न बोल्न सक्छिन्, न त सुन्न : तैपनि उपाधि होडमा सुजल



हाम्रो इकोनोमि

 

राजधानीमा जारी ‘मिस्टर एण्ड मिस एसईई २०१९’मा सुजल बम एक यस्ता प्रतियोगी हुन् जसले कान सुन्दिनन् र बोल्न सक्दिनन् ।

र पनि प्रतियोगितमा भाग लिने उनको अडान टार्न घरपरिवारले सकेनन् । अन्ततः उनी प्रतियोगितामा भाग लिएरै छाडिन् ।

फेसन ईरा काठमाडौंद्वारा आयोजित प्रतियोगितामा देशभरीबाट ८९ जना प्रतिस्पर्धीहरुले सहभागी भएका छन् । सहभागीेमध्ये ८८ जना सबै सपाङ्ग छन् भने सुजल मात्र अपाङ्ग हुन् । उनी कान सुन्दिनन् भने बोल्न पनि सक्दिनन् ।

सुदुरपश्चिमको डोटी जिल्लामा स्थायी घर भई हाल काठमाडौंमा बस्दै आएकी सुजलले केन्द्रीय बहिरा माबि नक्सालबाट एसईई दिएकी हुन् । विद्यालयमा हुने अतरिक्त क्रियाकलापमा सहभागी भइरहने सुजल कान नसुने पनि राम्रो नाच्छिन् ।

भविष्यमा डान्स र मोडलिङको क्षेत्रमा आफुलाई स्थापित गर्दै अपाङ्गहरुका क्षेत्रमा काम सुजलको योजना छ । उनी भन्छिन्, ‘म जस्तै थुप्रै अपाङ्गहरूले अवसर पनि नपाउने र सहयोग पनि नपाउँदा उनीहरु आफुलाई कमजोर महसुस गरिरहेका हुन्छन् । त्यस्ता ब्यक्तिहरूका लागि म प्रेरणाको श्रोत बन्न सकुँ ।’

विशेष क्षमता भएकाहरूले पनि सबैको साथ, सहयोग र अवसर पाएमा सवलाङ्गले झैँ काम गर्न सक्ने सुजलको बुझाई छ । विशेष क्षमता भएका मानिसहरुले केही गर्न सक्दैनन् र उनीहरुमा सपाङ्गझैँ आत्मबल हुँदैन भन्नेहरुको लागि सुजलको यो आँटले गतिलो झापड हानेको छ ।

सुजलले भोटका लागि सबैसँग अपिल गरेकी छन् । भोटका लागि अपिल गर्दै उनले भनिन् मोबाइलको म्यासेज बक्समा गएर fsee(space)1 टाईप गरी 33001 मा पठाएर म जस्तै फरक क्षमता भएकाको हौसला बढाइदिनुहोस् । भोट जुनसुकै कम्पनीको मोबाइलबाट गर्न सकिनेछ । भोट गर्ने अन्तिम मिति २०७६ जेष्ठ ५ गते राति १२ः०० बजेसम्म रहेको छ ।

फेसन ईराका अनुसार अनलाइनबाट समेत भोट गर्न सकिने छ । त्यसका लागि Digipay एप डाउनलोड गरी एक पटकमा बढिमा १०० वटा भोटसम्म गर्न सकिन्छ र दिनमा धेरै पटक सम्म भोट गर्न सकिन्छ । यसको फाईनल जेष्ठ ६ गते दिउँसो १ बजे प्रज्ञाप्रतिष्ठान कमलादी काठमाडौंमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस
गति अनुसार मति बनाउन ईश्वरको सुझाव

  नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीको ऐतिहासिक पृष्ठभूमि, सिद्धान्त र संगठनात्मक मजबुतीलाई...

सभामुखमा डीपी अर्यालको उम्मेदवारी दर्ता

    रास्वपा उपसभापति डोलप्रसाद अर्याल (डीपी अर्याल)ले सभामुख पदमा मनोनयन दर्ता गराएका...

एसईईका नक्कली परीक्षार्थी पक्राउ

     माध्यमिक शिक्षा परीक्षा (एसईई)मा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक...

युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...