यसरी हुन्छ पाेखरामा खुलेआम यौन धन्दा, जहाँ हाइप्रोफाइलका ग्राहक साधन रिजर्भ गरेरै जान्छन्…



 

पोखरामा रहेका अधिकांश यौन व्यवसायीले आफ्नै छुट्टै कोठा वा घरको फ्ल्याट भाडामा लिएर व्यवसाय सञ्चालन गर्ने सरकारी अध्ययनले देखाएको छ ।

 

राष्ट्रिय एड्स तथा यौनरोग केन्द्रले पोखरामा यौन व्यवसायमा संलग्न ३ सय ४२ जना यौनकर्मीमा गरेको सर्वेक्षणमा ६८ प्रतिशतले आफूहरूले आफ्नै निजी कोठामा ग्राहक ल्याउने कुरा बताएका थिए । उनीहरूले आफ्ना केही नियमित ग्राहक भएको र केही आफैं खोज्दै आउने जवाफ दिएको सर्वेक्षणका कोर्डिनेटर साइपाल नेपालका कार्यक्रम निर्देशक पवन अधिकारी बताउँछन् ।

 

१६ देखि ४८ वर्ष उमेर समूहका यौन व्यवसायीमा गरिएको उक्त अध्ययनमा आधाभन्दा बढीले आफू अविवाहित भएको उत्तर दिएका थिए, जसमा ४८ प्रतिशतले विवाह गरेको तर सम्बन्धमा नरहेको बताएका थिए । सम्बन्धमा नरहेकाहरूमध्ये पनि ११ प्रतिशतले सम्बन्धविच्छेद गरिसकेको जानकारी दिए ।

 

यौन व्यवसायमा संलग्नमध्ये ९० प्रतिशत शिक्षित छन् । उनीहरूले आफूलाई यौनरोगका बारेमा जानकारी रहेको बताएका छन्, तर यौनसम्पर्कका बखत कन्डम प्रयोग गर्ने आधाभन्दा केही बढी मात्र छन् ।

नियमित यौनसम्पर्कमा कन्डम प्रयोग गर्नेहरूको संख्या ५२ प्रतिशत छ भने ४२ प्रतिशतले चिनेजानेको वा नियमित यौन साथीसँग यौनसम्पर्क गर्ने कन्डम प्रयोग नगर्ने बताएका थिए । पोखरामा यौन व्यवसायमा संलग्न महिलामध्ये २६ प्रतिशत नयाँ यौन व्यवसायी थपिएको पाइएको छ । सर्वेक्षणमा सहभागीमध्ये ७४ प्रतिशतले आफूहरू दुई वर्षभन्दा पहिलेदेखि नै यो व्यवसायमा संलग्न रहेको बताएका थिए ।

 

व्यवसायमा संलग्न अधिकांश महिलाले आफ्नो पहिलो यौनसम्बन्ध आफू २० वर्ष पुग्नुअघि भएको जवाफ दिएका थिए । यसरी २० वर्षभन्दा पहिले नै यौनसम्पर्क भएको बताउनेमा ३ सय १ जना (८८ प्रतिशत) महिला थिए । उनीहरूले दैनिक सरदर दुई जनासँग यौनसम्पर्क हुने बताएको अधिकारी बताउँछन् ।

 

यसरी दैनिक एकभन्दा बढी ग्राहकसँग यौनसम्पर्क गरे पनि आफैं कन्डम लिएर हिँड्ने महिलाहरूको संख्या निकै कम छ । ‘कन्डम लिएर हिँड्नुहुन्छ ?’ भनेर सोधिएको प्रश्नमा ८० प्रतिशतले ‘बोक्छु’ भन्ने जवाफ दिए पनि देखाउन अनुरोध गर्दा २६ प्रतिशतले मात्र आफूसँग भएको कन्डम देखाउन सकेको सर्वेक्षणमा उल्लेख छ ।

ग्राहक ठूला व्यापारी
सरकारले राजमार्गमा हुने यौन गतिविधिको पनि सर्वेक्षण गरेको थियो, जसमा पछिल्ला ६ महिनामा पैसा लिएर यौनसम्पर्क गर्ने महिलाका सम्बन्धमा अध्ययन गरिएको थियो । महेन्द्र राजमार्गमा पर्ने २२ जिल्लामा गरिएको उक्त सर्वेक्षणमा ६ सय ६० जना महिला यौनकर्मीको सहभागिता थियो । यौनकर्मी महिलामध्ये ६६ प्रतिशत ३४ वर्षमुनिका थिए भने ६७ प्रतिशत शिक्षित थिए । तीमध्ये अधिकांश माथिल्लो जातका भएको सर्वेक्षणमा उल्लेख छ ।

सर्वेक्षणमा सहभागी अधिकांश यौनकर्मी महिलाले आफू विवाहित भएको बताएका थिए । त्यसरी आफूलाई विवाहित बताउनेमा ७४ प्रतिशत महिला छन् । विवाहितमध्ये ८९ प्रतिशतले २० वर्ष पहिले नै आफूले विवाह गरेको बताएका छन् । महेन्द्र राजमार्ग छेउछाउ यौन व्यवसायमा संलग्न ९२ प्रतिशत महिलाले सन्तानसमेत जन्माएको बताएका छन् ।

 

त्यसमा एक चौथाइले विभिन्न कारणले आफ्नो एभोर्सन भएको बताए । २३ प्रतिशतले नचाहँदा–नचाहँदै बच्चा भएको उत्तर दिएका छन् भने ८२ प्रतिशतले आफूलाई अब बच्चा जन्माउन मन नभएको बताएका थिए । परिवार नियोजन र यौनरोगको सबैभन्दा भरपर्दो साधन कन्डम भएको जानकारी शतप्रतिशतलाई भए पनि ७० प्रतिशतले मात्र त्यसको प्रयोग गरेको पाइयो ।

पूर्व–पश्चिम राजमार्गमा रहेका अधिकांश यौनकर्मीले होटल तथा लजमा काम गरेको पाइन्छ, जसमध्ये ५४ प्रतिशतले आफ्नै घरमा वा व्यवस्थित तरिकाले कोठा लिएर व्यवसाय सञ्चालन गर्ने गरेका छन् भने बाँकीले अस्थायी स्थानमा व्यवसाय सञ्चालन गर्ने गरेका छन्, जसको तीन चौथाइभन्दा बढी दुई वर्षभन्दा लामो समयदेखि यो पेसामा संलग्न छन् ।

 

उनीहरूका आधाभन्दा बढी (५२ प्रतिशत) ग्राहक ठूला व्यवसायी छन्, जो आफ्नै साधन वा रिजर्भ गरेर भाडाको साधन लिएर आउने उनीहरूले बताए । ४३ प्रतिशत भने बस, ट्रक तथा ट्यांकरमा काम गर्ने व्यक्ति एवं बाँकी थाहा नभएका ग्राहक भएको यौनकर्मीहरू बताउँछन् । –स्रोत साप्ताहिक

प्रतिक्रिया दिनुहोस
यो सरकार ढल्ने सपना नदेखे हुन्छ : प्रधानमन्त्री ओली

    प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस र नेकपा (एमाले) जस्ता इतिहास

मेरो नाममा ऋण निकासा भएको मलाई थाह छैन : रवि लामिछाने

    पोखरास्थित सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति

आवश्यक परे सरकारले अध्यादेश ल्याउन सक्छ : प्रधानमन्त्री ओली

    सत्ता गठबन्धनको बैठकमा राजनीतिक दल सम्बन्धी अध्यादेशको विषयमा चर्चा भएको छ

कात्तिक २५ देखि भैरहवामा फ्लाई दुवईको दैनिक उडान

    नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल रहेको भैरहवाको गौतम बुद्ध विमानस्थलबाट उडान गर्न