम गर्न सक्ने सुजलको बुझाई छ । विशेष क्षमता भएका मानिसहरुले केही गर्न सक्दैनन् र उनीहरुमा सपाङ्गझैँ आत्मबल हुँदैन भन्नेहरुको लागि सुजलको यो आँटले गतिलो झापड हानेको छ ।

सुजलले भोटका लागि सबैसँग अपिल गरेकी छन् । भोटका लागि अपिल गर्दै उनले भनिन् मोबाइलको म्यासेज बक्समा गएर fsee(space)1 टाईप गरी 33001 मा पठाएर म जस्तै फरक क्षमता भएकाको हौसला बढाइदिनुहोस् । भोट जुनसुकै कम्पनीको मोबाइलबाट गर्न सकिनेछ । भोट गर्ने अन्तिम मिति २०७६ जेष्ठ ५ गते राति १२ः०० बजेसम्म रहेको छ ।

फेसन ईराका अनुसार अनलाइनबाट समेत भोट गर्न सकिने छ । त्यसका लागि Digipay एप डाउनलोड गरी एक पटकमा बढिमा १०० वटा भोटसम्म गर्न सकिन्छ र दिनमा धेरै पटक सम्म भोट गर्न सकिन्छ । यसको फाईनल जेष्ठ ६ गते दिउँसो १ बजे प्रज्ञाप्रतिष्ठान कमलादी काठमाडौंमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस
युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्ड नबिल बैंकलाई

     नबिल बैंकले युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्ड, २०२५ अन्तर्गत नेपालको ‘बेस्ट ट्रान्ज्याक्सन...

मिराज ढुंगाना समूहले गर्‍यो ‘संयुक्त जेन-जी’ आन्दोलनको घोषणा

    मिराज ढुंगाना नेतृत्वको जेन-जी समूहले भोलिदेखि देशव्यापी ‘संयुक्त जेन-जी’ आन्दोलन घोषणा...

जेनजी फ्रन्टले बनायो सल्लाहकार परिषद्

    रक्षा बम नेतृत्वको जेनजी फ्रन्टले सल्लाहकार परिषद् गठन गरेको छ ।...

राष्ट्रपतिबाट संसद पुनर्स्थापनाको घोषणा गर्नुपर्छ : महेश बर्तौला

    विघटित प्रतिनिधि सभामा नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले संवैधानिक कमजोरी...