असल ब्वाइफ्रेन्डमा हुने यी ९ गुण जुन गर्लफ्रेन्डले सजिलै पहिचान गर्न सक्दैनन्



हाम्रो इकोनोमि

 

एक असल ब्वाइफ्रेन्डमा कयौँ गुणहरु हुन्छन् । ऊ आफ्नो गर्लफ्रेन्डलाई खुशी दिनको लागि जे पनि गर्न तयार हुन्छ ।

आफ्नी गर्लफ्रेन्डलाई बोक्ने, ड्राइभर बन्ने, कुक बन्ने, मनपरेको खानेकुरा तथा लुगा किनिदिने देखि धेरै काम गर्छन् जुन गर्लफ्रेन्डले पहिचान गर्न ढिला गर्छन् ।

असल स्रोता
एक असल ब्वाइफ्रेन्ड आफ्नी गर्लफ्रेन्डको कुरा ध्यान दिएर सुन्छ । गर्लफ्रेन्डले कुन दिन के भनेकी थिइन् उसलाई याद हुन्छ ।

गाइड
असल ब्वाइफ्रेन्ड आफ्नी गर्लफ्रेन्डलाई विभिन्न ठाउँ घुमाउन लैजान्छ र ती ठाउँहरुको इतिहासबारे पनि आफ्नी गर्लफ्रेन्डलाई सुनाउँछ ।

रिस नियन्त्रण गर्छ 
गर्लफ्रेन्ड जतिसुकै रिसाहा नै किन नहोस्, उनलाई शान्त बनाउने तरिका हरेक ब्वाइफ्रेन्डसँग हुन्छ । यसकारण उसले आफ्नो रिसमाथि पनि नियन्त्रण गर्दछ ।

गर्लफ्रेन्डको हरेक कुरामा सही थप्छ 
गर्लफ्रेन्डले राम्रो नराम्रो जे सुकै बोले पनि एक असल ब्वाईफ्रेन्डले उसको कुरामा सही थप्छ । यसकारण महिला उत्साहित हुन्छिन् र सही फैसला गर्न सक्षम हुन्छिन् ।

लुकेको प्रतिभाको पहिचान गर्छ 
महिलामा कुनै प्रतिभा लुकेको छ भने त्यसको पहिचान सिर्फ उसको पार्टनरले गर्नसक्छ । घरमा आमा–बुवाले पहिचान गर्न नसकेको प्रतिभा एक असल पार्टनरले पहिचान गर्दछ ।

ऐना
महिला ऐनामा विश्वास नगरी आफ्नो सुन्दरताको विषयमा पार्टनरलाई विश्वास गर्छिन् । हरेक दिन उनी आफ्नो ब्वाईफ्रेन्डलाई ‘म कस्तो छु’ भनेर सोध्छिन् ।

मनी ब्याग
एक असल ब्वाइफ्रेन्ड कुनै पनि केटीको लागि मनी ब्यागको काम गर्न सक्छ । खाना, सपिङ होस् वा कुनै खर्च त्यसको लागि महिलालाइै पर्स खोल्नु आवश्यक पर्दैन । हरेक खर्च उनको पार्टनरले बेहोर्छ ।

काँध थाप्छ
एक असल ब्वाईफ्रेन्ड आफ्नी गर्लफ्रेन्ड दुःखी भएको अवस्थामा उनको दुःख आफ्नो काँधमा उठाउँछ । कुनै पनि गर्लफ्रेन्ड आफ्नो ब्वाइफ्रेन्डको काँधमा टाउँको बिसाएर रुन सक्छिन् र आफ्नो मन हलुका बनाउछिन् ।

ड्राइभर 
एक असल ब्वाइफ्रेन्ड आफ्नी गर्लफ्रेन्डको लागि ड्राइभरसम्म बन्न सक्छ । बिहान आफ्नी गर्लफ्रेन्डलाई बिहान अफिस लाने वा कतै काम विशेषमा लाने र साँझ घर ड्रप गर्ने जिम्मेवारी एक असल ब्वाईफ्रेन्डले राम्रोसँग निर्वाह गर्नसक्छ ।

प्रतिक्रिया दिनुहोस
गति अनुसार मति बनाउन ईश्वरको सुझाव

  नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीको ऐतिहासिक पृष्ठभूमि, सिद्धान्त र संगठनात्मक मजबुतीलाई...

सभामुखमा डीपी अर्यालको उम्मेदवारी दर्ता

    रास्वपा उपसभापति डोलप्रसाद अर्याल (डीपी अर्याल)ले सभामुख पदमा मनोनयन दर्ता गराएका...

एसईईका नक्कली परीक्षार्थी पक्राउ

     माध्यमिक शिक्षा परीक्षा (एसईई)मा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक...

युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...