जिउँदो अक्टोपसलाई खान खोज्दा भयो यस्तो दुर्घटना
सि–साइड गर्ल लिटल सेभेन नामबाट ब्लग लाइभ स्ट्रिम गर्ने एक चीनीयाँ युवती सी-फूडको मज्जा लिइरहेको थुप्रै भिडियो पोष्ट गरिरहन्छिन् ।
भोको जस्तो देखिने, र सामुन्दिक खाना खोज्दै हिड्ने । तत्पश्चात जिउँदा सामुन्द्रिक जीवहरु समातेर खाएको भिडियो उनी सियर गर्ने गर्छिन् ।
तर यसपटक उनी दुर्घटनाको शिकार हुन् पुगिन । आफ्नो ५० सेकेन्डको एक सर्ट भिडियोमा उनी जिउँदो अक्टोपसलाई खान प्रयास गरिरहेकी देख्न सकिन्छ
। तर उक्त अक्टोपसले आफूलाई शिकार हुनबाट जोगाउन आफ्नो सकर(ट्यानटाकल्स)ले युवती अनुहार बेस्सरी चुसीदिन्छ । सो भिडियो प्लेटफर्म कुवाइसाउमा सेयर गरिएको थियो ।
अक्टोपसको टेन्टकल्स निकाल्ने क्रममा उनी बेस्सरी चिच्याइन् ।
अक्टोपसले पूर्ण रुपमा छोडेपछि उनको अनुहार निकै रातो भएको थियो ।
कुवाइसाउ अकाउन्ट अनुसार सिसाइड गर्ल लिटल सेभेन लियानयुङगाङ्ग शहरमा बस्छिन् र सीफुड मन पराउँछिन् ।
दुई हप्ताअघि मात्रै लाइभ स्ट्रिमिङ च्यानल जोइन गरेकी उनले यतिबेला क्रेफिस र लोब्सटरलगायत सीफुड खाइरहेको भिडियो सेयर गरेकी छिन् । आफ्नो करियरको छोटो अवधिमा पनि उनले पर्याप्त ध्यान खिच्न नसकेको बताएकी छिन् । ‘मेरा कुनै पनि क्लिप ट्रेन्डिङ टपिङ चार्ट’ मा पर्दैन ?’ उनले यसअघिको भिडियो क्लिपमा भनेकी छिन् ।
हेर्नुहोस् भिडियो,


